नोबेलको पार्किङबाट हराएको मोटरसाईकल भेटियो, चोरी आरोपमा चार जना पक्राउ

नोबेलको पार्किङबाट हराएको मोटरसाईकल भेटियो, चोरी आरोपमा चार जना पक्राउ

मोरङ । विराटनगरबाट चोरी भएको मोटरसाईकलसहित चार जना पक्राउ परेका छन् । मोटरसाईकल चोरेको आरोपमा बिराटनगर–४ का २० बर्षीय बिबेक थान्दार र अमन थान्दार, बुढिगंगा गाउँपालिका–२ का २० बर्षीय पुजन थान्दार र दुहवी नगरपालिका–१० का २० बर्षीय नगेन्द्र चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । नोबेल शिक्षण अस्पतालको पार्किङ एरियाबाट आईतबार को.३९ प.२४४२ नम्बरको मोटरसाईकल हराएको थियो । हराएको मोटरसाईकल खाजी गर्ने क्र...
धरानबाट पेस्तोलसहित दुई जना पक्राउ

धरानबाट पेस्तोलसहित दुई जना पक्राउ

धरान । धरानबाट पेस्तोलसहित प्रहरीले दुई जनालाई पक्राउ परेको छ । पेस्तोलसहित धरान उप–महानगरपालिका–१५ सयपत्री मार्गका २७ बर्षीय देवी बहादुर लिम्बू र महादेव चौकका २६ बर्षीय रन्सुर राईलाई प्रहरीले पक्राउ गरेको हो । अबैध रुपमा हातहतियार लुकाई राखेको सूचनाका आधारमा सोमबार दिउँसो खटिएको प्रहरी टोलीले देवी बहादुरकको घरको कोठा खानतालासी गर्दा सुत्ने लोवेडको घर्राभित्र लुकाई राखेको अवस्थामा मेड ईन यूयसए ...
ओली पक्षको निर्णय: २०७८ मंसिरमा महाधिवेशन

ओली पक्षको निर्णय: २०७८ मंसिरमा महाधिवेशन

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली पक्षको केन्द्रीय कमिटी बैठकले २०७८ मंसिर २ गते पार्टी महाधिवेशन गर्ने निर्णय गरेको छ । बालुवाटारमा जारी बैठकले आगामी बर्ष मंसिरमा महाधिवेशन गर्ने निर्णय गरेको हो । यसअघि माघमा बसेको नेकपाको केन्द्रीय कमिटी बैठकले ०७७ चैतमा महाधिवेशन गर्ने निर्णय गरेको थियो ।
नारायणकाजीलाई कारबाही, प्रदीप ज्ञवालीलाई प्रवक्ता बनाउने ओली समूहको निर्णय

नारायणकाजीलाई कारबाही, प्रदीप ज्ञवालीलाई प्रवक्ता बनाउने ओली समूहको निर्णय

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली समूहको केन्द्रीय समिति बैठकले नारायणकाजी श्रेष्ठलाई प्रवक्ताबाट हटाउने निर्णय गरेको छ । पार्टीको हित विपरित गतिविधि गरेको भन्दै श्रेष्ठलाई प्रवक्ताबाट हटाउने निर्णय गरेको हो । श्रेष्ठको ठाउँमा प्रदीप ज्ञवालीलाई प्रवक्ता नियुक्ति गर्ने निर्णय भएको छ ।
ओली पक्षले घोषणा गर्यो महाधिवेशन आयोजक कमिटी

ओली पक्षले घोषणा गर्यो महाधिवेशन आयोजक कमिटी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली पक्षले बोलाएको केन्द्रिय कमिटी बैठकले पार्टीको महाधिवेशन आयोजक कमिटी घोषणा गरेको छ । बालुवाटारमा जारी बैठकले ११९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी घोषणा गरेको हो । बैठकमा अहिले कायम रहेको ४४६ सदस्यीय केन्द्रीय कमिटीमा ५५६ जना थपेर महाधिवेशन आयोजक कमिटी घोषणा गरेको बैठकमा सहभागि एक नेताले जानकारी दिए । कमिटीमा बाँकी १९७ जना पछि थप...
ओली पक्षको बैठक बालुवाटारमा, गएनन् बामदेव र बादल

