काठमाडौं, २७ कात्तिक ।  नेपाल टेलिकमले भूकम्प प्रभावित जिल्लाका ५५ स्थानमा निःशुल्क इन्टरनेट सेवा सञ्चालनमा ल्याएको छ । वाइम्याक्स, इभिडिओ तथा थ्रिजी प्रविधिमार्फत उक्त सेवा सञ्चालनमा ल्याएको टेलिकमले जनाएको छ ।

Advertisement

सेवाग्राहीले ती स्थानमा कम्तीमा ५१२ केबिपिएस गतिको अनलिमिटेड इन्टरनेट सेवा दुई वर्षसम्म निःशुल्क चलाउन पाउने छन् ।

कम्पनीका अनुसार भूकम्प प्रभावित सिन्धुपाल्चोकका १२, नुवाकोटका २६, काभ्रेपलाञ्चोकका आठ र रसुवाका नौ स्थानमा सो सेवा सञ्चालनमा ल्याएको हो ।

हालसम्म पाँच नगरपालिका, पाँच गाउँपालिका, तीन वडा कार्यालय, १५ हेल्थपोस्ट तथा पब्लिक हेल्थपोस्ट र २७ विद्यालयमा विभिन्न प्रविधिमार्फत इन्टरनेट सेवा सञ्चालनमा ल्याएको टेलिकमले जनाएको छ ।

कम्पनीले सो क्षेत्रमा जडान गरेको वाइम्याक्स बेस स्टेसनको संख्या ३० पुगेको छ । त्यसैगरी, थ्रिजी डिभाइस १५ र इभिडिओको संख्या १० पुगेको छ ।

कम्पनीले उल्लिखित चार जिल्लाका नगरपालिका, गाउँपालिका, माध्यमिक विद्यालय, हेल्थ पोस्ट आदिमा सर्भिस प्वाइन्ट स्थापना गरी आवश्यकता अनुसार वाइम्याक्स, जिएसएम, सिडिएमए र एडिएसएलमार्फत इन्टरनेट सुविधा उपलब्ध गराएको हो ।

सेवाग्राहीले ती स्थानमा कम्तीमा ५१२ केबिपिएस गतिको अनलिमिटेड इन्टरनेट सेवा दुई वर्षसम्म निःशुल्क चलाउन पाउने छन् । कम्पनीले यी चार जिल्लाका अन्य भूकम्प प्रभावित क्षेत्रमा पनि इन्टरनेट सेवा सञ्चालनका लागि आवश्यक कार्य गरिरहेको जनाएको छ ।

भूकम्प प्रभावित क्षेत्रमा इन्टरनेट सुविधा उपलब्ध गराउनका लागि नेपाल दूरसञ्चार प्राधिकरणसँग गत २०७४ वैशाख २१ मा भएको सम्झौता अनुसार नेपाल टेलिकमले यी क्षेत्रमा आवश्यक सेवा उपलब्ध गराउन थालेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!