सरकारी मोटरसाइकलमा लागूऔषध, धनकुटाबाट कर्मचारी पक्राउ
धनकुटा । धनकुटा नगरपालिका-७ स्थित जीरोप्वाइन्टबाट सरकारी मोटरसाइकलमा सवार एक कर्मचारी लागूऔषधसहित पक्राउ परेका छन् । मंगलबार दिउँसो करिब २ बजे पाख्रीबास नगरपालिकामा कार्यरत कर्मचारी मिगुर शेर्पा लागूऔषधसहित पक्राउ परेका हुन् ।
पाख्रीबास नगरपालिका-४ घर भएका शेर्पा हाल नगरपालिकामा स्थायी कर्मचारी हुन् । उनी एसिस्टेन्ट सब इन्जिनियरका रूपमा पाख्रीबास नगरपालिकामा कार्यरत रहेको खुलेको छ ।
धनकुटाको फ...





























