- संगालोखबर सम्वाददाता

धनकुटा, २६ कात्तिक । प्राइमलाइफ ईन्स्योरेन्स धनकुटाले मृत्यु भएका विमितको परिवारलाई आईतबार मृत्यु दावी भुक्तानी दिएको छ । इन्स्योरेन्सको उप–शाखा धनकुटाले मृत्यु भएका विमित महालक्ष्मी नगरपालिका–८ मुर्तिढुंगाका लक्ष्मण नेपालको परिवारलाई मृत्यु दावी भुक्तानी वापत १३ लाखको चेक प्रदान गरेको हो ।

महालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपाल र प्राइमलाइफ ईन्स्योरेन्स धरान शाखाका प्रमुख सोभियत तुम्वाहाङफेले मृतककी श्रीमति सीता नेपाललाई चेक हस्तान्तरण गरेका हुन ।

मृतक विमितको परिवारलाई चेक हस्तान्तरण गरिदै । तस्वीर:रबिन कटेल/संगालोखबर

‘प्राइमलाइफ बैदेशिक रोजगार जिवन वीमा’ गरेर ३४ बर्षीय नेपाल गत चैत २२ गते बैदेशिक रोजगारीका लागि मलेशिया गएका थिए ।बैदेशिक रोजगारीमा गएको करिव ६ महिना पछि गत असोज ७ गते उनको मलेशियामै मृत्यु भएको हो ।

विमितको मृत्यु भएपछि करिव डेढ महिना भित्रै मृतक विमितको परिवारलाई मृत्यु दावी भुक्तानी दिईएको प्राइम लाईफ ईन्स्योरेन्स धनकुटा उप–शाखा प्रमुख जीवन न्यौपानेले बताएका छन । मृतक नेपालका १४ बर्षीया छोरी र ११ बर्षीय छोरा छन ।

मृतक विमितको परिवारलाई हस्तान्तरण गरिएको चेक ।

पैसा कमाउँन विदेश गएका श्रीमानको मृत्यु भएपछि परिवारको विचल्ली भएको बताउँदै सीताले भनिन ‘अव श्रीमान त फर्कनु हुँदैन, तरपनि वीमा गरेकf कारणले विपत्तिका वेला पैसा फिर्ता पाएकाले घरपरिवार धान्न केहिमात्रामा भएपनि सहज होला ।’

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!