ओली पक्षको बैठक बालुवाटारमा, गएनन् बामदेव र बादल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षले बोलाएको पार्टीको केन्द्रिय कमिटी बैठक बालुवाटारमा जारी छ । ओलीले बोलाएको पार्टीको केन्द्रीय कमिटी बैठकमा उपाध्यक्ष वामदेव गौतम र सचिवालय सदस्य रामबहादुर थापा अनुपस्थित भएका छन् । बालुवाटारमा जारी बैठकमा गौतम र थापा नगएका हुन् । उपाध्यक्ष गौतमले यसअघि नै दुवै तर्फ...
झापामा आगो ताप्ने क्रममा जलेर महिलाको मृत्यु

झापामा आगो ताप्ने क्रममा जलेर महिलाको मृत्यु

झापा । झापामा आगो ताप्ने क्रममा जलेर महिलाको मृत्यु भएको छ । आगो ताप्ने क्रममा जल्दा बिर्तामोड नगरपालिका–२ की २५ बर्षीया बनिता शर्माको मृत्यु भएको हो । घर अगाडि आगो तापेर बसिरहेकी शर्मा सोमवार बेलुका साढे ६ बजे जलेको अवस्थामा मृत भेटिएकी थिईन् । ईलाका प्रहरी कार्यालय अनारमनीले घटनाका विषयमा थप अनुसन्धान गरिरहेको छ ।
उपल्लो डोल्पामा दुई वर्षपछि पुग्यो चामल

उपल्लो डोल्पामा दुई वर्षपछि पुग्यो चामल

डोल्पा । निरन्तरको ताकेतापछि उपल्लो डोल्पामा दुई वर्षपछि खाद्यान्न ढुवानी कार्य शुरु भएको छ । सुर्खेतबाट उपल्लो डोल्पाका डोल्पोबुद्ध, छार्काताङसोङ र शेफोक्सुण्डो गाउँपालिकाका लागि तीन हजार ७४ क्विन्टल चामल ढुवानी थालिएको छ । उक्त परिमाणमध्ये ४४० क्विन्टल चामल दुनै पुगेको छ । छार्काताङसोङ गाउँपालिकाको ढारगाउँमा १०० क्विन्टल चामल पुगिसकेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड डोल्पाका प्रमुख...
अन्ततः फुटतर्फ नेकपा

अन्ततः फुटतर्फ नेकपा

काठमाडौं । प्रतिनिधिसभा विघटनसँगै सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्पष्ट रूपमा दुई समूहमा विभाजित भएको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्ष र अर्का अध्यक्ष पुष्पकमल दाहाल पक्षले समानान्तर कमिटीमार्फत बैठक बस्ने निर्णय गरेसँगै सत्तारूढ नेकपा विभाजनको अन्तिम संघारमा पुगेको हो । सम्भवतः अब नेकपामा फुटको औपचारिक घोषणा हुन मात्रै बाँकी रहेको घटनाक्रमले पुष्टि गरेको छ । विवाद उत...
२०७७ पुष ७ गते मंगलबार/आजको राशिफल

२०७७ पुष ७ गते मंगलबार/आजको राशिफल

बि.सं.२०७७ साल पुष ७ गते मंगलबार ई. सं. २०२० डिसेम्वर २२ नेपाल सम्बत ११४१ थिंलाथ्व अष्टमी, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, मार्ग शुक्ल अष्टमी, चन्द्रमा मीन राशिमा, उत्तरभाद्र नक्षत्र १ः.५० सम्म त्यसपछि रेवती नक्षत्र, व्यतिपात योग १२ः२१ सम्म त्यसपछि वरियन योग, बव करण ६ः३१ सम्म त्यसपछि बालव करण । नेपालमा सूर्योदय बिहान ०६ः५१ बजे, सूर्यास्त साँझ ५ः१५ बजे हुनेछ । आज जन्म लिने बच्च...
नोबेलमा एमबीबीएस अध्ययन पुरा गर्ने विद्यार्थीलाई गरियो विदाई

