कोशीमा २३ हजार ४ सय ९ जना म्यादी प्रहरी माग

कोशीमा २३ हजार ४ सय ९ जना म्यादी प्रहरी माग

विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि कोशी प्रदेशमा २३ हजार ४ सय ९ जना निर्वाचन प्रहरी (म्यादी प्रहरी) भर्ना हुँदैछन् । निर्वाचनलाई भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न कोशीका १४ वटा जिल्लामा उक्त संख्यामा म्यादी प्रहरी भर्ना गर्न लागिएको हो । जसका लागि शुक्रबारबाट सबै जिल्ला प्रहरी कार्यालयबाट आवेदन फारम भर्न सुरु गरिएको छ । मोरङमा ४ हजार ३ सय ८३, झापामा ४ हज...
काँग्रेसको विशेष महाधिवेशन सुरु 

काँग्रेसको विशेष महाधिवेशन सुरु 

काठमाडौं । नेपाली काँग्रेसको विशेष महाधिवेशन सुरु भएको छ । काठमाडौंको भृकुटीमण्डपमा केहीबेरअघि महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष अधिवेशनको उद्‌घाटन गरेका छन् । लामो समयदेखि पार्टीभित्र देखिँदै आएको सांगठनिक, विधानगत र राजनीतिक विषयमा निर्णय लिनुपर्ने आवश्यकता औँल्याउँदै बोलाइएको विशेष महाधिवेशनलाई काँग्रेसको आन्तरिक राजनीतिक जीवनमा महत्वपूर्ण घटनाका रूपमा हेरिएको छ । विशेष म...
धरानबाट ९ हजार ९ सय १० क्याप्सुल प्रतिबन्धित औषधिसहित दुई जना पक्राउ

धरानबाट ९ हजार ९ सय १० क्याप्सुल प्रतिबन्धित औषधिसहित दुई जना पक्राउ

सुनसरी । सुनसरीको धरान-१६ बाट प्रतिबन्धित औषधिसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको कोशी गाउँपालिका-१ का २३ वर्षीय रोशन झा र १८ वर्षीय जय प्रकाश यादव छन् । को १८ प ४२५६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई शंका लागेर चेकजाँच गर्दा ९ हजार ९ सय १० क्याप्सुल प्रतिबन्धित औषधि फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुबै जनालाई इलाका प्रहरी कार्यालय धरानमा राखिएको छ । उनीहरूका स...
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

विराटनगर । नेपाली मूलका गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ । ‘इन्डियन आइडल’ तेस्रो संस्करणका विजेता तामाङको ४२ वर्षको उमेरमा भारतको दिल्लीमा निधन भएको हो । हृदयघातको कारण उनको मृत्यु भएको जनाइएको छ । उनको निधनको खबर संगीतकार राजेश घतानीले सार्वजनिक गरेका हुन् । उनले गाएका धेरै नेपाली गीतहरू चर्चित छन् । गायनसँगै अभिनयमा पनि सक्रिय रहेका तामाङले केही नेपाली चलचित्रमा पनि अभिनय गरेका थ...
घुमुवा प्रहरी हुँ भन्दै धरानका होटलबाट रकम असुली गर्ने धनकुटाका धनबहादुर पक्राउ

घुमुवा प्रहरी हुँ भन्दै धरानका होटलबाट रकम असुली गर्ने धनकुटाका धनबहादुर पक्राउ

सुनसरी । सुनसरीको धरानबाट घुमुवा प्रहरी हुँ भन्दै होटल तथा रेष्टुरेन्टहरूबाट रकम असुली गर्दै आएका एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटाको सहिदभूमि गाउँपालिका-७ का ३५ वर्षीय धनबहादुर राई छन् । उनलाई शनिबार राति धरान-१८ बाट होटलहरूबाट रकम उठाउँदै गरेको अवस्थामा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका डीएसपी भीषण राईले जानकारी दिए । उनले आफू इलाका प्रहरी कार्यालय धरानमा कार्यरत घुमुवा...
सुनको मूल्य २८ सय रुपैयाँ बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य २८ सय रुपैयाँ बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

विराटनगर । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजार आठ सय रुपैयाँ बढेको हो । महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ७० हजार ६ सय रुपैयाँ कायम भएको छ । शुक्रबार सुन प्रतितोला दुई लाख ६७ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला दुई सय १० रुपैयाँ बढेर चार हजार नौ स...
मोरङमा ३ सय ६ मतदान स्थल, ८ सय ८८ मतदान केन्द्र कायम

