इनरुवामा बाबु छोराको दोहोरो नागरिकता, छोरा पक्राउ

इनरुवामा बाबु छोराको दोहोरो नागरिकता, छोरा पक्राउ

विराटनगर । किर्ते गरि झुटा विवरण पेश गरि नागरिकता लिएको आरोपमा सुनसरी प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । इनरूवा नगरपालिका १ का ५२ वर्षिय रमेश कुमार शर्मालाई प्रहरीले आइतबार नियन्त्रणमा लिएको हो । शर्माले झुटा विवरण पेश गरि नागरिकता लिएको उजुरी परेपछि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी नरेन्द्र कुमार कार्कीले जानकारी दिए । अहिले सोधपुछ भइरहेको उनले बताए । पक्...
कामचोर प्रशासकलाई अंकुश : निजी इस्टिच्युटमा पढाउन बन्देज

कामचोर प्रशासकलाई अंकुश : निजी इस्टिच्युटमा पढाउन बन्देज

काठमाडौं । सरकारले प्रशासकहरूलाई सरकारी काम छलेर विभिन्न निजी इस्टिच्युटमा पढाउन पूर्ण रूपमा रोक लगाएको छ । विभिन्न मन्त्रालय र निकायमा कार्यरत सहसचिव तथा केही सचिवसमेत विभिन्न निजी इन्स्टिच्युटमा गएर प्रशिक्षण दिने र पढाउनेकार्यमा सरिक हुँदा सेवाप्रवाह कमजोर बनेको तथा नीति निर्माण कार्यमा समेत समस्या सिर्जना हुन पुगेको ठहर गर्दै सरकारले सहसचिव र सचिवलाई थप जिम्मेवार बनाउन त्यस्तो निर्णय गरेको ह...
२०७७ मंसिर ८ गते सोमबार/आजको राशिफल

२०७७ मंसिर ८ गते सोमबार/आजको राशिफल

बि.सं.२०७७ साल मंसिर ८ गते सोमबार ई. सं. २०२० नोभेम्वर २३ नेपाल सम्बत ११४१ कछलाथ्व नवमी, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, कार्तिक शुक्ल नवमी, चन्द्रमा कुम्भ राशिमा, शतभिषा नक्षत्र, हर्षण योग, बालव करण । नेपालमा सूर्योदय बिहान ०६ः३१ बजे, सूर्यास्त साँझ ५ः१० बजे हुनेछ । आज जन्म लिने बच्चाको कुम्भ राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरिर ऐनामा हे...
झापामा श्रीमानद्वारा श्रीमतीको हत्या, अर्का युवामाथि पनि खुकुरी प्रहार

झापामा श्रीमानद्वारा श्रीमतीको हत्या, अर्का युवामाथि पनि खुकुरी प्रहार

झापा । झापाको दमक नगरपालिका–१ की टिकामायाँ भण्डारी पौडेलको आईतबार साँझ हत्या भएको छ । हत्या आरोपमा प्रहरीले उनका श्रीमान ४७ बर्षीय चुडामणी भण्डारीलाई पक्राउ गरेको छ । धान भित्र्याउँन कमल गाउँपालिका–६ स्थित खेतमा गएका बेला आईतबार साँझ करिब ५ बजे चुडामणीले खुकुरी प्रहार गर्दा ३७ बर्षीया टिकामायाँको मृत्यु भएको प्रहरीले जनाएको छ । चुडामणीले श्रीमतीसँगै अर्का युवा प्रकाशचन्द्र दाहालमाथि पनि खुकुरी ...
नर्वेको भिसा त्यागेर ड्रागन खेतीमा

