संगालोखबर
साङ्केतिक तस्बिर

विराटनगर । जेनजी आन्दोलनका क्रममा भागेको ८ हजारबढी कैदीबन्दी कारागार फर्किएका छन् । देशका २८ वटा कारागार र ९ वटा सुधारगृहबाट भागेका १४ हजार पाँच सय ४९ कैदीबन्दीमध्ये आठ हजार ५४ जना फर्किएका हुन् ।

जसमध्ये सात हजार सात सय १३ जना कारागार र तीन सय ४१ जना सुधारगृहबाट भागेका कैदीबन्दी रहेका कारागार व्यवस्थापन विभागले जनाएको छ ।

Advertisement

विभागका अनुसार कतिपय कैदीबन्दी आफैँ आएका हुन् भने कतिपयलाई सुरक्षाकर्मीले पक्राउ गरेर ल्याएको हो । अझै ६ हजार चार सय ९४ कैदीबन्दी फरार छन् ।

फरार हुनेमा कारागारबाट भागेका पाँच हजार आठ सय ७२ र सुधारगृहबाट भागेका ६ सय २२ जना रहेका विभागले जनाएको छ । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते कारागारबाट १३ हजार पाँच सय ८५ र सुधारगृहबाट नौ सय ६४ कैदीबन्दी भागेका थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!