विराटनगरको एस्पायर कलेजमा अन्तर्राष्ट्रिय एडटेक बुटक्याम्प

विराटनगरको एस्पायर कलेजमा अन्तर्राष्ट्रिय एडटेक बुटक्याम्प

विराटनगर । विराटनगरको एस्पायर कलेजले ६ हप्ते अन्तर्राष्ट्रिय एडटेक बुटक्याम्प तथा दुई दिने ह्याकाथन सम्पन्न गरेको छ । शिवम् अर्गनाइजेसनको आर्थिक सहयोग र दक्षिण कोरियाको छन्जे एजुकेशनको प्राविधिक सहयोग तथा सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो । समापन समारोहमा उत्कृष्ट आइडिया पिचिङ गरि प्रथम स्थान हाँसिल गर्ने प्रनिशा पौडेल, ग्रेशा बोगटी र सरिता मगरको समूहलाई ५० हजार नगद पुरस्कार प्रदान गरिएक...
विराटनगरको मार्टस मेमोरियलको भजन प्रतियोगितामा पारिजात समूह विजेता

विराटनगरको मार्टस मेमोरियलको भजन प्रतियोगितामा पारिजात समूह विजेता

विराटनगर । विराटनगर-१० स्थित मार्टस मेमोरियल स्कुलले सरस्वती पूजाको अवसरमा आयोजना गरिएको अन्तर भजनकीर्तन प्रतियोगितामा पारिजात भजन समूह प्रथम भएको छ । १६ वटा समूहलाई पछि पार्दै पारिजातले उपाधिसहित नगद २० हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गरेको हो । प्रतियोगितामा उदयतारा भजन मण्डली द्वितीय हुँदै नगद १५ हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गर्यो । यस्तै निर्मल टोल भजन समूह तृतीय हुँदै नगद १० हजार र ...
धनकुटामा निर्वाचन प्रहरी भर्नाका लागि पुनः म्याद थपियो

धनकुटामा निर्वाचन प्रहरी भर्नाका लागि पुनः म्याद थपियो

धनकुटा । धनकुटामा निर्वाचन प्रहरी भर्नाका लागि पुनः म्याद थप गरिएको छ । छनौट तथा नियुक्ति समितिले निर्वाचन प्रहरी भर्नाका लागि दोस्रो पटक म्याद थपेको हो । धनकुटाका प्रहरी प्रमुख एसपी शरत कुमार थापा क्षेत्रीले निर्वाचन प्रहरी भर्नाका लागि माघ ११ गतेसम्म आवेदन दिन सकिने बताए । यसभन्दा अघि माघ ३ गतेसम्म समय थपिएको थियो । निर्वाचन प्रहरीमा भर्ना हुनका लागि जिल्ला प्रहरी कार्यालय धनकुटा, सशस्त्र प्...
विराटनगरको एभरेष्ट स्कुलमा वैदिक विधिद्वारा सरस्वती पूजा

विराटनगरको एभरेष्ट स्कुलमा वैदिक विधिद्वारा सरस्वती पूजा

विराटनगर । विराटनगर-५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलमा आज धुमधामका साथ वैदिक विधिद्वारा सरस्वती पूजा गरिएको छ । मन्टेश्वरी, सेकेन्डरी र कलेजमा छुट्टाछुट्टै मूर्ति स्थापना गरि सरस्वतीको पूजा गरिएको हो । हाम्रा धर्म र संस्कृति सबैको साझा सम्पत्ति रहेको उल्लेख गर्दै विद्यालयका प्राचार्य टिकाराम पुरीले विद्यादातृ सरस्वतीको पूजा आराधना गर्दा विद्यार्थीहरूमा पनि छुट्टै उर्जा मिल्ने बताए । यस्ता पर्वह...
प्रतिनिधि सभा निर्वाचन : धनकुटामा २५ वर्षीय शालिकराम चुनावी मैदानमा

प्रतिनिधि सभा निर्वाचन : धनकुटामा २५ वर्षीय शालिकराम चुनावी मैदानमा

धनकुटा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि धनकुटाबाट एक जना जेनजी उम्मेदवार चुनावी मैदानमा छन् । राष्ट्रिय परिवर्तन पार्टीका २५ वर्षीय शालिकराम राई जेनजी उमेर समूहका उम्मेदवार हुन् । अन्य उम्मेदवार ३० देखि ६५ वर्षसम्मका छन् । जसमध्ये नेपाली कम्युनिष्ट पार्टीका धर्मराज पौडेल ६५ वर्षका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका विभत्सु थापा ३०, मंगोल नेशनल अर्गनाइजेशनका सागर राई र स्...
धनकुटाका स्वतन्त्र उम्मेदवारको चुनाव चिन्ह जिप, आँप र ढिकी 

