खोटाङ, २७ कात्तिक । नेपाल कम्यूनिष्ट पार्टी खोटाङले हलेसी–तुवाचुङ नगरपालिकाका नगर प्रमुख इबन राईको घर–जग्गा तथा सम्पत्ति नियन्त्रणमा लिएको घोषणा गरेको छ ।

Advertisement

गुण्डा र पैसाको बलमा चुनाव जितेर देश लुट्न लागि परेका नगर प्रमुख राई दलाल संसदीय व्यवस्थाको मतियार बनेको भन्दै शनिबार राती बिज्ञप्ति टाँसेर नेकपाले उक्त घोषणा गरेको हो ।

साबिकको मंगलटार–ं२ पर्ने हलेसी तुवाचुङ नगरपालिका–६ का नगरप्रमुख राईको नियन्त्रित घर, जग्गा, सम्पत्ति जनताले उपभोग गर्ने कुरा बिज्ञप्तिमा उल्लेख छ । बिहान उठ्दामात्रै आफ्नो घरको आँगनमा पार्टीको झन्डा गाडेको र घरको भित्तामा गोबरले विज्ञप्ति टाँसेको देखेको नगरप्रमुख राईको भनाई छ ।

राईका अनुसार हलेसी तुवाचुङ नगरपालिकाको पहिलो नगरसभाबाट आधा बजेट आफुहरुलाई बिनियोजन गर्न उक्त पार्टीले माग गर्दै आएको थियो ।

‘हाम्रो पनि समानान्तर सरकार छ भन्थे’, नगरप्रमुखले  भने –‘आधा कार्यक्रम हामी सञ्चालन गर्छाैं भन्दै पटक–पटक नगरको आधा बजेट माग गरेका थिए ।’ नगरप्रमुख ईबन राईलाई आसन्न निर्बाचन प्रचार–प्रसारमा नहिँड्न समेत सो पार्टीले चेतावनी दिँदै आएको थियो ।

‘चुनाब प्रचारप्रसारमा नहिँड्नु भनेर मलाई थ्रेट दिएका थिए’, राईले थपे–‘मलाई मात्र किन पटक–पटक थ्रेट दिईरहेका छन्, मलाई थाहा छैन ।’ नगरप्रमुख राई खोटाङका प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी कार्यालय प्रमुख (सिडिओ) लाई जानकारी गराएर निर्वाचन प्रचार प्रसारमा हिँडेका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!