नर्वेको भिसा त्यागेर ड्रागन खेतीमा

बेलबारी । मोरङको बेलबारी–८ का तारा सापकोटा बैदेशिक रोजगारीका लागि नर्वे जाने तयारीमा थिए । उनको भिसा लागिसकेको थियो । एजेन्टले १३ लाख रुपैयाँ ठीक पारेर आउन भनेकाले सापकोटाले ऋण खोजेर पैसा तयार पनि गरे । तर, अन्ततः उनको ध्यान मोडियो । बिदेश जान तयारी भएका सापकोटा अहिले आफ्नै ठाउँमा ड्रागन खेतिमा जमेका छन् । नगरपालिकाले कृषिलाई पहिलो प्राथमिकता दिएर बजेट सार्वजनिक गरेपछि गाउँमै केही गर्न सकिने आश...
प्रदेश १ मा थपिए १९५ कोरोना संक्रमित, ३११ डिस्चार्ज

प्रदेश १ मा थपिए १९५ कोरोना संक्रमित, ३११ डिस्चार्ज

विराटनगर । प्रदेश १ मा आईतबार १९५ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ७३, सुनसरीमा ५३, झापामा ५०, संखुवासभा र इलाममा ६/६, खोटाङमा ३, उदयपुरमा २, धनकुटा र पाँचथरमा १/१ जना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयलका अनुसार मोरङको विराटनगरमा ३४, सुन्दरहरैंचामा १३, रंगेलीमा ६, पथरी शनिश्चरेमा ५, सुनबर्षी र मिक्लाजुङमा ३/३, बुढीगंगा र उर्लाबारीमा २/२, लेटाङ, रतुवामाई, काने...
कविता: सम्बन्धहरुको समापन

कविता: सम्बन्धहरुको समापन

फ्रिजमा राखेर चिसिएका समानहरु झै अनायासै किन चिसिए आज हाम्रा समबन्धहरु ! मैले सोचे थे प्यारको आग बालेर उपहारमा तिमिलाई सुगन्धित रागहरु दिउला तर अफसोच, समयको बतास, आँधी भएर आयो र निभायो हाम्रा सम्बन्धहरु सेलाएको चिसो पानी झै अनि बनायो खरानी हाम्रा सम्बन्धहरुलाई फ्रिजमा राखेर चिसिएका समानहरु झै गरेर अनायासै आज चिसिए हाम्रा सम्बन्धहरु ! पहिला पहिला कति धेरै तात्तिएका थिए ...
बिराटनगरबाट छालाको पेटीसहित महिला पक्राउ, नियन्त्रणमा लिन प्रहरीद्वारा हवाई फायर

बिराटनगरबाट छालाको पेटीसहित महिला पक्राउ, नियन्त्रणमा लिन प्रहरीद्वारा हवाई फायर

मोरङ । बिराटनगर महानगरपालिका–१७ मटेरुवाबाट १०८ थान छालाको पेटीसहित आईतबार बिहान एक महिला पक्राउ परेकी छन् । तस्करीमा संलग्न भएको आरोपमा प्रहरीले बिहान करिब ४ बजे अरबिना खातुनलाई पक्राउ गरेको हो । भारतीय बजारबाट अबैध रुपमा समान भित्र्याउँदै गरेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले खातुनलाई नियन्त्रणमा लिएको हो । अन्य मानिसहरुसमेत रहेको सो स्थानमा सामान नियन्त्रणमा...
उर्लाबारीबाट हतियारसहित विप्लव समुहका सेक्सन कमाण्डर पक्राउ

उर्लाबारीबाट हतियारसहित विप्लव समुहका सेक्सन कमाण्डर पक्राउ

मोरङ । नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पाटीका सेक्सन कमाण्डर पेम्बा साङ्गे शेर्पा मोरङको उर्लावारी नगरपालिका–६ बाट हातहतियार र गोली गठ्ठासहित पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय उर्लावारीबाट खटिएको प्रहरी टोलीले ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२ का ३२ बर्षीय शेर्पालाई पक्राउ गरेको हो । सो स्थानमा केही ब्यक्तिहरु हातहतियारसहित बस्दै आएको सूचनाका आधारमा शनिवार दिउँसो १ बज...
लैङ्गिक हिंसाविरुद्ध देशका १० स्थानमा असल अभ्यास कार्यक्रम