धनकुटाका स्वतन्त्र उम्मेदवारको चुनाव चिन्ह जिप, आँप र ढिकी 

धनकुटा । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि धनकुटाबाट स्वतन्त्र उम्मेदवारी दिएका उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज तालिका बमोजिम स्वतन्त्र उमेदवारलाई चुनाव चिन्ह प्रदान गरेको हो । धनकुटाबाट प्रतिनिधिसभा निर्वाचनका लागि ४ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । जसमध्ये  गंगाराम गोम्देनले उम्मेदवारी फिर्ता लिएका छन् । बाँकी तीन जना स्वतन्त्र उम्मेदवा...
मोरङमा ६ जनाले लिए उम्मेदवारी फिर्ता

मोरङमा ६ जनाले लिए उम्मेदवारी फिर्ता

विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मोरङमा ६ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । मोरङमा मनोनयन दर्ता गराएका १ सय १८ जनामध्ये ६ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् । उम्मेदवारी फिर्ता लिनेमा २ जना राजनीतिक दलका र ४ जना स्वतन्त्र उम्मेदवार रहेका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मोरङको क्षेत्र नम्बर १ बाट जनता समाजवादी पार्टी (जसपा) नेपालका दुर्गाप्र...
विराटनगर क्रिकेट लिगमा लायनको पहिलो जित

विराटनगर क्रिकेट लिगमा लायनको पहिलो जित

विराटनगर । नेपाल क्रिकेट फाउण्डेसनको आयोजनामा जारी विराटनगर क्रिकेट लिगमा लायन क्रिकेट एकेडेमीले पहिलो जित निकालेको छ । विराटनगरको मेलीवोन ज्वाला क्रिकेट मैदानमा भएको समूह ‘बी’ को अन्तिम खेलमा लायनले पहिलो जित निकालेको हो । आज भएको खेलमा डाइनामिक क्रिकेट एकेडेमीलाई लायनले ७ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङको गरेको डाइनामिकले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय २१ रनको योगफल तयार पारे...
रंगेलीको त्रिभुवन माविका १ सय १ विद्यार्थी पुरस्कृत

रंगेलीको त्रिभुवन माविका १ सय १ विद्यार्थी पुरस्कृत

विराटनगर  ।  मोरङको रंगेलीस्थित त्रिभुवन माध्यमिक विद्यालय गोहीगाडाका १ सय १ जना विद्यार्थी पुरस्कृत भएका छन् । विद्यालय सप्ताह अन्तरगत विभिन्न प्रतियोगितामा विजेता हुने विद्यार्थीलाई विद्यालयले सरस्वती पूजाको अवसरमा पुरस्कृत गरेको हो । उनीहरूलाई विद्यालयका प्रधानाध्यापक केशरबहादुर बानियाँ, सहायक प्रधानाध्यापक टंकबहादुर खत्री, खेल शिक्षक विजय प्रभात खवास लगायतले  प्रमाणपत्र र मेडलसहित पुरस्कार ...
प्रतिनिधि सभा निर्वाचन : देशभरबाट ४९ जनाले फिर्ता लिए उम्मेदवारी

प्रतिनिधि सभा निर्वाचन : देशभरबाट ४९ जनाले फिर्ता लिए उम्मेदवारी

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार बनेका ४९ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । निर्वाचन आयोगका अनुसार देशभर ३ हजार ४ सय ८७ उम्मेदवारले मनोनयन गराएका थिए । सो मध्येबाट ४९ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् । यस्तै ५ जनाविरुद्ध दाबी विरोध परेको थियो । जसमा १ जनाको मात्रै खारेज भएको र अन्य ४ जनाको यथावत रहेको आयोगले जनाएको छ ।
धनकुटाको सरस्वती मन्दिरमा भक्तजनको भीड (फोटो फिचर)

धनकुटाको सरस्वती मन्दिरमा भक्तजनको भीड (फोटो फिचर)

