
विराटनगर । विराटनगर-१७ बाट स्रोत नखुलेको तीन लाख तीन हजार एक सय नेपाली रुपैयाँसहित भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बिहारको अररियास्थित फारबिसगन्जका ५५ वर्षीय नन्दलाल बाहेती छन् ।
आज बिहान ११ः४५ बजे जोगवनीबाट बीआर ३८ एए ८३०६ नम्बरको स्कुटरमा विराटनगरतर्फ आउँदै गर्दा उनलाई चेकजाँच गर्दा उक्त रकम बरामद भएको प्रहरीले जनाएको छ । सो रकमको श्रोत खुलाउन नसकेपछि उनलाई पक्राउ गरिएको मोरङका प्रहरी प्रवक्ता डीएसपी कोपिला चुडालले जानकारी दिइन् ।
उनको साथबाट १ हजार दरका ३ सय वटा, ५ सय दरका ४ वटा र १ सय दरका ११ वटा नोट फेला परेको प्रहरीले जनाएको छ । उनलाई इलाका प्रहरी कार्यालय रानीमा राखेर अनुसन्धान सुरु गरिएको छ ।

संगालोखबर 
















