- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको भेडेटारबाट प्रहरीले ठूलो परिमाणमा अबैध सुर्ती बरामद गरेको छ । को.१ ख ६२२९ नं.को मिनी ट्रकमा राखेर झापाबाट तेह्रथुम लैजादै गरेको अवस्थामा प्रहरीले करिब ६ लाख मूल्य बराबरको २ हजार ३ सय ५० किलो सुर्ती नियन्त्रणमा लिएको हो ।

Advertisement

मिनी ट्रकमा राखेर लैजादै गरेको अवस्थामा १ हजार ७ सय ५० किलो अप्रशोधित पत्ता सुर्ती र ६ सय किलो तयारी सुर्ती बरामद भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । ५० किलोका दरले प्याक गरिएको ३५ बोरा अप्रशोधित पत्ता सर्ती र २५ किलोका दरले प्याक गरिएको २४ पोका तयारी सुर्ती फेला परेको हो ।

मिनी ट्रकमा अबैध सुर्ती फेला परेपछि ट्रक चालक गायत्री खतिवडालाई प्रहरीले पक्राउ गरेको छ । बरामद सुर्ती र चालक खतिवडालाई कारबाहीका लागि आन्तरिक राजश्व कार्यालय धरानमा बुझाईएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!