मोरङमा ३ सय ६ मतदान स्थल, ८ सय ८८ मतदान केन्द्र कायम

विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मोरङमा ३ सय ६ मतदान स्थल कायम गरिएको छ । जसमा ८ सय ८८ मतदान स्थल तोकिएको छ । कोशी प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकृत तीर्थराज अधिकारीका अनुसार २०७९ को निर्वाचनमा भन्दा यसपटक मोरङमा ३९ वटा मतदान केन्द्र थप भएका हुन् । एक मतदान केन्द्र बराबर एक जना मतदान अधिकृत, एक जना सहायक मतदान अधिकृत, तीन जना कर्मचारी र एक जना कार्यालय सहय...
विराटनगरको बालकल्याण विद्यामन्दिरका शिक्षक तथा कर्मचारी सम्मानित

विराटनगरको बालकल्याण विद्यामन्दिरका शिक्षक तथा कर्मचारी सम्मानित

विराटनगर । विराटनगर-११ स्थित बालकल्याण विद्यामन्दिरले आफ्नो ४२ औं वार्षिकोत्सवका अवसरमा शिक्षक तथा कर्मचारीलाई सम्मान गरेको छ । विगत २० वर्षदेखि कार्यरत सात जना शिक्षक तथा कर्मचारीलाई नगद १० हजारसहित सम्मान गरेको हो । सम्मानित हुनेहरूमा विनोदप्रसाद शाह, मुङ्गालाल मण्डल, जनककुमार पोखरेल, सविता खतिवडा, धनकुमारी चापागाईं, शोभा शर्मा र दिनेश पौडेल छन् । उनीहरूलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्...
विराटनगरको किड्स भिलेज स्कुलले मनायो १२ औं वार्षिकोत्सव 

विराटनगरको किड्स भिलेज स्कुलले मनायो १२ औं वार्षिकोत्सव 

विराटनगर । विराटनगरको किड्स भिलेज स्कुलले आफ्नो १२ औं वार्षिकोत्सव मनाएको छ । शनिबार हाटखोलास्थित आरोहण गुरुकुलमा एक कार्यक्रमको आयोजना गरेर किड्स भिलेजले वार्षिकोत्सव मनाएको हो । दुई चरणमा भएको कार्यक्रमको कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुलीले उद्‌घाटन गरेका थिए । पहिलो चरणमा प्ले ग्रुपदेखि यु केजीसम्मका बालबालिकाहरूले गीत, नृत्य तथा नाटक प्रस्तुत गरेका थिए । यस्तै दोस्...
आज ३०४ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै

आज ३०४ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै

विराटनगर । आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदैछ । पृथ्वीनारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा देशभर विभिन्न कार्यक्रम आयोजना गरिएका छन् । सरकारले आज सार्वजनिक बिदा दिएको छ । १७७९ सालमा जन्मिएका शाहको आज ३ सय ४ औँ जन्मजयन्ती हो । उनले आधुनिक नेपालको एकीकरणमा र्पुयाएको योगदानको स्मरण गर्दै प्रमुख प्रशासनिक भवन सिंहदरबार पश्चिम ढोका अगाडिको पृथ्वीनारायणको सालिकमा पु...
जेनजी आन्दोलनमा झुम्का कारागारबाट भागेका खरेल झापाबाट पक्राउ

जेनजी आन्दोलनमा झुम्का कारागारबाट भागेका खरेल झापाबाट पक्राउ

झापा । सार्वजनिकस्थलमा बारम्बार विस्फोटक पदार्थ राखेर सर्वसाधारणमा त्रास फैलाउँदै आएका झापाको कनकाई नगरपालिका-८ का ५५ वर्षीय सञ्जय भनिने खगेन्द्र खरेल पुनः पक्राउ परेका छन् । यही पुस १९ गते बिहान पूर्वपश्चिम राजमार्गअन्तर्गत माई खोला पुल नजिक सडकको उत्तरी भागमा प्रेसर कुकर बम राखेर त्रास फैलाएको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । २०८१ साल पुसमा पनि सुनसरीको इटहरी उपमहानगरपालिका अगाडि शङ्क...
मोरङ प्रशासनले भन्यो– इजाजत प्राप्त हतियार माघ १० भित्र बुझाउनुहोस्

