
विराटनगर । सुनको मूल्यमा आज पनि नयाँ रेकर्ड कायम भएको छ । प्रतितोला एक हजार तीन सय रुपैयाँले बढेर सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख २३ हजार कायम भएको छ । मंगलबार सुन प्रतितोला दुई लाख २१ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी प्रतितोला २० रुपैयाँले बढेर दुई हजार सात सय रुपैयाँ पुगेको हो । मंगलबार चाँदी प्रतितोला दुई हजार छ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।

संगालोखबर 













