प्रधानमन्त्री कप क्रिकेट छनोटमा आठ अङ्क जोड्दै सुनसरी शीर्ष स्थानमा

प्रधानमन्त्री कप क्रिकेट छनोटमा आठ अङ्क जोड्दै सुनसरी शीर्ष स्थानमा

विराटनगर । प्रधानमन्त्री कप क्रिकेट २०८१ को छनोट प्रतियोगिता सबै खेलमा विजयी हुँदै सुनसरी शीर्ष स्थानमा उक्लिएको छ । कोशी प्रादेशिक क्रिकेट सङ्घको आयोजनामा भएको बिहीबारको अन्तिम खेलमा पनि जित निकाल्दै आठ अङ्कका साथ सुनसरी शीर्ष स्थानमा उक्लिएको हो । बैजनाथपुरको क्रिकेट मैदानमा भएको अन्तिम खेलमा सुनसरीले उदयपुरलाई पाँच विकेटले पराजित गरेको छ । टस जितेर पहिला ब्याटिङ गरेको उदयपुरले निर्धारित ५० ओ...
एमाले मोरङको मतगणना सुरु, रातिसम्ममा अन्तिम परिणाम आउने

एमाले मोरङको मतगणना सुरु, रातिसम्ममा अन्तिम परिणाम आउने

विराटनगर । नेकपा एमाले मोरङको मतगणना सुरु भएको छ । १० औं जिल्ला अधिवेशनबाट नयाँ जिल्ला कमिटी चयनका लागि बुधबार मतदान भएको थियो । पाञ्चालीस्थित पार्टी कार्यालयमा बिहीबार बिहानबाट मतगणना सुरु गर्ने भनिएपनि दिउँसो करिब ३ः३० बजेबाट मतगणना थालिएको हो । राती अबेरसम्ममा मतगणना सकिने प्रमुख निर्वाचन अधिकृत सुरेशलाल श्रेष्ठले जानकारी दिए । अधिवेशनमा अध्यक्षका लागि राजकुमार ओझा र अजम्बर राई बेग्लाबेग्...
विराट गोल्डकप : आज साबिकका विजेता एपीएफ र पुलिसबीच प्रतिस्पर्धा हुने

विराट गोल्डकप : आज साबिकका विजेता एपीएफ र पुलिसबीच प्रतिस्पर्धा हुने

विराटनगर । विराटनगरमा जारी नवौँ संस्करणको विराट गोल्डकपमा आज दुई विभागीय टोली सशस्त्र प्रहरी बल एपीएफ र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । दोस्रो क्वाटरफाइनलमा पूर्वविजेता दुई टोलीबीच प्रतिस्पर्धा हुने भएको हो । एपीएफ पाहुना टोली भारतको शुभेदा दिल्ली फुटबल क्लबलाई ५-३ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो भने पुलिसले आज पहिलो खेल खेल्दैछ । बुधबार भएको खेलमा घरेलु टो...
धनकुटा क्याम्पसमा अनेरास्ववियुले युवा तिम्सिनालाई अध्यक्षमा उठाउने

धनकुटा क्याम्पसमा अनेरास्ववियुले युवा तिम्सिनालाई अध्यक्षमा उठाउने

धनकुटा । नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु धनकुटा बहुमुखी क्याम्पस इकाइले स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्षमा युवा तिम्सिनालाई उम्मेदवार बनाउने भएको छ । आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनमा हालका कोषाध्यक्ष समेत रहेका तिम्सिनालाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो । यस्तै सचिवमा टेकेन्द्र सापकोटा (कुमार) र कोषाध्यक्षमा विनिता राईले उम्मेदवारी दिने छन् । पछिल्लो समय ...
तेह्रथुम बहुमुखी क्याम्पसको दुईतले भवन उद्‌घाटन

