रुपन्देही, २७ कात्तिक । रुपन्देहीमा प्रहरीको गाडीबाट हाम फाल्दा एक थुनुवाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार भारतको सिद्धार्थनगर थाना नौतनवाका २५ वर्षीय विजयकुमुार खटिकको मृत्यु भएको हो।

जिल्ला अदालत रुपन्देहीबाट म्याद थप गरी अनुसन्धानका लागि ना१ग ६१३ नं.को जीपमा लैजाँदै गर्दा आइतबार साँझ ५ बजे लुम्बिनी रोडमा गाडीबाट हाम फालेका थिए। त्यसक्रममा अर्को गाडीले ठक्कर दिँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement
सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!