लैङ्गिक हिंसाविरुद्ध देशका १० स्थानमा असल अभ्यास कार्यक्रम

काठमाडौं । ‘लैङ्गिक हिंसाका मुद्दामा मौनताको संस्कृतिलाई तोडौँ’ भन्ने नाराका साथ लैङ्गिक हिंसाविरुद्ध देशका १० स्थानमा असल अभ्यास कार्यक्रम शुरु भएको छ । ‘लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धता, व्यक्ति, समाज र हामी सबैको ऐक्यबद्धता’ नाराका साथ नोभेम्बरभर मन्त्रालयको नेतृत्वमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेको छ । गत चैतमा नेपालमा कोरोना महामारी शुरु भएपछि ७० प्रतिशत महिलाले रोजगारी गु...
अझै रोकिएन बालश्रम

अझै रोकिएन बालश्रम

काठमाडौं । बालबालिकालाई थोरै तलब र बढी समयसम्म काममा लगाउन सहज हुने कारण बालश्रमको प्रयोग भइरहेको पाइएको छ । बालश्रमप्रति अझै पनि समाजमा चेतना नपुगेको तथा बालश्रमलाई सामाजिक रूपमा स्वीकार गरिएको, बालबालिकाका लागि सहयोगको कार्यक्रमको अभावलगायतका कारणले कतिपय क्षेत्रमा बालश्रम व्याप्त रहेको देखिएको छ । दशकौँदेखि नेपालमा बालश्रमविरुद्ध चेतना, जागरण र सहयोगका कार्यक्रम सरकारी र विकासका साझेदार संस्...
बिराटनगर बिमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको बनाउँन १२६ बिघा जग्गा अधिग्रहण गरिने

बिराटनगर बिमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको बनाउँन १२६ बिघा जग्गा अधिग्रहण गरिने

विराटनगर । विराटनगर विमानस्थललाई स्तरोन्नती गरी अन्तर्राष्ट्रिय स्तरको बनाउँन जग्गा अधिग्रहणका लागि सरकारले स्वीकृति दिएको छ । विमानस्थल विस्तारका लागि १२६.४६ बिघा जग्गा अधिग्रहण गर्न सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई स्वीकृति दिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जग्गा अधिग्रहणका लागि प्रस्ताव गरेको थियो । मन्त्रीपरिषद्को कात्तिक २७ गतेको बैठकले जग्गा अधिग्रहण गर्न स...
कुर्सीबाट लड्दा पूर्वगाविस अध्यक्षको मृत्यु

कुर्सीबाट लड्दा पूर्वगाविस अध्यक्षको मृत्यु

दाङ । दाङमा कुर्सीबाट लडेर पूर्वगाविस अध्यक्षको मृत्यु भएको छ । शनिबार साँझ ५ बजेतिर कुर्सीबाट लडेर गम्भीर घाइते भएका तत्कालीन उरहरी गाविस अध्यक्ष रेशमबहादुर भण्डारीको उपचारका क्रममा राति ११ बजेतिर मृत्यु भएको हो । कुर्सीबाट लडेर टाउकोमा गम्भीर चोट लागेका तुलसीपुर उपमहानगरपालिका–११ निवासी ७६ वर्षीय भण्डारीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि भैरहवामा थप उपचार हुँदै गर्दा मृत्...
२०७७ मंसिर ७ गते आईतबार/आजको राशिफल