तेह्रथुम बहुमुखी क्याम्पसको दुईतले भवन उद्‌घाटन

धनकुटा । तेह्रथुम बहुमुखी क्याम्पसको नवनिर्मित दुईतले भवनको उद्‌घाटन गरिएको छ ।  आठराई स्थित चुहानडाँडामा निर्माण गरिएको भवनको  विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजङ्ग बरालले उद्‌घाटन गरेका हुन् । उद्‌घाटन समारोहमा बोल्दै उपकुलपति प्रा.डा बरालले दूरदराजमा रहेको क्याम्पसको दिगो स्थायित्वको लागि त्रिविले योजना बनाउने बताए । उनले भौतिक तथा शैक्षिक विकासको लागि विश्वविद्यालयले प्राथमिकता दिएर सध...
एमाले मोरङको निर्वाचन : अझै सुरु भएन मतगणना

एमाले मोरङको निर्वाचन : अझै सुरु भएन मतगणना

विराटनगर । नेकपा एमाले मोरङको नयाँ नेतृत्व चयनका लागि भएको मतदान सम्पन्न भएपनि मतगणना सुरु हुन सकेको छैन । आज बिहानबाटै पार्टी कार्यालय पाञ्चालीमा मतगणना हुने भनिएपनि अहिलेसम्म सुरु हुन नसकेको हो । १० औ अधिवेशन अन्तर्गत बुधबार साँझ नै मतदान सम्पन्न भएको थियो । प्रमुख निर्वाचन अधिकृत सुरेशलाल श्रेष्ठका अनुसार मतगणनाको तयारी हुँदैछ । ‘मतगणना सुरु भएको छैन’, श्रेष्ठले संगालोखबरसँग भने, ‘सर्वपक्षी...
धरानमा गाँजा नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, धनकुटाका राई पक्राउ

धरानमा गाँजा नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, धनकुटाका राई पक्राउ

सुनसरी । सुनसरीको धरान-२० चिमफुले खोलामा गोली चलाएर प्रहरीले दुई सय २५ किलो गाँजा नियन्त्रणमा लिएको छ । गाँजा ओसार-पसार भइरहेको विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले गएराति तीन राउन्ड हवाइ फायर गरेर गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको हो । इलाका प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय धरान तथा अस्थायी प्रहरी पोस्ट जोरसखुवाबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले पैदल आउँदै गरेका व्यक्तिलाई रो...
आज पनि बढ्यो सुनको मूल्य, कति पुग्यो तोलामा ?

आज पनि बढ्यो सुनको मूल्य, कति पुग्यो तोलामा ?

विराटनगर । आज पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधबार नौ सय रुपैयाँले बढेको सुनको मूल्य आज तीन सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ७० हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला एक लाख ७० हजार चार सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार प्रतितोला एक हजार नौ सय ५० रुपैयाँमा कारोबार भएको...
२०८१ फागुन २२ गते बिहीवार/आजको राशिफल

२०८१ फागुन २२ गते बिहीवार/आजको राशिफल

बि.सं २०८१ फागुन २२ गते बिहीवार ई.सं २०२५ मार्च ०६ नेपाल सम्बत ११४५ चिल्लाथ्व सप्तमी नाम संवत्सर सूर्य उत्तरायनं, शिशिर ऋतु, फाल्गुण शुक्ल सप्तमी, चन्द्रमा वृष राशिमा, रोहिणी नक्षत्र, विषकुम्भ योग, बणिज करण । आज नेपालमा सूर्याेदय बिहान ०६ः२२ बजे, सूर्यास्त साँझ ०६ः०७ बजे हुनेछ । आज जन्म लिने बच्चा वृष राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दही खाएर जुनसुकै दिशाको यात्...
एमाले मोरङ निर्वाचन : पार्टी कार्यालयमा बिहीबार बिहानबाट मतगणना हुने

