काठमाण्डौ, २७ कात्तिक । सातको दोश्रो दिन आज (सोमबार) सुनको भाउ बढेको छ । आईतबार प्रतितोला ५५ हजार ९ सयमा कारोबार भएको सुन आज प्रतितोला १ सय रुपैयाले बढेको हो ।

Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । चादीँको मुल्य पनि बढेको छ आज चाँदी प्रतितोला ७ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

पूर्वका झापा, माेरड, सुनसरीमा भने अाज सुन प्रतितोला ५६ हजार ७ सय  र  चाँदी प्रतितोला ७ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!