मोरङ प्रशासनले भन्यो– इजाजत प्राप्त हतियार माघ १० भित्र बुझाउनुहोस्

विराटनगर । आगामी फागुन २१ गतेका लागि लय भएको प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै मोरङ प्रशासनले इजाजत प्राप्त हतियार बुझाउन आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय मोरङले आज सूचना जारी गर्दै व्यक्तिगत रूपमा राखिएका हातहतियार तथा खरखजनाहरू माघ १० गतेभित्र नजिकको प्रहरी कार्यालयमा बुझाउन आग्रह गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाद्वारा जारी गरिएको सूचनामा निर्वाचन सकिएपछि हातहत...
कोशी सरकारले ८० लाखको लगानीमा सञ्चालनमा ल्यायो घुम्ती अस्पताल 

कोशी सरकारले ८० लाखको लगानीमा सञ्चालनमा ल्यायो घुम्ती अस्पताल 

विराटनगर । कोशी प्रदेश सरकारले पहिलोपटक घुम्ती अस्पताल सञ्चालनमा ल्याएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज झापाको कमल गाउँपालिकाबाट घुम्ती अस्पतालको शुभारम्भ गरेका हुन् । ठूलो बसभित्र अत्याधुनिक मेडिकल उपकरण जडान गरी यो सेवा सञ्चालनमा ल्याइएको हो । कोशी प्रदेश स्वास्थ्य निर्देशनालयका नर्सिङ प्रशासक आस्था थापाका अनुसार बसभित्र रेडियोलोजी, मुटुको एक्सरे, ब्लड टेस्ट, रगतको नमु...
मोरङको सुन्दरहरैँचामा बसको ठक्करबाट शिक्षकको मृत्यु

मोरङको सुन्दरहरैँचामा बसको ठक्करबाट शिक्षकको मृत्यु

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका-८ स्थित सलकपुरमा बसको ठक्करबाट शिक्षकको मृत्यु भएको छ । बिहीबार साँझ सलकपुर बजार भएको दुर्घटनामा बेलबारी नगरपालिका-४ स्थित कसेनी माध्यमिक विद्यालयमा कार्यरत शिक्षक ५० वर्षीय कमल कोइरालाको मृत्यु भएको हो ।  पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको बागमती प्रदेश ०३-०११ ख १६०२ नम्बरको बसले कोइराला सवार को ३१ प ५३९० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।  बसको ठक्...
विराटनगरबाट स्रोत नखुलेको तीन लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ

विराटनगरबाट स्रोत नखुलेको तीन लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ

विराटनगर । विराटनगर-१७ बाट स्रोत नखुलेको तीन लाख तीन हजार एक सय नेपाली रुपैयाँसहित भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बिहारको अररियास्थित फारबिसगन्जका ५५ वर्षीय नन्दलाल बाहेती छन् । आज बिहान ११ः४५ बजे जोगवनीबाट बीआर ३८ एए ८३०६ नम्बरको स्कुटरमा विराटनगरतर्फ आउँदै गर्दा उनलाई चेकजाँच गर्दा उक्त रकम बरामद भएको प्रहरीले जनाएको छ । सो रकमको श्रोत खुलाउन नसकेपछि उनलाई पक्राउ गरिएको ...
धनकुटाका साहित्यकार मुकुन्द प्रयास निर्वाण कला सम्मानबाट सम्मानित

धनकुटाका साहित्यकार मुकुन्द प्रयास निर्वाण कला सम्मानबाट सम्मानित

धनकुटा । धनकुटा साहित्यकार तथा कलाकार मुकुन्द प्रयास निर्वाण कला सम्मान २०८२ बाट सम्मानित भएका छन् । राष्ट्रिय विभूति अरनिकोको स्मृति दिवस एवं नेपाल व्यवसायिक कलाकार संघ (क्यान) को ३१ औं स्थापना दिवसको अवसरमा १० हजार नगदसहित प्रयासलाई काठमाडौंमा सम्मान गरिएको हो । स्रष्टा तथा कलाकार प्रयासलाई उपत्यका बाहिर बसेर निरन्तर लेखन, चित्रकला, मूर्तिकला तथा कला व्यवसाय गरेको भन्दै नेपाल व्यवसायिक कलाकार...
विराटनगरमा होटलबाट गाँजा बेचबिखन, आमा-छोरासहित तीन जना पक्राउ

