संगालोखबर


विराटनगर । नेपाल क्रिकेट फाउण्डेसनको आयोजनामा जारी विराटनगर क्रिकेट लिगमा लायन क्रिकेट एकेडेमीले पहिलो जित निकालेको छ । विराटनगरको मेलीवोन ज्वाला क्रिकेट मैदानमा भएको समूह ‘बी’ को अन्तिम खेलमा लायनले पहिलो जित निकालेको हो ।

आज भएको खेलमा डाइनामिक क्रिकेट एकेडेमीलाई लायनले ७ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङको गरेको डाइनामिकले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय २१ रनको योगफल तयार पारेको थियो ।

डाइनामिकका लागि सागर मोचीले ३५ रन जोड्दा रितेश माझीले ३०, विवेक झाले २४ र रोशन कामतले १२ रन जोडे । लायनका सुवास मण्डल, सन्दिप ढकाल, गौरभ कटवाल र यथार्थ बचन यादवले १-१ विकेट लिए ।

जवाफमा १ सय २२ रनको लक्ष्य पाएको लायनले १५ दशमलव ३ बलमा ३ विकेट गुमाई  सो लक्ष्य पार गरेको थियो । लायनका निरज ठाकुरले ४२ रन जोड्दा सकिव हकले ३१ रन र रुद्रप्रताप साहले अविजित १२ रनको योगदान दिए ।

डाइनामिकका  सुवास राय र एसएस झाले १-१ विकेट लिए ।  खेलको प्लेयर अफ द म्याच लायनका सकिव हक घोषित भए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!