
विराटनगर । आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार सात सय रुपैयाँले घटेको हो ।
बुधबार हालसम्मकै उच्च मूल्यमा पुगेको सुन आज दुई लाख २१ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । बुधबार सुन प्रतितोला दुई लाख २३ हजार रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी प्रतितोला १५ रुपैयाँले घटेर दुई हजार ६ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला दुई हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।

संगालोखबर 













