संगालोखबर


विराटनगर । आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदैछ । पृथ्वीनारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा देशभर विभिन्न कार्यक्रम आयोजना गरिएका छन् ।

सरकारले आज सार्वजनिक बिदा दिएको छ । १७७९ सालमा जन्मिएका शाहको आज ३ सय ४ औँ जन्मजयन्ती हो । उनले आधुनिक नेपालको एकीकरणमा र्पुयाएको योगदानको स्मरण गर्दै प्रमुख प्रशासनिक भवन सिंहदरबार पश्चिम ढोका अगाडिको पृथ्वीनारायणको सालिकमा पुष्पमाला अर्पण गरी सम्मान व्यक्त गरिन्छ ।

Advertisement

शाहको जन्मस्थान गोरखामा हरेक वर्ष यो दिवस विशेष कार्यक्रम गरी मनाउने गरिन्छ । नेपाली सेनाले पनि पृथ्वी जयन्तीका अवसरमा हरेक वर्ष सैनिक मुख्यालय भवन जङ्गीअड्डामा पूर्णकदको सालिकमा माल्यार्पण गरी सम्मान प्रकट गर्दै आएको छ ।

शाहको १८३१ सालमा ५२ वर्षको उमेर निधन भएको थियो । शाहले आफ्नो शासनकालमा दिएका ‘घुस लिने र दिने दुवै राष्ट्रका शत्रु हुन’ भन्नेलगायतका दिव्योपदेश आज पनि त्यत्तिकै सान्दर्भिक छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!