
विराटनगर । विराटनगरको किड्स भिलेज स्कुलले आफ्नो १२ औं वार्षिकोत्सव मनाएको छ । शनिबार हाटखोलास्थित आरोहण गुरुकुलमा एक कार्यक्रमको आयोजना गरेर किड्स भिलेजले वार्षिकोत्सव मनाएको हो ।
दुई चरणमा भएको कार्यक्रमको कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुलीले उद्घाटन गरेका थिए । पहिलो चरणमा प्ले ग्रुपदेखि यु केजीसम्मका बालबालिकाहरूले गीत, नृत्य तथा नाटक प्रस्तुत गरेका थिए ।

यस्तै दोस्रो चरण अन्तरगत कक्षा १ देखि ६ सम्मका विद्यार्थीहरूले आ-आफ्ना प्रतिभाहरू प्रस्फुटन गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मन्त्री पराजुलीले विद्यार्थीहरूलाई संस्कारसहितको गुणस्तरीय शिक्षा दिनुपर्नेमा जोड दिए ।

विद्यालयका प्रिन्सिपल विजय दाहालले विद्यालयले स्थापनाकालदेखि नै गुणस्तरीय शिक्षालाई प्राथमिकता दिँदै आएको बताए । उनले यस्ता कार्यक्रमले विद्यार्थीहरूमा लुकेर रहेका प्रतिभा उजागर गर्न सहयोग पुग्ने बताए ।

संगालोखबर 