विराटनगरमा होटलबाट गाँजा बेचबिखन, आमा-छोरासहित तीन जना पक्राउ

विराटनगर । विराटनगर-१५ बाट गाँजा बेचबिखनमा संलग्न भएको आरोपमा प्रहरीले आमा-छोरासहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतकी कविता यादव, उनका छोरा मुन्ना कुमार यादव र मोरङको जहदा गाउँपालिका-१ का मंजित कुमार यादव छन् । विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई बिहीबार पक्राउ गरेको हो । उनीहरूलाई सात किलो १८० ग्राम गाँजासहित पक्राउ गरिएको मोरङका प्रहरी प्रवक्ता डीएसपी कोपिला च...
नेवाः मिस दवू धनकुटा नगरको अध्यक्षमा बिसिका श्रेष्ठ

नेवाः मिस दवू धनकुटा नगरको अध्यक्षमा बिसिका श्रेष्ठ

धनकुटा । नेवाः मिस दवू धनकुटा नगर कार्यसमितिको अध्यक्षमा बिसिका श्रेष्ठ निर्वाचित भएकी छन् । समितिको प्रथम अधिवेशनले बिसिकाको अध्यक्षतामा १२ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । समितिको उपाध्यक्षमा किरण श्रेष्ठ, सचिवमा रुस्मी प्रधान, सह-सचिवमा उर्मिला महर्जन र कोषाध्यक्षमा रजनी श्रेष्ठ चयन भएका छन् । त्यस्तै, सदस्यहरूमा पुष्पा श्रेष्ठ, रेणुका श्रेष्ठ, रत्ना श्रेष्ठ, मनु घिमिरे श्रे...
धनकुटाको लेगुवा बजारमा छड्के अनुगमन, अखाद्य बस्तु जफत गरि नस्ट

धनकुटाको लेगुवा बजारमा छड्के अनुगमन, अखाद्य बस्तु जफत गरि नस्ट

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका-५ स्थित लेगुवा बजारमा छड्के अनुगमन गरिएको छ । बिहीबार लेगुवाका एक दर्जन किराना तथा खुद्रा पसलको अनुगमन गरि म्याद गुज्रिएका अखाद्य बस्तु जफत गरी नष्ट गरिएको हो । अनुगमनका क्रममा किराना तथा खुद्रा पसलहरूबाट २२ हजार ८ सय ९० रुपैयाँ मूल्य बराबरको म्याद गुज्रिएका अखाद्य बस्तु जफत गरि नष्ट गरिएको छ । म्याद गुज्रिएका खाद्यान्न तथा पेय पदार्थ नष्ट गरिनुका साथै मू...
मन्त्री पराजुलीलाई दिइयो कोशी प्रदेश सरकार प्रवक्ताको जिम्मेवारी

मन्त्री पराजुलीलाई दिइयो कोशी प्रदेश सरकार प्रवक्ताको जिम्मेवारी

विराटनगर । कोशी प्रदेश सरकारको बिहीबार बसेको बैठकले विभिन्न तीनवटा निर्णय गरेको छ । बैठकले प्रदेश सरकार कार्य सम्पादन नियमावली २०७९ को दफा २६ बमोजिम मन्त्रिपरिषद्को कार्यसम्पादनमा राय सुझाव, सल्लाह र मन्त्रिपरिषद्लाई सहयोग गर्न विभिन्न समिति बनाइएको छ । पर्यटन वन तथा वातावरण मन्त्री भीम पराजुली संयोजकत्वमा राजनीतिक तथा प्रशासन समिति, आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीको संयोजकत्...
विराटनगर महानगरद्वारा वार्षिक बजेटको २० प्रतिशत रकम कटौती

विराटनगर महानगरद्वारा वार्षिक बजेटको २० प्रतिशत रकम कटौती

विराटनगर । विराटनगर महानगरपालिकाले जेनजी आन्दोलनको कारण देखाउँदै चालु आर्थिक वर्षका लागि विनियोजन भएको बजेटको २० प्रतिशत कटौती गर्ने निर्णय गरेको छ । आज भएको नगरसभाको १७ औं अधिवेशनले आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजित बजेटको २० प्रतिशत रकम कटौती गर्ने निर्णय गरेको हो । जेनजी आन्दोलनबाट उत्पन्न परिस्थिति, घरजग्गा कारोबारमा आयको मन्दी, संस्थागत बहाल कर लक्ष्यअनुरूप असुल हुन नसक्नुलगायतका कारण...
साँगुरीगढीको छिनाम चोकमा महिला–पुरुष खुल्ला भलिबल प्रतियोगिता हुँदै