नोबेलमा एमबीबीएस अध्ययन पुरा गर्ने विद्यार्थीलाई गरियो विदाई

बिराटनगर । बिराटनगरस्थित नोबेल मेडिकल कलेजमा एमबीबीएस अध्ययन पुरा गरेका विद्यार्थीलाई विदाई गरिएको छ । एमबीबीएस १० औं व्याचका विद्यार्थीले कार्यक्रम आयोजना गरी एमबीबीएस अध्ययन पुरा गरेका ९ औं व्याचका विद्यार्थीलाई विदाई गरेका हुन् । सन् २०१४ मा भर्ना भएर एमबीबीएस अध्ययन पुरा गरेका १ सय ५० जना विद्यार्थीहरुलाई खादा र मायाँको चिनो प्रदान गरी विदाई गरिएको हो । सो अवसरमा बोल्दै नोेबेल मेडिकल कलेजका...
संसद् विघटनले जनताको आशा र भरोसामाथि कुठाराघात: सचिव ढुंगाना

संसद् विघटनले जनताको आशा र भरोसामाथि कुठाराघात: सचिव ढुंगाना

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धनकुटाका सचिव ऋषिराम ढुंगानाले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेर जनताको आशा र भरोसामाथि कुठाराघात गरेको आरोप लगाएका छन् । निर्वाचित जनप्रतिनिधिमूलक सर्वोच्च संस्था संसद् विघटन गर्नु नेपाली कम्युनिष्ट आन्दोलनको मर्म, भावना र उद्देश्य विपरित रहेको सचिव ढुंगानाको ठहर छ । व्यक्तिवादी अहंकारी ढंगले प्रधानमन्त्रीले देशघाती, जनघ...
प्रदेश १ मा थपिए ८८ कोरोना संक्रमित, २७६ डिस्चार्ज

प्रदेश १ मा थपिए ८८ कोरोना संक्रमित, २७६ डिस्चार्ज

विराटनगर । प्रदेश १ मा सोमबार ८८ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ५२, सुनसरीमा १९, झापामा ८, संखुवासभामा ३, इलाममा २, भोजपुर, उदयपुर, पाँचथर र ताप्लेजुङमा १/१ जना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङको विराटनगरमा २७, सुन्दरहरैंचामा ६, बेलबारीमा ४, बुढीगंगामा ३, ग्रामथान, लेटाङ, कटहरी, उर्लाबारीमा २/२, केराबरी, रंगेली, रतुवामाई र स्थानीय तह नखुलेका ...
आफ्नै पार्टीका नेताले घेराबन्दी गरेर काम गर्न नदिएपछि नयाँ जनादेश रोजे: प्रधानमन्त्री

आफ्नै पार्टीका नेताले घेराबन्दी गरेर काम गर्न नदिएपछि नयाँ जनादेश रोजे: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पार्टीका नेताले घेराबन्दी गरेर सरकारलाई काम गर्न नदिएपछि नयाँ जनादेशका लागि संसद् विघटन गरेको बताएका छन् । सोमबार दिउँसो देशबासीका नाममा संवोधन गर्दै प्रधानमन्त्री ओलीले जननिर्वाचित सरकारलाई पार्टी भित्रकै केही नेताको व्यक्तिगत स्वार्थमा बन्धक बनाउँने काम भएकाले संसद भङ्ग गर्नुपरेको बताएका हुन् । आफ्नो पार्टीका नेताले सरकारको काममा सहयोग गर्नुको ...
प्रधानमन्त्रीले देशवासीका नाममा संवोधन गर्ने

प्रधानमन्त्रीले देशवासीका नाममा संवोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा संवोधन गर्ने भएका छन् । आज दिउँसो ३ बजे प्रधानमन्त्री ओलीले देशबासीका नाममा संवोधन गर्न लागेका हुन् । वालुवाटारवाट गरिने संवोधनको नेपाल टेलिभिजनले प्रत्यक्ष प्रशारण गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
झापामा रुखबाट लड्दा एक जनाको मृत्यु