धनकुटा । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीको दिन मनाइने श्रीपञ्चमी पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजाआराधना गरी मनाइँदै छ । धनकुटाको सल्लेरी वनमा रहेको सरस्वती मन्दिर तथा विद्यालयहरूमा आज बिहानैदेखि श्रद्धालु भक्तजनको घुँइचो लागेको छ । धनकुटा बहुमुखी क्याम्पस लगायतका विद्यालयमा सरस्वतीको पूजाका लागि शिक्षक, विद्यार्थी, कर्मचारी साथै स्थानीयहरूको उपस्थित रहेको छ । आजको दिन सरस्वतीको ...
विराटनगरको बरगाछीमा मर्मतपछि ट्राफिक लाइट सञ्चालन, अन्य स्थानको टुङ्गो छैन

विराटनगरको बरगाछीमा मर्मतपछि ट्राफिक लाइट सञ्चालन, अन्य स्थानको टुङ्गो छैन

विराटनगर । जेनजी आन्दोलनमा भएको तोडफोडका कारण क्षति पुगेको विराटनगरस्थित बरगाछीको ट्राफिक लाइट मर्मतपछि सञ्चालनमा आएको छ । दुर्घटनाको उच्च जोखिम रहेको बरगाछीमा बिहीबारबाट ट्राफिक लाइट सञ्चालनमा ल्याइएको हो । ट्राफिक लाइट सञ्चालनमा आएसँगै सवारी आवागमनमा सहज भएको मोरङका ट्राफिक प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेले जानकारी दिए । ‘ट्राफिक लाइटमा क्षति पुग्दा सवारी आवागमन अस्तव्यस्त बनेको थियो’, न्य...
सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलामा ३ लाख १ हजार ४ सय कायम

सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलामा ३ लाख १ हजार ४ सय कायम

विराटनगर । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज प्रतितोला नौ हजार दुई सय रुपैयाँ बढेर सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको हो । महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला तीन लाख एक हजार चार सय रुपैयाँ कायम भएको छ । बिहीबार सुन प्रतितोला दुई लाख ९२ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्यमा पनि आज नयाँ रेकर्ड कायम भएक...
प्रतिनिधि सभा निर्वाचन : आज उम्मेदवारहरूले चुनाव चिह्न पाउने

प्रतिनिधि सभा निर्वाचन : आज उम्मेदवारहरूले चुनाव चिह्न पाउने

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत आज उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिँदैछ । निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्न लागिएको हो । त्यसपछि निर्वाचनको औपचारिक प्रचार-प्रसार सुरु हुने छ । मतदान आउन अब ४१ दिन बाँकी छ । आयोगका अनुसार प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारले आज बिहान १० बजेदेखि ...
आज श्रीपञ्चमी, सरस्वतीको पूजा गरेर मनाइँदै

आज श्रीपञ्चमी, सरस्वतीको पूजा गरेर मनाइँदै

विराटनगर । माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी अर्थात वसन्त पञ्चमी पर्व आज श्रद्धा र भक्‍तिपूर्वक मनाइँदैछ । विद्याकी देवी सरस्वतीको विधिपूर्वक पूजाआराधना गरि सरस्वती मन्दिरहरूमा भक्तजनको भीड लागेको छ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या र बुद्धि वृद्धि हुने विश्वास छ । आजकै दिन विद्यालय नपठाइएका साना बालबालिकालाई अक्षरारम्भ गराउने तथा लेखपढ सिकाउने परम्परा छ । यस दिन पढाइ शुरु ग...
माघ १० बाट हिसान मोरङ स्पोर्ट्स मिट, ३२ हजार विद्यार्थी सहभागि हुने

माघ १० बाट हिसान मोरङ स्पोर्ट्स मिट, ३२ हजार विद्यार्थी सहभागि हुने

विराटनगर । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङको आयोजनामा माघ १० गतेदेखि ‘हिसान मोरङ स्पोर्ट्स मिट’ सुरु हुने भएको छ । आयोजकले आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै माघ १७ गतेसम्म सञ्चालन हुने स्पोर्ट्स मिटमा करिब ३२ हजार विद्यार्थी सहभागि हुने जनाएको हो । ‘शिक्षा र खेलकुद बलियो संयन्त्र’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको स्पोर्ट्स मिटमा मोरङ जिल्लाभरका संस्थागत विद्या...
उदयपुरबाट १४३ किलो गाँजा बरामद, दुई नाबालकसहित तीन जना पक्राउ

