पथरी, मोरङ, २७ कात्तिक । एक महिनाअघि कतारमा बिल्डिङबाट झरेर मृत्यु भएका उर्लाबारी–९ दुर्गापुरीका २१ वर्षीय दीपक लिम्बू मादेनको परिवारलाई कतारमा रहेका नेपालीले आर्थिक सहयोग गरेका छन् ।

कर्मशील युवा मोरङ युवा बचत समूह कतारले मादेनको परिवारलाई लिम्बूको घरमा एक कार्यक्रमबीच रु एक लाख ३९ हजार ५५७ सहयोग गरेको हो ।

Advertisement

कतारबाट पठाइएको उक्त रकम उर्लाबारी–९ का वडाध्यक्ष बमबहादुर शर्मा, समाजसेवी तेजन खड्का लगायतका छरछिमेकले संयुक्त रुपमा दीपकको आमा चन्द्रकला र बुबा कैलाशलाई हस्तान्तरण गरे ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!