संगालोखबर सम्वाददाता

धरान । धरानमा कौडा खेल्दै गरेको अवस्थामा ७ जना पक्राउ परेका छन् । धरान उपमहानगरपालिका–१५ स्थित सुरेश लिम्बुको घरमा जुवाजन्य खेल कौडा खेल्दै गरेको अवस्थामा छापा हानेर प्रहरीले ७ जनालाई नियन्त्रणमा लिएको हो ।

Advertisement

पक्राउ पर्नेमा धरान–१५ का ४२ बर्षीय राजकुमार लिम्बु, ४१ बर्षीय दीपराज आङ्देम्वे, धरान–१३ का २९ बर्षीय दिपेन्द्र लिम्बु, धरान–१९ का ३७ बर्षीय खगेन्द्र भनिने धनेन्द्र लिम्बु, धरान–१८ का ३७ बर्षीय प्रेमकुमार लिम्बु, मोरङको सुन्दरहरैंचा–११ घर भई धरान–३ बस्दै आएका ३७ बर्षीय युवराज आङ्देम्वे र सुन्दरहरैंचाकै टिकाराम आङ्देम्वे छन् ।

जुवाको खालबाट १ लाख ८९ हजार २१५ रुपैयाँ नगदसमेत बरामद भएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ । पक्राउ परेकाहरुलाई जिल्ला प्रशासन कार्यालय सुनसरीबाट म्याद थप गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!