उदयपुरबाट १४३ किलो गाँजा बरामद, दुई नाबालकसहित तीन जना पक्राउ

उदयपुर । उदयपुरको बेलका नगरपालिका-७ कान्चिराङ क्षेत्रबाट प्रहरीले गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलका नगरपालिका-७ खमारेका २१ वर्षीय उमेश राई छन् । अन्य २ जना नाबालक रहेका प्रहरीले जनाएको छ । उदयपुरका प्रहरी प्रवक्ता डीएसपी केदारमान दोङका अनुसार १४३ किलो गाँजा बरामद भएको छ । विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई बुधबार करिब ८ः४० बजे पक्राउ गरेको हो । बोरामा ...
झापामा नेता पुरीको घर अवलोकन गर्दै ओलीले भने– विध्वंस मच्चाउनेहरू कारबाहीको दायरामा आउँछन्

झापामा नेता पुरीको घर अवलोकन गर्दै ओलीले भने– विध्वंस मच्चाउनेहरू कारबाहीको दायरामा आउँछन्

झापा । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अराजकताको आयु लामो नहुने भन्दै आपराधिक कृयाकलापमा संलग्नहरू कारबाहीको दायरा आउने बताएका छन् । आज झापाको दमक-८ स्थित नेपाली कम्युनिष्ट पार्टी (तत्कालीन माओवादी) का नेता गगन पुरीको आगजनी गरिएको घर अवलोकनका क्रममा ओलीले यस्तो बताएका हुन् । उनले यस प्रकारको विध्वंस मच्चाउनेहरू कानुनी दायरामा आउने उल्लेख गरे । ‘सधैँ अराजकता कहाँ ट...
प्रतिनिधि सभा निर्वाचन : धनकुटाका उम्मेदवारविरुद्ध परेनन् उजुरी

प्रतिनिधि सभा निर्वाचन : धनकुटाका उम्मेदवारविरुद्ध परेनन् उजुरी

धनकुटा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराएका धनकुटाका उम्मेदवारमाथि कुनै पनि उजुरी नपरेको पाइएको छ । धनकुटामा राजनीतिक दलका १४ र चार स्वतन्त्र गरी १८ जनाको उम्मेदवारी दर्ता भएकोमा कसैमाथि पनि उजुरी नपरेको हो । निर्वाचन आयोगले उम्मेदवारहरू माथि उजुरी गर्नका लागि बुधबार समय निर्धारण गरेको थियो । सो अवधिमा उम्मेदवारमाथि कसैले पनि उजुरी नगरेको निर्वाचन का...
तीन पहिचानवादी नेताहरूले दिए उज्यालो नेपाल पार्टीबाट राजीनामा

तीन पहिचानवादी नेताहरूले दिए उज्यालो नेपाल पार्टीबाट राजीनामा

विराटनगर । उज्यालो नेपाल पार्टीका तीन जना केन्द्रीय सदस्यहरूले राजीनामा दिएका छन् । कुलमान घिसिङ नेतृत्वको पार्टीबाट साधारण सदस्यसमेत नरहनेगरी उनीहरूले राजीनामा दिएका हुन् । पहिचानवादी नेताहरू डकेन्द्रसिंह थेगिम, ज्ञानबहादुर गुरुङ र अमर इजमले संयुक्तरूपमा राजीनामा दिएका हुन् । थेगिम पार्टीको समानुपातिक उम्मेदवार हुन् । पार्टीभित्रको आन्तरिक लोकतन्त्र अत्यन्त कमजोर रहेको, विचार, विधि र प्रक्रिय...
धरानबाट गाँजासहित धनकुटाकी मनमाया पक्राउ, मोटरसाइकल चालकको खोजी हुँदै

धरानबाट गाँजासहित धनकुटाकी मनमाया पक्राउ, मोटरसाइकल चालकको खोजी हुँदै

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका-२ चिनियाँ चोकबाट प्रहरीले गाँजासहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले धनकुटाको चौबिसे गाउँपालिका-७ की ३३ वर्षीया मनमाया लिम्बुलाई पक्राउ गरेको हो । बुधबार दिउँसो चेकजाँचमा खटिएको प्रहरी टोलीलाई देखेपछि प्र १-०२-०४६ प ८९९१ नम्बरको मोटरसाइकल चालक मोटरसाइकल छाडेर भागेका थिए । मोटरसाइकल पछाडि सवार लिम्बुले बोकेको झोला चेकजाँच गर्दा ९ किलो ३ सय ग्राम गाँजा फेल...
कोशीका १४ जिल्लामा एक हजार ९०७ मतदान स्थल, ४३९ अति संवेदनशील