झापामा रुखबाट लड्दा एक जनाको मृत्यु

झापा । झापाको बाह्रदशी–५ मा रुखबाट लडेर आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा स्थानीय ६८ बर्षीय प्रेम कुमार कन्दङ्वा लिम्बु छन् । बिहान करिब ९ बजे कुटमेरोको रुखमा चढेर घाँस झार्ने क्रममा लड्दा उनी बेहोस भएका थिए । उपचारका लागि विर्तामोडस्थित वीएण्डसी अस्पताल पुर्याईएका उनको विहान करिब १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
ओलीको कदमले पार्टी एकतामा असर पार्दैन, नेकपा एकतावद्ध छ : अध्यक्ष प्रचण्ड

ओलीको कदमले पार्टी एकतामा असर पार्दैन, नेकपा एकतावद्ध छ : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले पार्टीका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको व्यवहारले पार्टी एकतामा असर नपार्ने दावी गरेका छन् । आज प्रेस वक्तव्य जारी गर्दै अध्यक्ष दाहालले यस्तो दावी गरेका हुन् । ‘हाम्रो पार्टीका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री के.पी. शर्मा ओलीले चालेको प्रतिनिधि सभा विघटनको असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश, पश्चगामी एव...
धनकुटामा कार्यकर्तालाई नेकपाको अपिल: संयमित बनेर धैर्यधारण गरौं

धनकुटामा कार्यकर्तालाई नेकपाको अपिल: संयमित बनेर धैर्यधारण गरौं

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धनकुटाले केन्द्रमा भईरहेको राजनीतिक घटनाक्रमका कारण बिचल्लीत नहुँन जिल्लाका नेता, कार्यकर्तालाई आग्रह गरेको छ । जिल्ला पार्टी कार्यालय सिरवानीमा आज पत्रकार सम्मेलन गर्दै नेकपाले यस्तो आग्रह गरेको हो । पत्रकार सम्मेलनमा अध्यक्ष राजेन्द्र राईले अहिलेको अवस्थामा धैर्यधारण गर्ने र पार्टीलाई एकतावद्ध बनाएर अघि जानुको विकल्प नभएको बताए । संघीय ससद् विघटन भएको...
प्लास्टिकजन्य फोहोर व्यवस्थापनमा जुटे भोजपुरका स्थानीय

प्लास्टिकजन्य फोहोर व्यवस्थापनमा जुटे भोजपुरका स्थानीय

भोजपुर । प्लास्टिकजन्य फोहोर व्यवस्थापनमा भोजपुर टेम्केमैयुङ गाउँपालिका–१ तिम्माका स्थानीयबासी जुटेका छन् । उनीहरुले स्थानीयस्तरमा पाईने कच्चा पदार्थ प्रयोग गरेर भुकान अर्थात फोहोर फाल्ने टोकरी निर्माण गरेर घर–घरमा तथा सार्वजनिक स्थलमा राख्न थालेका हुन् । फोहोर तथा प्लास्टिकजन्य फोहोर व्यवस्थापन गर्न भुकानलाई स्थानीयस्तरमा पाईने बाँस, निगालो, मालिंगो लगायत प्रयोग गरेर निर्माण गर्दै आएको संघ १८ ...
संसद् विघटनको छिनोफानो अब अदालतबाट मात्रै

संसद् विघटनको छिनोफानो अब अदालतबाट मात्रै

काठमाडौं । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटनको प्रस्ताव स्वीकृत गरेसँगै अबको अन्तिम निर्णय सर्वोच्च अदालतको कोर्टमा रहेको छ । आइतबार नै संसद् विघटन भएको प्रस्ताव स्वीकृत भएसँगै सोविरुद्ध सर्वोच्चमा तीन वटा रिट निवेदन पेस भएका छन् । अधिवक्ताहरू लोकेन्द्र वली, कञ्चनकृष्ण न्यौपाने र सुलभ पोखरेलले सर्वोच्चमा निवेदन दिएका हुन् । उनीहरूले बहुमत प्राप्त सरकारले तीन ...
२०७७ पुष ६ गते सोमबार/आजको राशिफल

