
धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका-५ स्थित लेगुवा बजारमा छड्के अनुगमन गरिएको छ । बिहीबार लेगुवाका एक दर्जन किराना तथा खुद्रा पसलको अनुगमन गरि म्याद गुज्रिएका अखाद्य बस्तु जफत गरी नष्ट गरिएको हो ।
अनुगमनका क्रममा किराना तथा खुद्रा पसलहरूबाट २२ हजार ८ सय ९० रुपैयाँ मूल्य बराबरको म्याद गुज्रिएका अखाद्य बस्तु जफत गरि नष्ट गरिएको छ ।
म्याद गुज्रिएका खाद्यान्न तथा पेय पदार्थ नष्ट गरिनुका साथै मूल्यसूची, बिल नराखिएका र दर्ता नभएका पसलहरूलाई प्रक्रिया पूरा गर्न निर्देशन दिइएको घरेलु तथा साना उद्योग कार्यालयका कर्मचारी दिवस खड्काले बताए ।
म्याद गुज्रिएका खाद्यवस्तु भेटिएका पसलहरूलाई आगामी दिनमा पुनः यस्तो गल्ति नदोहोर्याउन अनुगमन टोलीले चेतावनी समेत दिएको छ ।
जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय र स्थानीय जनप्रतिनिधिको उपस्थितिमा बजार अनुगमन गरिएको हो ।

सन्तोष सुवेदी/संगालोखबर 
















