चुनाब कसैले रोक्न सक्दैन : प्रमुख निर्वाचन आयुक्त
काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले वैशाख ३१ गते हुने चुनाब कसैले रोक्न नसक्ने बताएका छन् । उनले अब एक हप्ताभित्रै निर्वाचनसम्बन्धी आचारसंहिता लागु हुने र सुरुवा-बढुवा एवं नियुक्तिहरु गर्न नपाइने स्पष्ट पारेका छन्।
रिपोर्टर्स क्लबमा मंगलबार बोल्दै प्रमुख आयुक्त यादवले भने, ‘आयोगले यही हप्ताभित्रै आचारसंहिता लागु गर्छ, शुन्य सहनशीलताका आधारमा हामी आचारसंहिता लागू गर्ने गरी व...