एमाले मोरङ निर्वाचन : पार्टी कार्यालयमा बिहीबार बिहानबाट मतगणना हुने

विराटनगर । नेकपा एमाले मोरङको नयाँ नेतृत्व चयनका लागि आज मतदान भएको छ । निर्वाचन अधिकृत डिल्लीराम घिमिरेका अनुसार निर्वाचनमा ९७ प्रतिशत मत खसेको छ । नौ सय ११ जना प्रतिनिधि भएपनि आठ सय ८८ जनाले मतदान गरेका उनले बताए । विराटनगर स्थित होटल मनास्लु इनमा मतदान भएपनि मतगणना विराटनगर स्थित पार्टी कार्यालयमा बिहीबार बिहानबाट सुरु हुने छ । अध्यक्षमा राजकुमार ओझा र अजम्बर राई, उपाध्यक्षमा शान्ति लिम्बू ...
विराट गाेल्डकप : आर्मीसँग घरेलु टाेली माेरङ पराजित

विराट गाेल्डकप : आर्मीसँग घरेलु टाेली माेरङ पराजित

विराटनगर । त्रिभुवन आर्मी क्लब विराट गाेल्डकपकाे सेमिफाइनलमा प्रवेश गरेकाे छ । आज राति विराटनगरकाे सहिद रंगलाशामा भएकाे पहिलाे क्वाटरफाइनल खेलमा घरेलु टाेली माेरङलाई १-० गाेल अन्तरले पराजित गर्दै आर्मी सेमिफाइनलमा प्रवेश गरेकाे हाे । पहिलाे हाफकाे ३७ औं मिनेटमा निरज चाैधरीले गरेकाे गाेल नै आर्मीका लागि निर्णायक बन्याे । खेलकाे म्यान अफ द म्याच आर्मीका गाेल किपर विकेश कुथु घाेषित भए । माेरङ उद्घ...
विराट गाेल्डकप : क्वाटरफाइनलकाे पहिलाे हाफमा घरेलु टाेलीविरूद्ध आर्मीकाे एक गाेल

विराट गाेल्डकप : क्वाटरफाइनलकाे पहिलाे हाफमा घरेलु टाेलीविरूद्ध आर्मीकाे एक गाेल

विराटनगर । विराट गाेल्डकपकाे पहिलाे क्वाटरफाइनल खेलकाे पहिलाे हाफमा त्रिभुवन आर्मी क्लबले एक गाेल गरेकाे छ । विराटनगरकाे सहिद रंगशालामा जारी क्वाटरफाइनल खेलमा आर्मीका निरज चाैधरीले एक गाेल गरेका हुन् । पहिलाे क्वाटरफाइनलमा घरेलु टाेली माेरङ र आर्मीबीच खेल भइरहेकाे छ । माेरङ उद्घाटन खेलमा भारतकाे साउर्थन समिति फुटबल क्लब काेलकातालाई ३-२ गाेल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेकाे थियाे...
प्रधानमन्त्री कप क्रिकेट छनोट प्रतियोगितामा झापा र सुनसरी विजयी

प्रधानमन्त्री कप क्रिकेट छनोट प्रतियोगितामा झापा र सुनसरी विजयी

विराटनगर  । कोशी प्रादेशिक क्रिकेट सङ्घको आयोजनामा जारी प्रधानमन्त्री कप-२०८१ छनोट प्रतियोगितामा झापा र सुनसरी विजयी भएका छन् । आज भएको खेलमा इलामलाई हराउँदै झापा र मोरङलाई हराउँदै सुनसरी विजयी भएका हुन् । बैजनाथ क्रिकेट मैदानमा भएको खेलमा झापाले इलामलाई ६ विकेटले पराजित गरेको छ । झापाले तीन खेल मध्ये दुईमा जित निकाल्दै चार अङ्क जोडेको छ । इलाम तीन खेलमै पराजित भएको छ । टस जितेर पहिला ब्याटिङ ...
विराटनगरमा ‘गर्ल्स अन ह्विल’ प्रतियोगितामा हुने

