जेनजी आन्दोलनका बेला भागेका ८ हजारबढी कैदीबन्दी कारागार फर्किए
विराटनगर । जेनजी आन्दोलनका क्रममा भागेको ८ हजारबढी कैदीबन्दी कारागार फर्किएका छन् । देशका २८ वटा कारागार र ९ वटा सुधारगृहबाट भागेका १४ हजार पाँच सय ४९ कैदीबन्दीमध्ये आठ हजार ५४ जना फर्किएका हुन् ।
जसमध्ये सात हजार सात सय १३ जना कारागार र तीन सय ४१ जना सुधारगृहबाट भागेका कैदीबन्दी रहेका कारागार व्यवस्थापन विभागले जनाएको छ ।
विभागका अनुसार कतिपय कैदीबन्दी आफैँ आएका हुन् भने कतिपयलाई सुरक्षाकर्मी...