कोशीका १४ जिल्लामा एक हजार ९०७ मतदान स्थल, ४३९ अति संवेदनशील

विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि कोशी प्रदेशका १४ जिल्लामा एक हजार नौ सय सात मतदान स्थल कायम गरिएको छ । ती मतदान स्थलमा चार हजार दुई सय ७० मतदान केन्द्र निर्धारण गरिएको छ । जसमध्ये चार सय ३९ मतदान स्थल अति संवेदनशील रहेका निर्वाचन आयोगले जनाएको छ । मोरङमा सबैभन्दा धेरै तीन सय छ वटा मतदान स्थल छन् । यस्तै झापामा दुई सय ८५, सुनसरीमा एक सय ६५, इलाममा एक सय ५० र खोटा...
सुनको मूल्य २९ सय रुपैयाँ घट्यो, आज कति पुग्यो तोलामा ? 

सुनको मूल्य २९ सय रुपैयाँ घट्यो, आज कति पुग्यो तोलामा ? 

विराटनगर । नेपाली बजारमा आज नयाँ रेकर्डबाट सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजार नौ सय रुपैयाँ घटेको हो । महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ९२ हजार दुई सय रुपैयाँ कायम भएको छ । बुधबार सुन प्रतितोला दुई लाख ९५ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । लगातार नयाँ रेकर्ड बनाइरहेको चाँदीको मूल्य पनि आज घटेको छ । आज चाँदी प्...
इलाम पुगेर घरदैलो कार्यक्रममा व्यस्त बालेन

इलाम पुगेर घरदैलो कार्यक्रममा व्यस्त बालेन

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह इलाम पुगेका छन् । इलाम पुगेर उनी रास्वपा उम्मेदवारको प्रचारमा व्यस्त छन् । उनले इलामका विभिन्न क्षेत्रमा घरदैलो गर्दै पार्टी र उम्मेदवारलाई भोट मागिरहेका छन् । बालेन रास्वपाबाट झापा-५ को उम्मेदवार हुन् । मंगलबार मनोनयन दर्ता गरेका बालेनले बुधबार आफ्नै क्षेत्रका मतदातासँग भेटघाट गरेका थिए । उनले इलामका विभिन्न क्षेत्रमा घरदैलो गर्दै ...
चैत १९ गतेदेखि एसईई परीक्षा, यस्तो छ तालिका

चैत १९ गतेदेखि एसईई परीक्षा, यस्तो छ तालिका

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत १९ देखि २९ सम्म हुने भएको छ । शैक्षिक क्यालेन्डरअनुसार पहिलो साता हुनुपर्ने भए पनि चुनावका कारण परीक्षा धकेलिएको हो । परीक्षा नियन्त्रणको कार्यालयका अनुसार पहिलो दिन अनिवार्य अंग्रेजी, संस्कृततर्फ अनिवार्य संस्कृत रचनाको परीक्षा हुनेछ ।  त्यस्तै यही दिन मदरसातर्फ अनिवार्य अरबिक भाषाको परीक्षा हुनेछ । त्यस्तै दोस्रो दिन अनिवार्य नेपाली र ग...
विराटनगरको एभरेष्ट स्कुलमा साताव्यापी स्पोर्ट्स मिट सम्पन्न

विराटनगरको एभरेष्ट स्कुलमा साताव्यापी स्पोर्ट्स मिट सम्पन्न

विराटनगर । विराटनगर-५ स्थित एभरेष्ट माध्यमिक विद्यालयको साताव्यापी स्पोर्ट्स मिट सम्पन्न भएको छ । कक्षा समूह अन्तरगत भएको स्पोर्ट्स मिट विभिन्न स्पर्धाहरू हुँदै समापन भएको हो । स्पोर्ट्स मिटमा नर्सरीदेखि कक्षा ३, ४ र ५, ६ र ७ तथा ८ र ९ कक्षाका विद्यार्थीहरूले विभिन्न स्पर्धामा सहभागिता जनाएका थिए । विजयी खेलाडी तथा हाउसलाई विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले मेडल प्रदान गरे । उनीहरूलाई विद्या...
विराटनगर क्रिकेट लिग : सिद्धार्थ स्पोर्टिङ क्लब फाइनलमा प्रवेश 