विराटनगरमा ‘गर्ल्स अन ह्विल’ प्रतियोगितामा हुने

विराटनगर । विराटनगरमा ‘गर्ल्स अन ह्विल’ प्रतियोगिता हुने भएको छ । विराटनगर प्राइम राउन्ट टेबल-१० ले नारी दिवसको अवसर पारेर प्रतियोगिता गर्न लागेको हो । आयोजकले आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा महिला मात्रै सहभागि हुन पाउने जनाएको छ । प्रतियोगिता फागुन २४ गते सञ्चालन हुनेछ । प्रतियोगितामा एक यस स्कुटरमा दुई/दुई जनालाई सहभागि गराउने लक्ष्य रहेको राउन्ड टेबलका अध्यक्ष भास्कर सोनील...
विराट गोल्डकप : आज त्रिभुवन आर्मी र घरेलु टोली मोरङबीच प्रतिस्पर्धा हुने

विराट गोल्डकप : आज त्रिभुवन आर्मी र घरेलु टोली मोरङबीच प्रतिस्पर्धा हुने

विराटनगर । रात्रिकालीन विराट गोल्डकपमा आज पहिलो क्वाटरफाइनल खेल हुँदैछ । पहिलो क्वाटरफाइनलमा त्रिभुवन आर्मी क्लब र घरेलु टोली रिजालको मोरङबीच प्रतिस्पर्धा हुने छ । मोरङ उद्‌घाटन खेलमा पाहुना टोली साउर्थन समिति फुटबल क्लब कोलकातालाई ३-२ गोल अन्तरले पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गरेको हो । मङ्गलबार भएको खेलमा एपीएफले जित निकालेको थियो । पाहुना टोली सुभेदा दिल्ली फुटबल क्लबलाई ट्राइबेकरमा ५-...
एमाले मोरङको नयाँ नेतृत्व चयनका लागि यसरी भइरहेको छ मतदान (फोटो फिचर)

एमाले मोरङको नयाँ नेतृत्व चयनका लागि यसरी भइरहेको छ मतदान (फोटो फिचर)

विराटनगर । नेकपा एमाले मोरङको नयाँ नेतृत्व चयनका लागि जारी मतदानमा ५० प्रतिशत मत खसेको छ । बिहान १० बजेदेखि सुरु भएको मतदान प्रक्रियामा यो समाचार तयार पार्दासम्म ५० प्रतिशत मत खसेको हो । अध्यक्षमा राजकुमार ओझा र अजम्बर राई, उपाध्यक्षमा शान्ति लिम्बू र सागर थापा, सचिवमा रविन थापा र सोमराज थापा, उपसचिवमा शिल्पा निराला कार्की र इर्जालाल राजवंशी तथा उषा झा र सन्तोष बान्तवा चुनावी मैदानमा छन् ।  न...
एमाले मोरङको नयाँ नेतृत्व चयनका लागि मतदान जारी 

एमाले मोरङको नयाँ नेतृत्व चयनका लागि मतदान जारी 

विराटनगर । नेकपा एमाले मोरङको नयाँ नेतृत्व चयनका लागि मतदान भइरहेको छ । बिहान १० बजेदेखि सुरु भएको मतदानमा यो समाचार तयार पार्दासम्म एक सय ७४ मत खसेको छ । संस्थापन समूहबाट अध्यक्षमा राजकुमार ओझा, उपाध्यक्षमा शान्ति लिम्बू, सचिवमा रविन थापा, उपसचिवमा शिल्पा निराला कार्की र इर्जालाल राजवंशी चुनावी मैदानमा छन् । यस्तै संस्थापन इतर समूहबाट अध्यक्षमा अजम्बर राई, उपाध्यक्षमा सागर थापा, सचिवमा सोमराज...
धनकुटाका माझी समुदायले मनाए लदी पर्व (फोटो फिचर)

धनकुटाका माझी समुदायले मनाए लदी पर्व (फोटो फिचर)