२०७७ मंसिर ७ गते आईतबार/आजको राशिफल

बि.सं.२०७७ साल मंसिर ७ गते आईतबार ई. सं. २०२० नोभेम्वर २२ नेपाल सम्बत ११४१ कछलाथ्व अष्टमी, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, कार्तिक शुक्ल अष्टमी, चन्द्रमा कुम्भ राशिमा, धनिष्ठा नक्षत्र, व्याघात योग, विष्टि/भद्रा करण । नेपालमा सूर्योदय बिहान ०६ः३१ बजे, सूर्यास्त साँझ ५ः१० बजे हुनेछ । आज जन्म लिने बच्चाको कुम्भ राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घीउ खाएर ...
धनकुटाको सहिदभूमिमा बन्यो २ करोडको स्वास्थ्य चौकी

धनकुटाको सहिदभूमिमा बन्यो २ करोडको स्वास्थ्य चौकी

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका–६ स्थित थलथलेमा ठूलो लागतमा स्वास्थ्य चौकी भवन निर्माण गरिएको छ । सघन सहरी बिकास कार्यालय धनकुटामार्फत २ करोड ३४ लाखको लागतमा आँखिसल्ला स्वास्थ्य चौकी भवन निर्माण गरिएको हो । गाउँबासीलाई सहज रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउँने गरी १० कोठा भएको दुई तले व्यवस्थित स्वास्थ्य चौकी भवन निर्माण भएको सहिदभूमि गाउँपालिकाका अध्यक्ष मनोज राईले बताए । ‘स्वास्थ्य चौकीको...
प्रदेश १ का ३६८ संक्रमित कोरोनामुक्त, थप १३५ मा संक्रमण

प्रदेश १ का ३६८ संक्रमित कोरोनामुक्त, थप १३५ मा संक्रमण

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ का ३६८ कोरोना संक्रमित डिस्चार्ज भएका छन् । होमआईसोलेसनमा रहेका ३६५ जना कोरोनामुक्त भएका छन् भने न्युरो अस्पतालबाट ३ जना डिस्चार्ज भएका हुन् । योसँगै प्रदेश १ मा कोरोनामुक्त हुनेको संख्या २० हजार ५ सय ८८ पुगेको छ । प्रदेश १ मा शनिवार १३५ जना कोरोना संक्रमित थपिएका छन् । ४७० जनाको पीसीआर परीक्षण गर्दा ६७ महिला र ६८ पुरुषमा संक्रमण पुष्टि भएको सामाजिक बिकास ...
धनकुटाका ९ बर्षीय बालकसहित छ जनामा कोरोना संक्रमण

धनकुटाका ९ बर्षीय बालकसहित छ जनामा कोरोना संक्रमण

धनकुटा । धनकुटाका थप छ जनामा शनिवार कोरोना संक्रमण पुष्टि भएको छ । बिराटनगरस्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पीसीआर परीक्षण गर्दा धनकुटा नगरपालिका क्षेत्रका ९ बर्षीय बालकसहित चार जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै, आफै ल्याबमा गएर परीक्षण गराएका दुई जनामा पनि संक्रमण देखिएको छ । कन्ट्राक्ट ट्रेसिङका आधारमा १४ जनाको पीसीआर परीक्षण गर्दा चार जनाको रिपोर्ट पोजिटिभ आएको धनकुटा नगरपालिकाको स...
रतुवामाईमा जुवा, तास खेल्ने १६ जना पक्राउ

रतुवामाईमा जुवा, तास खेल्ने १६ जना पक्राउ

मोरङ । मोरङको रतुवामाई नगरपालिका–८ मा जुवा, तास खेल्दै गरेको अवस्थामा १६ जना पक्राउ परेका छन् । स्थानीय सागर गड्तौलाको घरमा जुवा, तास खेलिरहेको अवस्थामा शुक्रवार राती साढे ११ बजे उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा रतुवामाई–७ का ४७ बर्षीय डिल्लीराम चौलागाई, ३५ बर्षीय मोती पौडेल, ४३ बर्षीय रामनाथ मैनाली, ४१ बर्षीय देबी प्रसाद प्रसाई, ३७ बर्षीय रामनाथ नेपाल, ४५ बर्षीय हेमलाल प्रसा...
देशभरका सबै स्थानीय तहमा सुशासन कायम गर्न ‘लिजा’ प्रणाली कार्यान्वयन