साँगुरीगढीको छिनाम चोकमा महिला–पुरुष खुल्ला भलिबल प्रतियोगिता हुँदै

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका-७ स्थित छिनाम चोकमा महिला तथा पुरुष खुल्ला भलिबल प्रतियोगिता हुने भएको छ । माघे संक्रान्तिको अवसरमा जलदेवी नव छिनाम चोक युवा क्लबको आयोजनामा छैटौँ खुल्ला भलिबल प्रतियोगिता हुन लागेको हो । माघ १ देखि ३ गतेसम्म प्रतियोगिता सञ्चालन हुने क्लबका अध्यक्ष दिनेश राईले जानकारी दिए । छिन्ताङ देवी ढाङढुङ्गे मन्दिरको प्रचार-प्रसार तथा पर्यटन प्रवर्द्धनका लागि प्रतियो...
निर्वाचनमा ८० हजार सेना परिचालन गरिने

निर्वाचनमा ८० हजार सेना परिचालन गरिने

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा ८० हजार सेना परिचालन गरिने भएको छ । एकीकृत सुरक्षा योजना २०८२ अनुमोदन भई राष्ट्रपतिबाट समेत स्वीकृत भइसकेकाले त्यही अनुसार सेना परिचालन गरिने भएको हो । एकीकृत सुरक्षा योजना सरकारबाट अनुमोदन र सेनाको परिचालनका सम्बन्धमा राष्ट्रिय सुरक्षा परिषद्बाट पनि स्वीकृत भइसकेको छ । चुनावका सिलसिलामा सेनाले तीन चरणमा काम गर्नेछ । निर्वाचनपूर्वको म...
शुक्रबारबाट बेलबारी महोत्सव, ११ दिनमा एक करोड बढी आम्दानी गर्ने लक्ष्य

शुक्रबारबाट बेलबारी महोत्सव, ११ दिनमा एक करोड बढी आम्दानी गर्ने लक्ष्य

विराटनगर । मोरङको बेलबारीमा शुक्रबारबाट दोस्रो बेलबारी महोत्सव आयोजना हुने भएको छ । महोत्सवको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले औपचारिक शुभारम्भ गर्नेछन् । बेलबारी उद्योग वाणिज्य संघको आयोजनामा पुस २५ गतेदेखि सुरु हुने महोत्सव माघ ५ गतेसम्म सञ्चालन हुनेछ । ‘स्थानीय उत्पादनलाई प्राथमिकता-स्वावलम्बी अर्थतन्त्रको आधार’ भन्ने मुख्य नाराका साथ आयोजना हुन लागेको महोत्सवले स्थानीय आर्थिक...
उदयपुरमा काँसघारी भित्र भेटियो ३० किलो गाँजा, पथरी शनिश्चरेका तिमिल्सिना पक्राउ

उदयपुरमा काँसघारी भित्र भेटियो ३० किलो गाँजा, पथरी शनिश्चरेका तिमिल्सिना पक्राउ

विराटनगर । उदयपुरमा बेवारिसे अवस्थामा फेला परेको गाँजा प्रहरीले बरामद गरेको छ । त्रियुगा नगरपालिका-४ बगाहा खोलास्थित काँसघारीबाट ३० किलो गाँजा बरामद भएको हो । प्रहरीका अनुसार झोलामा लुकाएर राखिएको अवस्थामा फेला परेको गाँजा कसको हो भन्ने खुल्न बाँकी छ । गाँजा ओसार-पसारमा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ । यस्तै मोरङको सुनवर्षी-१ बाट लागूऔषध ब्राउन सुगरसहित पथरी शनिश्चरे-६ का विवेक तिमल...
कोशी प्रदेश समन्वय परिषद् बैठक : स्थानीय तह र प्रदेशमा देखिएका समस्या हटाउने निर्णय

कोशी प्रदेश समन्वय परिषद् बैठक : स्थानीय तह र प्रदेशमा देखिएका समस्या हटाउने निर्णय