२०७७ पुष ६ गते सोमबार/आजको राशिफल

बि.सं.२०७७ साल पुष ६ गते सोमबार ई. सं. २०२० डिसेम्वर २१ नेपाल सम्बत ११४१ थिंलाथ्व सप्तमी, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, मार्ग शुक्ल सप्तमी, चन्द्रमा कुम्भ राशिमा ४ः ४३ सम्म त्यसपछि मीन राशिमा, पूर्वभाद्र नक्षत्र ११ः.१७ सम्म त्यसपछि उत्तरभाद्र नक्षत्र , सिद्धि योग १२ः३ सम्म त्यसपछि व्यतिपात योग, वणिज करण ४ः३३ सम्म त्यसपछि बव करण । नेपालमा सूर्योदय बिहान ०६ः५१ बजे, सूर्यास्त स...
धनकुटामा प्रधानमन्त्रीको पुत्ला दहन, संसद विघटनको बिरोधमा प्रदर्शन

धनकुटामा प्रधानमन्त्रीको पुत्ला दहन, संसद विघटनको बिरोधमा प्रदर्शन

धनकुटा । संसद् विघटनको विरोधमा आईतबार साँझ धनकुटामा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरिएको छ । नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघले मदनचौकमा प्रधानमन्त्री ओलीको पुत्ला जलाएको हो । नेपाल विद्यार्थी संघ धनकुटा बहुमुखी क्याम्पस ईकाई समितिको अगुवाईमा निस्किएका विद्यार्थीहरुले प्रधानमन्त्री ओलीविरुद्ध नारा लगाउँदै पुत्ला जलाएका हुन् । संसद् विघटनको विरोधमा उनीहरुले मसाल जुलुशसमेत प्...
प्रदेश १ मा थपिए ३३ कोरोना संक्रमित, ६० डिस्चार्ज

प्रदेश १ मा थपिए ३३ कोरोना संक्रमित, ६० डिस्चार्ज

विराटनगर । प्रदेश १ मा आईतबार ३३ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १६, इलाममा ७, झापामा ५, सुनसरी र संखुवासभामा २/२ र ओखलढुङ्गामा १ जना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ८, पथरीशनिश्चरेमा ३, बुढीगंगामा २, सुनबर्षी, कटहरी र स्थानीय तह नखुलेका १/१ जनामा संक्रमण देखिएको छ । त्यस्तै इलामको इलाम नगरपालिकामा ७, झापाको दमकमा २, शिवसताक्...
सात मन्त्रीले दिए सामूहिक राजीनामा

सात मन्त्रीले दिए सामूहिक राजीनामा

काठमाडौं । संसद विघटनको विरोध गर्दै सात जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव कुमार नेपाल निकट मन्त्रीहरुले अपरान्ह साढे ४ बजे सामूहिक राजीनामा दिएका हुन् । सिंहदरबारमा रहेको विकास समितिको हलमा पत्रकार सम्मेलन गरेर पर्यटनमन्त्री योगेश भट्टराई, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, वनमन्त्री शक्ति बस्नेत, खाने...
प्रधानमन्त्री र राष्ट्रपतिविरुद्ध काठमाडौंमा प्रदर्शन

प्रधानमन्त्री र राष्ट्रपतिविरुद्ध काठमाडौंमा प्रदर्शन

काठमाडौं । संसद् विघटनको बिरोधमा काठमाडौंको माईतीघरमा प्रदर्शन भएको छ । नेकपा सम्बद्ध जनबर्गीय संगठनहरुको नाममा बिरोध प्रदर्शन गरिएको हो । संसद विघटनको बिरोध गर्दै प्रदर्शनमा उत्रिएकाहरुले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबिरुद्ध नाराबाजी गरेका छन् । ‘संसद् विघटनको असैवैधानिक कदम खारेज गर !’ लेखिएको कालो व्यानर र प्लेकार्डसहित सयौंको संख्यामा प्रदर्शनमा उत्रिएका उनीहर...
राष्ट्रपतिद्वारा संसद विघटन, वैशाख १७ र २७ गते चुनाव घोषणा

राष्ट्रपतिद्वारा संसद विघटन, वैशाख १७ र २७ गते चुनाव घोषणा

काठमाडौं । मन्त्रिपरिषदको सिफारिसपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले आइतबार दिउँसो संसद विघटन गरेकी हुन् । राष्ट्रपतिको कार्यालय शितल निवासले विज्ञप्ति जारी गर्दै संसद विघटन गरेको जानकारी दिएको छ । ‘संविधानको धारा ७६ को उपधारा (१) र (७) तथा धारा ८५ एवं संसदीय प्रणालीको आधारभूत मर्म एवं मूल्य मान्यता तथा हाम्रो आफ्नै र संसदीय ...
बिराटनगरबाट लागुऔषधसहित एक जना पक्राउ