देशभरका सबै स्थानीय तहमा सुशासन कायम गर्न ‘लिजा’ प्रणाली कार्यान्वयन

काठमाडौं । देशभरका ७ सय ५३ वटै स्थानीय तहमा जवाफदेहिता, पारदर्शिता र प्रतिस्पर्धा प्रवद्र्धन गर्दै सुशासन कायम गर्ने उद्देश्यले स्थानीय तह स्वमूल्यांकन प्रणाली (एलआईएसए) कार्यान्वयनमा ल्याइएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका लागि त्यस्तो प्रणाली सञ्चालनमा ल्याएको हो । मन्त्रालयका सचिव एकनारायण अर्यालले स्थानीय तहमा देखिएका समस्या समाधान गरी थप जिम्मेवार बनाई सेवाप्...
भोजपुरको टेम्के डाँडामा ‘भ्यू टावर’ बन्ने भएपछि स्थानीय हर्षित

भोजपुरको टेम्के डाँडामा ‘भ्यू टावर’ बन्ने भएपछि स्थानीय हर्षित

भोजपुर । प्रदेश-१ सरकारले भोजपुरको धार्मिक तथा पर्यटकिय क्षेत्र टेम्के डाँडामा भ्यू टावर निर्माण थालनी गरेपछि स्थानीय हर्षित भएका छन् । प्रदेश सरकारको सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय धनकुटाको १३ करोड बढी लागतमा टावर बन्ने भएपछि स्थानीयमा उत्साह थपिएको हो । टेम्केडाँडाबाट तराईका फाँटसंगै सगरमाथा, मकालु, कञ्चनजंगा, लोच्से लगाएत ८ हजार मिटर अग्ला ६ ओटा, अन्य ३३ ओटा हिलशृङखलाको अवलोकन गर...
उदाउदो सूर्यलाई अघ्र्य दिएपछि सकियो छठ पर्व

उदाउदो सूर्यलाई अघ्र्य दिएपछि सकियो छठ पर्व

धनुषा । आस्थाको महापर्व छठ पर्वअन्तर्गत व्रतालुले आज उदाउँदो सूर्यलाई अघ्र्य दिई पर्वको समापन गरेका छन् । मूल विधि चतुर्थीदेखि शुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अघ्र्य दिई पूजाअर्चना गरी यो पर्वको समापन गर्ने परम्परा रहेको छ । व्रतालु यहाँका इतिहास वर्णित सरोवर गङ्गासागर र अरगजालगायतका पोखरीमा दुवै हत्केलामा पिठार र सिन्दूर लगाई अक्षता, फूल लिई आफ्नो खेतब...
२०७७ मंसिर ६ गते शनिबार/आजको राशिफल

२०७७ मंसिर ६ गते शनिबार/आजको राशिफल

बि.सं.२०७७ साल मंसिर ६ गते शनिबार ई. सं. २०२० नोभेम्वर २१ नेपाल सम्बत ११४१ कछलाथ्व सप्तमी, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, कार्तिक शुक्ल सप्तमी, चन्द्रमा मकर राशिमा, श्रवण नक्षत्र, वृद्धि योग, गर करण । नेपालमा सूर्योदय बिहान ०६ः३० बजे, सूर्यास्त साँझ ५ः१० बजे हुनेछ । आज जन्म लिने बच्चाको मकर राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसकै दिश...
भारतमा नेपालीलाई नशालु पदार्थ खुवाएर लुटपाट