विराटनगर क्रिकेट लिग : सिद्धार्थ स्पोर्टिङ क्लब फाइनलमा प्रवेश 

विराटनगर । नेपाल क्रिकेट फाउण्डेसनको आयोजनामा जारी विराटनगर क्रिकेट लिगमा सिद्धार्थ  स्पोर्टिङ क्लब फाइनलमा प्रवेश गरेको छ । विराटनगरको मेलिवोन ज्वाला क्रिकेट मैदानमा आज भएको खेलमा सिद्धार्थले लायन क्रिकेट एकेडेमीलाई ३० रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । लिगमा लगातार तीन खेलमा जित निकाल्दै सिद्धार्थले फाइनलको यात्रा तय गरेको छ भने लायन २ खेलमै पराजित हुँदै  प्रतियोगिताबाट बाहिरिएको छ ।...
एमाले अध्यक्ष ओलीको आत्मविश्वास : ७० प्रतिशत भोट ल्याएर चुनाव जित्ने दाबी

एमाले अध्यक्ष ओलीको आत्मविश्वास : ७० प्रतिशत भोट ल्याएर चुनाव जित्ने दाबी

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ७० प्रतिशत मत ल्याएर निर्वाचनमा एमालेले बिजय हासिल गर्ने बताएका छन् । आज झापाको कमल गाउँपालिकाका  कार्यकर्ताहरूसँगको भेटमा अध्यक्ष ओलीले यस्तो बताएका हुन् । उनले यहाँको विकास, रूपान्तरण र जनआधारका कारण सिंगो क्षेत्र नै एमालेको पक्षमा एक ढिक्का रहेको उल्लेख गरे । काँग्रेस थिग्रिन नसकेको र पूर्वमाओवादीका धेरै मतदाताहरू पनि एमालेमै भोट हाल्ने मनस्थितिम...
अपडेट : विराटनगरमा बसले ठक्कर दिँदा एयरपोर्ट मोडकी ७५ वर्षीया वृद्धाको मृत्यु

अपडेट : विराटनगरमा बसले ठक्कर दिँदा एयरपोर्ट मोडकी ७५ वर्षीया वृद्धाको मृत्यु

विराटनगर । विराटनगर-४ कोशी लोकमार्गस्थित एयरपोर्ट मोड नजिक बसले ठक्कर दिँदा एक वृद्धाको मृत्यु भएको छ । दुर्घटनामा एयरपोर्ट मोडकी ७५ वर्षीया डम्बरकुमारी नेपालको मृत्यु भएको हो । आज दिउँसो करिब ३ः१५ बजे ढाटतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३-००१ ख ३३९९  नम्बरको बसले बाटो क्रस गर्दै गरेकी वृद्धालाई ठक्कर दिएको थियो । उनलाई तत्काल उद्धार गरेर उपचारका लागि कोशी अस्पताल लगिएकोमा ३ः३० बजे चिकित्सकले ...
अमेरिकाले पुनः ८० नेपालीलाई गर्यो डिपोर्ट

अमेरिकाले पुनः ८० नेपालीलाई गर्यो डिपोर्ट

काठमाडौं । अमेरिकाले पुनः ८० जना नेपाली नागरिकलाई डिपोर्ट गरेको छ । उनीहरूलाई अमेरिकाले मंगलबार चार्टर्ड विमानमार्फत काठमाडौं ल्याएर छाडिदिएको हो । अध्यागमन विभागका अनुसार डिपोर्ट हुनेहरूमा ७९ पुरुष र एक महिला छन् । डिपोर्ट भएकाहरूमा कागजात नभेटिएका, गैरकानुनी रूपमा बसेका र अमेरिकाको अध्यागमन कानुन उल्लंघन गरेकाहरू छन् । डिपोर्ट भएकाहरूलाई मानव बेचबिखन अनुसन्धान ब्युरो पठाइएको थियो । ब्युरोक...
विराटनगरको एयरपोर्ट मोडमा बसको ठक्करबाट एक जनाको मृत्यु

विराटनगरको एयरपोर्ट मोडमा बसको ठक्करबाट एक जनाको मृत्यु

विराटनगर । विराटनगरको एयरपोर्ट मोडमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । अहिले केहीबेरअघि दुर्घटना भएको हो । प्रहरीको टोली घटनास्थलमा पुगेको छ । मृतकको पहिचान खुलेको छैन । थप विवरण आउन बाँकी छ । विराटनगरको एयरपोर्ट मोडमा बसको ठक्करबाट एक जनाको मृत्यु
error: Content is protected !!