धनकुटा । धनकुटामा सीमान्तकृत माझी समुदायले लदी पर्व मनाएका छन् । मङ्गलबार तमोर र कोशी नदी किनारमा विशेष पुजा गरेर भव्य रूपमा माझी समुदायले लदी पर्व मनाएका हुन् । कोसी पुजा समेत भनिने यो पर्व माझी समुदायको सबैभन्दा ठूलो पर्व हो । चैबिसे गाउँपालिका-४ स्थित भैँसेटार र साँगुरीगढी गाउँपालिका-३ स्थित कुशेटारका माझी समुदायले लदी पर्व मनाएका हुन् । नदी किनारमा बोकाको बली दिएर डुङ्गा, माछा मार्ने जाल, फ...
विराट गोल्डकप: दिल्लीलाई हराउँदै एपीएफको विजयी सुरुवात

विराट गोल्डकप: दिल्लीलाई हराउँदै एपीएफको विजयी सुरुवात

विराटनगर ।  विभागीय टिम सशस्त्र प्रहरी बल (एपीएफ) विराट गोल्डकपको क्वाटरफाइनल प्रवेश गरेको छ । विराटनगरको सहिद रङ्गशालामा मङ्गलबार राती भएको खेलमा भारतको सुदेभा दिल्ली फुटबल क्बललाई टाइबेकरमा ५-३ गोलले हराउँदै एपीएफ क्वाटरफाइनल पुगेको हो । निर्धारित समयमा गोलरहित बराबरी भएपछि जितको छिनोफानो टाइबेकरबाट गरिएको हो । टाइब्रेकरमा एपीएफको तर्फबाट सुमन श्रेष्ठ, दिपेश धिमाल, मणि कुमार लामा, सविन गुरुङ ...
मोरङको पथरी शनिश्चरेमा झुण्डिएको अवस्थामा युवा-युवती मृत फेला

मोरङको पथरी शनिश्चरेमा झुण्डिएको अवस्थामा युवा-युवती मृत फेला

विराटनगर । मोरङको पथरी शनिश्चरे नगरपालिका-१ मौलाबारी स्थित बक्राहा खोलाको किनारमा युवा-युवती झुण्डिएको अवस्थामा फेला परेका छन् । इलाका प्रहरी कार्यालय पथरीका अनुसार आज बिहान उनीहरू झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् । विवाहित रहेका उनीहरू एउटै रूखको हाँगामा झुण्डिएका छन् । पथरीशनिश्चरे-५ का २४ वर्षीय अजय टुडू र मोरङको कटहरी गाउँपालिका-६ माइती भएकी २२ वर्षीया जुबामुनी हस्दा झुण्डिएको अवस्थाम...
एमाले मोरङ अधिवेशन : २ बजेका लागि सारियो मतदान 

एमाले मोरङ अधिवेशन : २ बजेका लागि सारियो मतदान 

विराटनगर । नेकपा एमाले मोरङको नयाँ नेतृत्व चयनका लागि हुन लागेको मतदानको समय सारिएको छ । आज बिहान ९ बजेबाट सुरु हुने भनिएको मतदान प्रक्रिया सहमतिको प्रयासका लागि भन्दै सारिएको हो । शनिबारदेखि विराटनगरमा सुरु भएको १० औँ अधिवेशन सोमबार नै सम्पन्न गर्ने तयारी थियो । तर सहमति जुट्न नसकेपछि अधिवेशन लम्बिएको छ । २ बजेबाट पनि मतदान सुरु हुने सम्भावना न्यून रहेको जनाइएको छ । पाँच पदाधिकारीसहित एक सय ६...
दुई हजार किलो गाँजा बरामद

दुई हजार किलो गाँजा बरामद

विराटनगर । राजविराज नगरपालिका-९ स्थित बाबा भुतनाथ मन्दिर नजिकैबाट प्रहरीले ठूलो परिणाममा गाँजा बरामद गरेको छ । स्थानीय एक घरमा गोदाम बनाएर राखिएको अवस्थामा गाँजा बरामद गरिएको हो । सप्तरी प्रहरीका एसपी ढकेन्द्र खतिवडाका अनुसार एक सय बढी बोरामा पोको बनाएर राखेको अवस्थामा गाँजा फेला परेको छ । गोदाममा शङ्कास्पद सामग्री अनलोड गरेको देखेपछि चेकजाँच गर्दा गाँजा भेटिएको एसपी खतिवडाले जानकारी दिए । गोद...
विराटनगरबाट भन्सार छलीको सामानसहित भारतीय ट्रक नियन्त्रणमा