भारतमा नेपालीलाई नशालु पदार्थ खुवाएर लुटपाट

कञ्चनपुर । नशालु पदार्थ खुवाई भारतको उत्तराखण्डको ऋषिकेशमा एक नेपालीलाई लुटिएको छ । सुर्खेत घर भएका ४१ वर्षीय तीर्थबहादुर सारु मगरलाई चिसो पेय पदार्थमा नशालु वस्तु खुवाई अपरिचित व्यक्तिले भारतीय रुपियाँ ८५ हजार लुटेर लगेका हुन् । भारतको रुदप्रयागमा दुई महिनाअघि मजदूरी गर्न गएका मगरलाई घर फर्कने क्रममा ऋषिकेशमा पुगेका बेला लुटिएपछि आज नेपालीको सहयोगमा गड्डाचौकी ल्याइएको छ । सशस्त्र प्रहरीले बेखर...
पाँचथरमा प्रशासनको सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य

पाँचथरमा प्रशासनको सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य

पाँचथर । जिल्ला प्रशासन कार्यालय पाँचथरले सेवा लिन राष्ट्रिय परिचयपत्रलाई अनिवार्य गरेको छ । कार्यालयले बिहीबार सूचना जारी गर्दै विभिन्न छ प्रकारका सेवा लिन आउँदा परिचयपत्रको फोटोकपी अथवा उक्त परिचयपत्रका लागि विवरण दर्ता गराएको सुनिश्चित पेजको फोटोकपी सम्लग्न राख्नुपर्ने जनाएको छ । कार्यालयले राहदानी बनाउन तथा लिन, आदिवासी जनजाति सिफारिस लिन, सङ्घ संस्था दर्ता तथा नवीकरण गर्न, पारिवारिक विवरण ...
प्रदेश १ का थप दुई सय जनामा कोरोना संक्रमण, निको भए ४४७ संक्रमित

प्रदेश १ का थप दुई सय जनामा कोरोना संक्रमण, निको भए ४४७ संक्रमित

विराटनगर । प्रदेश १ मा शुक्रबार ७ सय ७४ जनाको पीसीआर परीक्षण गर्दा २ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मोरङका ७१, सुनसरीका ५७, संखुवासभाका ३४, झापाका २८, तेह्रथुम र उदयपुरका ३/३ तथा धनकुटा र इलामका २/२ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ५०, रतुवामाई र रंगेलीमा ५/५, ग्रामथान, कटहरी, सुन्दरहरैंचा, केराबारी, बेलबारी र सुनबर्षीमा १/१ र स्थानीय तह ...
मुक्तिनाथ बैंकले पायो युरोपियन माइक्रोफाइनान्स अवार्ड

मुक्तिनाथ बैंकले पायो युरोपियन माइक्रोफाइनान्स अवार्ड

धनकुटा । मुक्तिनाथ विकास बैंकले युरोपियन माइक्रोफाइनान्स अवार्ड पाएको छ । साना तथा लघु बैंकिङ्ग कार्यक्रममा आवद्ध न्यून आय भएका सदस्यहरुलाई प्रदान गर्दै आएको बचत सेवा र त्यसले पारेको सकारात्मक परिवर्तनलाई मूल्यांकन गरेर अवार्ड प्रदान गरिएको हो । लक्जमवर्गमा बिहिबार आयोजित कार्यक्रममा अन्तर्राष्ट्रिय स्वतन्त्र विशेषज्ञ छनौट समितिले गरेको अध्ययनका आधारमा मुक्तिनाथ बैंक बिजयी बनेर पुरस्कृत भएको हो...
झापाका भूमिहीन र अव्यवस्थित बसोबास गर्नेलाई लालपुर्जा वितरण गरिदै

झापाका भूमिहीन र अव्यवस्थित बसोबास गर्नेलाई लालपुर्जा वितरण गरिदै

झापा । झापाको कनकाई नगरपालिकामा रहेका भूमिहीन र अव्यवस्थित बसोबास गर्नेलाई लालपुर्जा वितरण गर्ने तयारी भएको छ ।  प्रदेश नं १ अन्तर्गत झापाको कनकाई नगरपालिका र उदयपुरको बेलका नगरपालिकासँग भूमिसम्बन्धी समस्या समाधान आयोगले गरेको सम्झौतानुसार भूमिहीन र अव्यवस्थित बसोबास गर्नेलाई लालपुर्जा वितरणको तयारी भएको हो । उम्मेदवारले निर्वाचनका समयमा भूमिहीनलाई लालपुर्जा वितरण गरिने प्रतिबद्धता जनाएका थिए ।...
सोलुखुम्बुको हुलाक कार्यालयमा ४२ केजी चिठ्ठीपत्र थन्कियो

