
धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका-७ स्थित छिनाम चोकमा महिला तथा पुरुष खुल्ला भलिबल प्रतियोगिता हुने भएको छ । माघे संक्रान्तिको अवसरमा जलदेवी नव छिनाम चोक युवा क्लबको आयोजनामा छैटौँ खुल्ला भलिबल प्रतियोगिता हुन लागेको हो ।
माघ १ देखि ३ गतेसम्म प्रतियोगिता सञ्चालन हुने क्लबका अध्यक्ष दिनेश राईले जानकारी दिए । छिन्ताङ देवी ढाङढुङ्गे मन्दिरको प्रचार-प्रसार तथा पर्यटन प्रवर्द्धनका लागि प्रतियोगिता आयोजना गरिएको उनले बताए ।

पुरुषतर्फ प्रतियोगिताको विजेता टोलीले नगद ३० हजार र उपविजेता टोलीले नगर १५ हजार रुपैयाँ पुरस्कार पाउने क्लबका उपाध्यक्ष मनोज राईले बताए । यस्तै महिलातर्फ विजेता टोलीले नगद २० हजार तथा उपविजेता टोलीले नगद १० हजार पुरस्कार पाउने उनले जानकारी दिए ।
यसैगरी विभिन्न सांस्कृतिक कार्यक्रमसँगै हाउजी तम्बोला पनि आयोजना गरिएको उपाध्यक्ष राईको भनाइ छ ।

संगालोखबर 
