विराटनगरबाट भन्सार छलीको सामानसहित भारतीय ट्रक नियन्त्रणमा

विराटनगर । विराटनगरबाट भन्सार छलीको सामानसहित प्रहरीले ट्रक नियन्त्रणमा लिएको छ । सोमबार साँझ विराटनगर-१८ आइसिपी रोडबाट यूपी ८७९१८१ नम्बरको ट्रक प्रहरीले नियन्त्रणमा लिएको हो । ट्रकमा भन्सार पास गरेको भन्दा बढी मूल्यको सामान रहेको सूचना प्रहरीले पाएको थियो । मोरङ प्रहरीका प्रवक्ता वेदप्रकाश जोशीका अनुसार इलाका प्रहरी कार्यालय रानीको टोलीले ट्रकलाई नियन्त्रणमा लिएको थियो । ट्रकसहित ४५ लाख मूल्य...
सुनचाँदीको मूल्य बढ्यो, कति पुग्यो तोलामा ?

सुनचाँदीको मूल्य बढ्यो, कति पुग्यो तोलामा ?

विराटनगर । आज सुनको मूल्य बढेको छ । तीन दिनसम्म स्थिर रहेको सुनको मूल्य आज प्रतितोला एक हजार चार सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ६९ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला एक लाख ६८ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार चाँदी प्रतितोला २५ रुपैयाँले बढेको हो । आज च...
विराट गोल्डकप : आज दिल्ली र एपीएफबीच प्रतिस्पर्धा हुने

विराट गोल्डकप : आज दिल्ली र एपीएफबीच प्रतिस्पर्धा हुने

विराटनगर । रात्रिकालीन विराट गोल्डकपमा आज पाहुना टोली शुभेदा दिल्ली फुटबल क्लब र सशस्त्र प्रहरी बल एपीएफबीच प्रतिस्पर्धा हुने छ । सहिद रङ्गशालामा साँझ ६ः३० बजेबाट खेल सुरु हुने छ । सोमबार राति सम्पन्न पहिलो खेलमा आयोजक रिजाल मोरङको एफसीले विजयी सुरुवात गरेका छ । पाहुना टोली भारतको साउर्थन समिति कोलकातालाई ३-२ गोल अन्तरले पराजित गर्दै मोरङले विजयी सुरुवात गरेको हो । यो सँगै मोरङ क्वार्टर फाइनलम...
एमाले मोरङको नेतृत्व चयनका लागि आज मतदान हुँदै

एमाले मोरङको नेतृत्व चयनका लागि आज मतदान हुँदै

विराटनगर । नेकपा एमाले मोरङको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै छ । प्रमुख निर्वाचन अधिकृत सुरेशलाल श्रेष्ठका अनुसार बिहान ९ बजेदेखि मतदान सुरु हुने छ । प्रमुख निर्वाचन अधिकृत श्रेष्ठका अनुसार सोमबार निर्वाचन सम्भव नभएपछि आज मतदान हुन लागेको हो । शनिबारदेखि सुरु भएको १० औं अधिवेशन सोमबार नै सम्पन्न गर्ने तयारी भएपनि विवाद बढेपछि अधिवेशन लम्बिएको हो । अधिवेशनमा संस्थापन पक्षबाट अध्यक्षमा र...
२०८१ फाल्गुण २० गते मङ्गलवार/आजको राशिफल

२०८१ फाल्गुण २० गते मङ्गलवार/आजको राशिफल

बि.सं २०८१ फाल्गुण २० गते मङ्गलवार ई.सं २०२५ मार्च ०४ नेपाल सम्वत् ११४५ चिल्लाथ्व पञ्चमी नाम संवत्सर सूर्य उत्तरायनं, शिशिर ऋतु, फाल्गुण शुक्ल पञ्चमी, चन्द्रमा मेष राशिमा, भरणी नक्षत्र, एन्द्र योग, बालव करण । आज नेपालमा सूर्याेदय बिहान ०६ः२४ बजे, सूर्यास्त साँझ ०६ः०५ बजे हुनेछ । आज जन्म लिने बच्चा मेष राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सखर वा गुण खाएर जुनसुकै दिशा...
विराट गाेल्डकप : उद्घाटन खेलमा आयाेजक माेरङ विजयी