सोलुखुम्बुको हुलाक कार्यालयमा ४२ केजी चिठ्ठीपत्र थन्कियो

सोलुखुम्बु । जिल्ला हुलाक कार्यालयमा महिनौँदेखिका चिठ्ठीपत्र थन्किएका छन् । कार्यालय प्रमुख सीता दुवाडीले नेपाल वायुसेवा निगमले  फाप्लु विमानस्थलमा  उडान नभर्दा ४२ केजी चिठ्ठीपत्र कार्यालयमा नै थन्किएको  जानकारी दिए । हप्ताको दुई दिन आइतबार र मङ्गलबार काठमाडौँ–फाप्लु उडान भर्दै आएको निगमले गत असोज १३ गतेदेखि उडान भर्न सकेको छैन । गत चैत ११ गतेपछि निगमले सो दिन पहिलो पटक उडान भरेको थियो । निजी ...
भेडेटारबाट २३ सय किलो अबैध सुर्ती बरामद

भेडेटारबाट २३ सय किलो अबैध सुर्ती बरामद

धनकुटा । धनकुटाको भेडेटारबाट प्रहरीले ठूलो परिमाणमा अबैध सुर्ती बरामद गरेको छ । को.१ ख ६२२९ नं.को मिनी ट्रकमा राखेर झापाबाट तेह्रथुम लैजादै गरेको अवस्थामा प्रहरीले करिब ६ लाख मूल्य बराबरको २ हजार ३ सय ५० किलो सुर्ती नियन्त्रणमा लिएको हो । मिनी ट्रकमा राखेर लैजादै गरेको अवस्थामा १ हजार ७ सय ५० किलो अप्रशोधित पत्ता सुर्ती र ६ सय किलो तयारी सुर्ती बरामद भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको ...
धरानमा कौडा खेल्ने ७ जना पक्राउ

धरानमा कौडा खेल्ने ७ जना पक्राउ

धरान । धरानमा कौडा खेल्दै गरेको अवस्थामा ७ जना पक्राउ परेका छन् । धरान उपमहानगरपालिका–१५ स्थित सुरेश लिम्बुको घरमा जुवाजन्य खेल कौडा खेल्दै गरेको अवस्थामा छापा हानेर प्रहरीले ७ जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा धरान–१५ का ४२ बर्षीय राजकुमार लिम्बु, ४१ बर्षीय दीपराज आङ्देम्वे, धरान–१३ का २९ बर्षीय दिपेन्द्र लिम्बु, धरान–१९ का ३७ बर्षीय खगेन्द्र भनिने धनेन्द्र लिम्बु, धरान–१८ का ३७ बर्...
प्रदेश १ मा थपिए २१८ कोरोना संक्रमित, ५६० डिस्चार्ज

प्रदेश १ मा थपिए २१८ कोरोना संक्रमित, ५६० डिस्चार्ज

विराटनगर । प्रदेश १ मा बिहिबार २१८ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ८६, सुनसरीमा ५४, झापामा ४४, पाँचथरमा ११, संखुवासभामा ४, इलाममा ३, उदयपुरमा २ तथा धनकुटा र भोजपुरमा १/१ जना कोरोना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ६८, कानेपोखरीमा ४, उर्लाबारीमा २, पथरीशनिश्चरे, रंगेली, धनपालथान, जहदा, सुन्दरहरैंचा, रतुवामाई, बुढीगंगा, मिक्लाजुङ र बेलबारीमा १/१ र स्थ...
error: Content is protected !!