- संगालोखबर सम्वाददाता

धनकुटा, २६ कात्तिक । धनकुटाको मुलघाट स्थित तमोर नदीको पुलबाट हामफालेर आज एक जना युवा नदीमा बेपत्ता भएका छन । स्थानीयबासी र प्रहरीले करिव २५/३० बर्षीय युवा दिउँसो करिव १ बजे पुलबाट नदीमा हामफालेको देखेको बताएपनि उनी को–हुन भन्ने खुल्न सकेको छैन ।

पुलबाट नदीमा हामफालेका उनलाई नदीले बगाएर बेपत्ता बनाएको मुलघाट प्रहरीले जनाएको छ । स्थानीय एक प्रत्यक्षदर्सीका अनुसार ती युवा दिउँसो करिव १ घण्टा पुलमा झोक्राएर बसेका थिए ।

मुलघाट स्थित पुलबाट देखिएको तमोर नदी । फाईल तस्वीर: संगालोखबर

स्थानीयले बोलाउँदा पनि बोलेनन् । त्यसपश्चात नदीमा हामफालेर बेपत्ता भएको प्रत्यक्षदर्सीले बताएका छन ।  उनले पहेलो ज्याकेट, निलो प्वाईट र स्पोर्ट जुत्ता लगाएका थिए ।

नदीमा हामफालेर बेपत्ता भएपछि प्रहरी र स्थानीयबासीले खोजतलास गरेको भएपनि पत्तो नलागेको मुलघाट प्रहरी चौकी प्रमुख राजेश श्रेष्ठले संगालोखबरलाई जानकारी दिएका छन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!