बिराटनगरबाट लागुऔषधसहित एक जना पक्राउ

मोरङ । बिराटनगर महानगरपालिका–१५ बाट लागुऔषधसहित एक जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले मोरङको सुन्दरहरैंचा नगरपालिकाका १९ बर्षीय रिजन राईलाई पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले डाएजेल्याव–९ एम्पुल, एभिल–६ एम्पुल र लुपिगेसिक–१० एम्पुल बरामद गरेको छ । पक्राउ परेका राईका विषयमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।
बिराटनगरमा आगोले जलेर एक जनाको मृत्यु, दुई घाईते

बिराटनगरमा आगोले जलेर एक जनाको मृत्यु, दुई घाईते

मोरङ । बिराटनगर महानगरपालिका–१४ झट्याईस्थित एक घरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । दुई जना घाईते छन् । आज विहान करिव १२ बजे बाँसको टाटीको गाह्रो र टिनको छाना भएको राजेश तत्माको घरमा आगलागी हुँदा तत्माका १४ बर्षीय छोरा रविनको मृत्यु भएको हो । घरमा आगलागी हुँदा जलेर तत्माकी श्रीमती ३२ बर्षीया ईन्दु देवी र ७ बर्षीय छोरा किशन कुमार घाईते भएका छन् । घाईते दुबै जनाको कोशी अस्पतालमा उपचार भईरहे...
नेकपाले पाएको जनमतको बैधता ओलीको लहडले सिध्यायो: गगन थापा

नेकपाले पाएको जनमतको बैधता ओलीको लहडले सिध्यायो: गगन थापा

बिराटनगर । नेपाली काँग्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस गरेसँगै नेकपाले पाएको जनमतको बैधता सकिएको बताएका छन् । प्रधानमन्त्री ओलीले लहडमा संसद विघटनको निर्णय लिएको भन्दै उनले यो निर्णय असंवैधानिक र अलोकतान्त्रिक भएको टिप्पणी गरेका छन् । ‘संविधान निर्माण गर्दा ५ वर्ष संसद चल्ने अवस्थाको परिकल्पनासहितको प्रावधान छ । प्रधानमन्त्रीज्यूले लहडमा गरेको संसद...
मन्त्रिपरिषद्‌द्वारा संसद् विघटन गर्न राष्ट्रपतिसमक्ष सिफारिस

मन्त्रिपरिषद्‌द्वारा संसद् विघटन गर्न राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौं । मन्त्रिपरिषद्को बैठकले संसद् विघटन गर्न सिफारिस गरेको छ । आईतबार बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले संसद् विघटन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने प्रस्ताव गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान ९ः४५ बजे मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका थिए । केही समय अघि मात्र डाकिएको बैठक १० बजे सुरु भएको थियो । बैठकले संसद् विघटन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने प्रस्ताव गरे...
उदयपुरमा बाल विवाह गर्ने बेहुला–बेहुलीसहित छ जना पक्राउ

उदयपुरमा बाल विवाह गर्ने बेहुला–बेहुलीसहित छ जना पक्राउ

उदयपुर । उदयपुरमा बालबिबाह गरेको आरोपमा दुई जोडी बेहुला–बेहुलीसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । बाल विवाह गरेको आरोपमा त्रियुगा नगरपालिका–३ भुल्केका पुष्प कोईरालाका २३ बर्षीय छोरा अश्विन र ताप्ली गाउँपालिका–५ आदमाराका खेचरबहादुर खड्काकी १७ बर्षीया छोरी गोमालाई प्रहरीले पक्राउ गरेको छ । मंसिर १९ गते राधा खड्काको घरमा उनीहरुको विवाह भएको थियो । बाल बिबाह भएको जानकारी आएपछि प्रहरीले बेहुला–ब...
error: Content is protected !!