काठमाडौं, २६ कात्तिक । पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टको निधन भएको ३० घण्टापछि राष्ट्रपति कार्यालयले शोक विज्ञप्ति निकालेको छ ।

Advertisement

विज्ञप्तिमा विष्टको निधनबाट राष्ट्रपति  विद्यादेवी भण्डारी  स्तब्ध र दुःखी भएको उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ– देशभक्त नेताको छवि बनाउनु भएका उहाँले जीवनपर्यन्त निर्भिकताका साथराष्ट्र र सार्वभौमिकता रक्षाका लागि निर्वाह गर्नुभएको भूमिका सदास्मरणीय रहिरहनेछ।’

यसैबीच राष्ट्रपति आज  कीर्तिनिधि विष्टको निजी निवास ज्ञानेश्वरमा गई दिवंगत आत्माप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनलाई समवेदना प्रकट गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता  कुल प्रसाद चुडालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

 विष्टको  शनिबार बिहान १० बजे निधन भएको थियो।  उनको निधनमा  राष्ट्रपति कार्यालयले आइतबार दिउँसो ४ बजे विज्ञप्ति निकालेपनि सरकार भने अझैं मौन रहेको छ । उनको कुनै सरकारी सम्मानबिनै हिजै अन्तिम संस्कार गरिएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!