बगदाद, २७ कात्तिक। इरान र इराकको सीमावर्ती क्षेत्रमा ७ दशमलव २ रेक्टर स्केलको भूकम्प जाँदा ६१ जनाको मृत्यु भएको छ । ३ सय बढी व्यक्ति घाइते भएका बीबीसीले लेखेको छ  ।

इरानको सरकारी सञ्चारमाध्यमका अनुसार भूकम्पबाट कयौं हताहत भएका छन् । भूकम्पका कारण बिजुली आपूर्ति बन्द भएको छ ।

Advertisement

अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार भूकम्पको केन्द्रविन्दु इराकको हलब्जाबाट दक्षिण-पश्चिम ३२ किलोमिटर टाढा पर्दछ ।

भूकम्पको धक्का धेरै प्रान्तहरुमा महसुस गरिएको थियो ।

कुर्दिश टेलिभिजनका अनुसार इराकी कुर्दिस्तानका बासिन्दा भूकम्पका कारण धेरै व्यक्तिहरु घरबारविहीन भएका छन् । यद्यपि सो क्षेत्रमा जनधनको क्षतिबारे विवरण आइसकेको छैन ।

भूकम्पको धक्का पछि कुवेतमा देखिएको माहोल…

भूकम्पको धक्का महसुस भएपछि कुवेतमा घरबाहिर निश्किएका सर्वसाधरणहरु ।
भूकम्पको धक्का महसुस भएपछि कुवेतमा घरबाहिर निश्किएका सर्वसाधरणहरु ।
भूकम्पको धक्का महसुस भएपछि कुवेतमा घरबाहिर निश्किएका सर्वसाधरणहरु ।

तस्वीरहरु सौजन्य : धनकुटा तोया ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!