विराट गाेल्डकप : उद्घाटन खेलमा आयाेजक माेरङ विजयी

विराटनगर । रात्रिकालीन विराट गोल्डकपको उद्घाटन खेलमा आयाेजक रिजालकाे माेरङ एफसी विजयी भएकाे छ । भारतकाे साउर्थन समिति फुटबल क्लब काेलकातालाई ३-२ गाेल अन्तरले पराजित गर्दै माेरङ विजयी भएकाे हाे । सहिद रंगशालामा भएकाे खेलकाे पहिलाे हापमा माेरङका लागि अभिषेक गुरूङले ११ औं  मिनेटमा गाेल गर्दै सुरूवाती अग्रता बनाएका थिए । यस्तै ४६ औं मिनेटमा पेनाल्टी सुटआउटमा दाेर्जे तामाङ र खेलकाे ८९ औं मिनेटमा म...
विराट गोल्डकप : पहिलाे हाप माेरङ र काेलकाताबीच दुई-दुई गाेलकाे बराबरी

विराट गोल्डकप : पहिलाे हाप माेरङ र काेलकाताबीच दुई-दुई गाेलकाे बराबरी

विराटनगर । रात्रिकालीन विराट गोल्डकपको उद्घाटन खेलकाे पहिलाे हापमा आयाेजक रिजालकाे माेरङ एफसी र भारतकाे साउर्थन समिति फुटबल क्लब काेलकाताबीच दुई/दुई गाेलकाे बराबरी भएकाे छ । सहिद रंगशालामा जारी खेलकाे पहिलाे हापमा माेरङका लागि अभिषेक गुरूङले ११ औं  मिनेटमा गाेल गर्दै सुरूवाती अग्रता बनाएका थिए । लगत्तै १३ औं मिनेटमा काेलकत्ताका लागि सुदिप्त हाल्डेनले गाेल गर्दै खेल बराबरीमा ल्याए । ३८ औं मिनेट...
उदयपुर र झापाबाट लागूऔषधसहित ६ जना पक्राउ

उदयपुर र झापाबाट लागूऔषधसहित ६ जना पक्राउ

विराटनगर । उदयपुर र झापाबाट प्रतिबन्धित लागूऔषधसहित ६ जना पक्राउ परेका छन् । विभिन्न स्थानबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई आइतबार पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा चौदण्डीगढी नगरपालिका-७ का १९ वर्षीय सागर विश्वकर्मा, २१ वर्षीय सन्जोक राई र २१ वर्षीय  निशान मगरलाई पक्राउ गरेको छ । प्रहरीले उनीहरूका साथबाट ट्रामाडोल एक सय २० चक्की र स्पास...
मोरङको उर्लाबारीमा सुनचाँदी पसलमा चोरी 

मोरङको उर्लाबारीमा सुनचाँदी पसलमा चोरी 

विराटनगर । मोरङको उर्लाबारीमा सुनचाँदी पसलमा चोरी भएको छ । उर्लाबारी नगरपालिका-४ आइतबारेमा कुमार लिम्बूको घर भाडामा लिएर रमेश विकले सञ्चालन गर्दै आएको न्यु पाथीभरा ज्वेलर्समा चोरी भएको हो । प्रहरीले चोरी भएको जानकारी आज बिहान १० बजेतिर पाएको थियो । प्रहरीले आइतबार राति ज्वेलर्समा जोरी भएको अनुमान गरेको छ । मोरङ प्रहरीका अनुसार २५ किलो चाँदीका गहना, दुई तोला सुनको तिलहरी र १५ हजार रुपैयाँ नगद चो...
error: Content is protected !!