संगालोखबर


काठमाडौं । नेपाली काँग्रेसको विशेष महाधिवेशन सुरु भएको छ । काठमाडौंको भृकुटीमण्डपमा केहीबेरअघि महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष अधिवेशनको उद्‌घाटन गरेका छन् ।

लामो समयदेखि पार्टीभित्र देखिँदै आएको सांगठनिक, विधानगत र राजनीतिक विषयमा निर्णय लिनुपर्ने आवश्यकता औँल्याउँदै बोलाइएको विशेष महाधिवेशनलाई काँग्रेसको आन्तरिक राजनीतिक जीवनमा महत्वपूर्ण घटनाका रूपमा हेरिएको छ ।

Advertisement

विशेष महाधिवेशनमा पार्टीका शीर्ष नेताहरूलाई औपचारिक प्रतिनिधिभन्दा पनि अतिथिका रूपमा सहभागी गराइएको छ । आयोजक पक्षले विशेष महाधिवेशन समितिमा बहुमत सदस्यहरूको सहभागिता सुनिश्चित भएको दाबी गरेको छ ।

विशेष महाधिवेशनको उद्‌घाटन सत्रमा पार्टीको वर्तमान अवस्था, संगठन सुदृढीकरण, विधान संशोधन तथा समसामयिक राजनीतिक चुनौतीबारे गम्भीर छलफल आवश्यक रहेको धारणा व्यक्त गरिएको छ ।

विशेष महाधिवेशनका क्रममा पारित हुने निर्णयहरूले नेपाली काँग्रेसको आगामी दिशासँगै समग्र राष्ट्रिय राजनीतिमा पनि प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!