कंचनपुर, २६ कात्तिक । काँग्रेस नेता रमेश लेखकले जिल्लामा भएको लोकतान्त्रिक शक्तिहरुबीचको एकताले काँगेसको जित सुनिश्चत भएको दावी गरेका छन् ।
कंचनपुर ३ बाट प्रतिनीधिसभाका लागि उम्मेदवार रहेका नेता लेखले विगतक निर्वाचनमा जस्तै यसपाली पनि काँग्रेसको जितलाई कसैले रोक्न नसक्ने बताए ।
हिजो मात्र कंचनपुरमा काँग्रेस, राप्रपा र राप्रपा प्रजातान्त्रिकबीच चुनावी तालमेलवारे संयुक्त पत्रकार सम्मेलन भएको थियो ।
यसैलाई आधार मानेर नेता लेखकको यस्तो भनाई आएको हो ।
चुनावी प्रचार अन्तगर्त भीमदत्त नगरपालिका ९ मा आयोजित कार्यकर्ता भेटघाटमा नेता लेखकले सम्पूर्ण पार्टी कार्यकर्तालाई सम्पूर्ण शक्ति लगाएर चुनावमा होमिन निर्देशन दिए ।
कार्यक्रमा प्रदेशसभा उम्मेदवार यज्ञराज जोशीले भूगोलको समस्या नबुझेका उम्मेदवारले केही गर्न नसक्ने बताए ।