मोरङ, २७ कात्तिक । बिराटनगरस्थित नोबेल मेडिकल कलेज एण्ड रिर्सच सेन्टरले निर्वाचन आचारसंहिता बिपरित  स्वास्थ्य शिबिर संचालन गर्न लागेको भन्दै प्रहरीले रोक लगाएको छ ।

Advertisement

 नेपाली कांग्रेसको तर्फबाट मोरङ ३ नम्बर क्षेत्रमा प्रतिनिधि सभाको उम्मेदवार रहेका सुनिल  शर्मा संचालक रहेको नोबेलले आइतबार राखेको स्वास्थ्य शिविर सञ्चालनमा रोक लगाएको हो ।

नोबेलले आचारसंहिता बिपरित शिबिर संचालन गरेर मतदातालाई भ्रममा पारेको भन्दै उजुरी परेपछि शिबिर संचालन नगर्न क्षेत्रिय निर्वाचन कार्यालय बिराटनगरले नोबेललाई आग्रह गरेको थियो । तर, स्वास्थ्य सेवा अत्यावश्यक भएकोले आचारसंहिता नलाग्ने भन्दै नोबेलले एक महिनादेखि निरन्तर ३ नम्बर क्षेत्रका बेलबारी, पथरी, शनिश्चरे, बयरबन , रमाइलो, कानेपोखरी लगायतका स्थानमा स्वास्थय शिबिर संचालन गदै आएको थियो ।

निर्वाचन आयोगले शिबिर संचालन हुन नदिन परिपत्र गरेपछि आफुहरुले शिबिर संचालनमा रोक लगाएको मोरङका एसपी अरुण बिसीले बताए ।

उनका अनुसार आइतबार नोबेलले पथरी शनिश्चरमा आयोजना गर्न लागेको शिबिरमा रोक लगाएपनि कसैलाई पक्राउ भने गरेको छैन । मोरंग ३ नम्बर क्षेत्रबाट प्रतिनिधि सभाको प्रत्यक्षतर्फको उम्मेदबार रहेका संचालक शर्माले आचारसंहिता बिपरित मतदता आर्कर्षित गर्न अस्पताललाई प्रयोग गरेर धमाधम स्वासथ्य शिबिर संचालन गरिरहेको भन्दै कार्बाही माग गर्दै क्षेत्रिय निर्वाचन कार्यालय बिराटनगरमा कानेपोखरी गाउँपालिका ५ नम्बर वडा अध्यक्ष आफैले  १७ कार्तिकमा उजुरी दर्ता गराएका थिए ।

त्यसपछि निर्वाचन कार्यालयले नोबेलसँग प्रस्टिकरण माग गरेर शिबिर संचालन नगर्न चेतावनी दिएको थियो । स्थानियका अनुसार उम्मेदवार शर्माले स्वास्थय शिबिर संचालन गरेर निशुल्क उपचार गरिदिने बहानामा मतदाता प्रभाबित पारिरहेका छन् ।

उनले शिबिरमा ट्रयाप गरिएका बिरामीहरुलाई बिराटनगर सिथत अस्पतालसम्म  बोलाएर ल्याव टेष्ट समेत निशुल्क गरिदिने गरेका छन् । आफनो क्षेत्रका सबै मतदाताको एक लाखको स्वास्थ्य बिमा गरिदिने र सयौलाई रोजगारी दिने बताउँदै मत माग्ने गरेका शर्माले हालसम्म हजारौ मतदाताहरुलाई शिबिर मार्फत प्रभाबित परिसकेकोले आफुले २५ हजार मतले बिजय हासिल गर्ने बताउने गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!