- नबनित खड्का/संगालोखबर

सिधुवा, २६ कात्तिक । धनकुटाको छथर जोरपाटी गाउँपालिका–६ सिधुवा बजार नजिक आज दिउँसो ट्याक्टर दुर्घटना हुँदा छ जना घाईते भएका छन । मझुवाबाट सिधुवा बजार नजिक बसाईसराईको सामान लिएर आउँदै गरेको को.२ त.२८४३ नम्बरको ट्याक्टर दिउँसो करिव साँढे तीन बजे पल्टिएको हो ।

दुर्घटनामा परी छथर जोरपाटी–६ की ३५ बर्षीया रणमाया तामाङ, १८ बर्षीया पुस्तीका तामाङ, २४ बर्षीया मञ्जु तामाङ, ३५ बर्षीया सुनिता तामाङ, ७ बर्षीय सुसिल तामाङ र २ बर्षीया मनिसा तामाङ घाईते भएको धनकुटाका ट्राफिक प्रहरी दिपक खड्काले संगालोखबरलाई जानकारी दिएका छन ।

Advertisement

घाईतेहरुलाई उपचारका लागि धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएको छ । मझुवाबाट सिधुवा बजार नजिक बसाईसराईको सामान लिएर आउँदै गर्दा अनियन्त्रित भएर ट्याक्टर पल्टिएको हो ।

ट्याक्टर सडकबाट करिव २० मिटर तल चौरमा पुगेको छ । ट्याक्टर चालकलाई सिधुवा प्रहरीले नियन्त्रणमा लिएको छ ।

ट्याक्टर दुर्घटनाका तस्वीरहरु हेर्नुहोस्…

तस्वीरहरु : नबनित खड्का/संगालोखबर

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!