संगालोखबर


धनकुटा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि धनकुटाबाट एक जना जेनजी उम्मेदवार चुनावी मैदानमा छन् । राष्ट्रिय परिवर्तन पार्टीका २५ वर्षीय शालिकराम राई जेनजी उमेर समूहका उम्मेदवार हुन् ।

अन्य उम्मेदवार ३० देखि ६५ वर्षसम्मका छन् । जसमध्ये नेपाली कम्युनिष्ट पार्टीका धर्मराज पौडेल ६५ वर्षका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका विभत्सु थापा ३०, मंगोल नेशनल अर्गनाइजेशनका सागर राई र स्वतन्त्र उम्मेदवार मनकुमार योञ्जन ३१/३१ वर्षका छन् ।

आम जनता पार्टीका प्रेमबहादुर थापा ३४, जनता समाजवादी पार्टीका निशान राई ३५, स्वतन्त्र उम्मेदवार लाक्पा तामाङ ३६ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका बालकुमार ताम्ली ३७ वर्षका छन् ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश भण्डारी र नेकपा माओवादीका रविन कुमार राई ३७/३७, नेपाल मजदुर किसान पार्टीका उत्तम साखकर्मी ४०, नेपाली काँग्रेसका दिनेश राई ४५ र श्रम संस्कृति पार्टीका सानबहादुर राई ४६ वर्षका छन् ।

जनता समाजवादी पार्टी नेपालका आइतराज लिम्बू ५०, स्वतन्त्र उम्मेदवार जितेन्द्र राई ५४, नेकपा एमालेका राजेन्द्र राई ५९ वर्षका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!