विराटनगर । कोशी प्रदेश समन्वय परिषद् बैठकले स्थानीय तह र प्रदेशमा देखिएका समस्या समाधान गर्ने निर्णय गरेको छ । प्रदेश र स्थानीय तहमा कानुनी र व्यवहारिक रूपमा देखिएका समस्याहरूलाई समाधान गर्न केन्द्र सरकारसँग आग्रह गर्ने र प्रदेश सरकारले गर्नुपर्ने कामहरू अगाडि बढाउने निर्णय भएको हो । कोशी प्रदेशका मुख्यमन्त्री एवं प्रदेश समन्वय परिषद्का अध्यक्ष हिक्मत कुमार कार्कीको अध्यक्षतामा बुधबार साँझ बसेक...
सुनको मूल्य २ हजार रुपैयाँ घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य २ हजार रुपैयाँ घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

विराटनगर । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँ घटेको हो । महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ६५ हजार सात सय रुपैयाँ कायम भएको छ । बुधबार सुन प्रतितोला दुई लाख ६७ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य प्रतितोला एक सय रुपैयाँले घटेर चार हजार...
निर्वाचनका लागि १ लाख ३४ हजार म्यादी प्रहरी भर्ना गरिँदै, खुल्यो आवेदन

निर्वाचनका लागि १ लाख ३४ हजार म्यादी प्रहरी भर्ना गरिँदै, खुल्यो आवेदन

विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि एक लाख ३३ हजार नौ सय ८० जना म्यादी प्रहरी भर्ना गरिने भएको छ । निर्वाचन सुरक्षालाई सुदृढ बनाउन ‘नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपाल कार्यविधि २०८२’ अनुसार निर्वाचन प्रहरी (म्यादी) भर्नाको तयारी गरिएको हो । नेपाल प्रहरीले एक सूचना जारी गर्दै इच्छुक नेपाली नागरिकहरूले पुस २५ देखि माघ १ गतेसम्म आवेदन दिनसकिने जनाएको छ । सुरक्षा...
उदयपुर–चौदण्डीगढी पदयात्रा सुरु

उदयपुर–चौदण्डीगढी पदयात्रा सुरु

धनकुटा । नेपाली सेनाले ऐतिहासिक उदयपुर-चौदण्डीगढी पदयात्रा सुरु गरेको छ । ३०४ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सेनाले बुधबारबाट पदयात्रा सुरु गरेको हो । पूर्वजहरूबाट प्रदर्शित अदम्य साहस, त्याग र बलिदानको उच्च कदर र सम्मान स्वरुप पदयात्रा सुरु भएको हो । ऐतिहासिक कोट, गढी, युद्धस्थल, किल्ला र पदमार्गहरूको पहिचान तथा संरक्षण गर्दै युवा पुस्तामाझ देश भक्तिको भावना जागृत र पर्यटन प...
ऊर्जामन्त्री कुलमान घिसिङले दिए राजिनामा

ऊर्जामन्त्री कुलमान घिसिङले दिए राजिनामा

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले राजिनामा दिएका छन् । उनले मन्त्रालयमा आज राति पत्रकार सम्मेलन गर्दै राजीनामा दिएका हुन् । जेनजी आन्दोलनको पछि बनेको अन्तरिम सरकारमा घिसिङ भदौ ३० गते मन्त्री नियुक्त भएका थिए । प्रधानमन्त्री सुशीला कार्कीले घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको जिम्मेवारी दिएकी थिइन् ।
कोशीका नवनियुक्त मन्त्री पराजुलीले जेनजी आन्दोलनका घाइते ढकाललाई भेटे

कोशीका नवनियुक्त मन्त्री पराजुलीले जेनजी आन्दोलनका घाइते ढकाललाई भेटे

विराटनगर । कोशी प्रदेशका नवनियुक्त पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुलीले जेनजी आन्दोलनका घाइते सान्तनु ढकाललाई भेटेका छन् । मोरङको बुढीगंगा-७ बरमनीया स्थित उनकै निवासमा पुगेर मन्त्री पराजुलीले स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । उनले ढकालका आफन्त र परिवारसँग भेट गरेर आवश्यक सहयोग गर्ने आश्वासन दिएका छन् । पराजुली मंगलबार कोशी प्रदेश सरकारको मन्त्रीमा नियुक्त भएका हुन् । जेनजी आन्...
error: Content is protected !!