प्रदेश १ मा थपिए ३८ कोरोना संक्रमित, ४१४ डिस्चार्ज

प्रदेश १ मा थपिए ३८ कोरोना संक्रमित, ४१४ डिस्चार्ज

विराटनगर । प्रदेश १ मा शुक्रबार ३८ जना संक्रमित थपिएका छन् । झापामा १२, मोरङमा १०, सुनसरीमा ९, इलाममा ३, संखुवासभामा २, भोजपुर र सोलुखुम्वुमा जना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार झापाको दमक र विर्तामोडमा ३/३, गौरादहमा २, कनकाई, बाह्रदशी, मेचीनगर र स्थानीय तह नखुलेका १/१ जनामा संक्रमण देखिएको छ । त्यस्तै मोरङको विराटनगरमा ७, कानेपोखरी, उर्लाबारी र बेलबारीमा...
उदयपुरमा जुवाको खालबाट १३ जना पक्राउ

उदयपुरमा जुवाको खालबाट १३ जना पक्राउ

उदयपुर । उदयपुरको उदयपुरगढी–६ स्थित एक घरमा जुवा खेलिरहेको अवस्थामा १३ जना पक्राउ परेका छन् । जुवा खेलिरहेको अवस्थामा गएराती करिब ३ बजे छापा मारेर प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा उदयपुरगढी–५ का ३१ बर्षीय सुशिल कुमार गुरागाई, ३२ बर्षीय मनोज थापा, उदयपुरगढी–६ का २८ बर्षीय सुरज कुमार मगर, ३० बर्षीय जीवन गिरी, ३० बर्षीय धर्मनाथ दाहाल, ३१ बर्षीय दुर्गारमण दाहाल, ३२ बर्षीय युवराज ...
संसद् विघटनको विरोधमा नेकपाको प्रचण्ड–नेपाल समूह आन्दोलनमा

संसद् विघटनको विरोधमा नेकपाको प्रचण्ड–नेपाल समूह आन्दोलनमा

काठमाडौं । संसद् विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले आन्दोलन थालेको छ । सशक्त आन्दोलन गर्ने केन्द्रीय कमिटिको निर्णय अनुसार शुक्रबार काठमाडौंको माईतीघर मण्डलामा भेला भएका सयौं नेता कार्यकर्ताले जुलुश प्रदर्शन गरेका छन् । प्रदर्शनलाई नेकपाका अध्यक्ष पुष्पमकमल दाहाल, अर्का अध्यक्ष माधव कुमार नेपाल, बरिष्ठ नेता झलनाथ खनाल लगायतले नेतृत्व गरेका छन् । नेताहरु ‘हाम...
भोजपुरमा आफ्नै गाडीले किच्दा चालकको मृत्यु

भोजपुरमा आफ्नै गाडीले किच्दा चालकको मृत्यु

भोजपुर । भोजपुर नगरपालिका–५ काउलेमा आज बिहान आफ्नै गाडीले किच्दा चालकको मृत्यु भएको छ । मृत्यु हुँनेमा काउलेका ३८ वर्षीय प्रेमकुमार तामाङ छन् । मे १ ज २९८८ नम्बरको बोलेरोले किच्दा सोही बोलेरोका चालक ३८ वर्षीय तामाङको घटनास्थलमै मृत्यु भएको भोजपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सिसिर थापाले जानकारी दिए । ‘बिहान गाडी स्टार्ट गर्न खोज्दा नभएपछि चेकजाँच गर्न ओलिएका बेला गाडी आफै अगाडि गुड्किएर क...
आजबाट देशभरका फिल्म हल खुल्ने

आजबाट देशभरका फिल्म हल खुल्ने

बिराटनगर । कोरोना महामारीका कारण नौं महिना अघिदेखि बन्द रहेका देशभरका फिल्म हल शुक्रबारबाट खुल्ने भएका छन् । हल सञ्चालकहरूको छाता संगठन नेपाल चलचित्र संघले फिल्म हल खोल्ने निर्णय गरेको हो । तर, सरकारले भने हल सञ्चालनको अनुमति दिएको छैन । लकडाउन अन्त्य भएपछि सरकारले सबै क्षेत्र खोलिसकेको भएपनि अन्याय र बिभेदपूर्ण तरिकाले फिल्म हल खोल्न रोक लगाईएकाले स्वास्थ्य मापदण्ड अपनाएर एकतर्फी रुपमा हल खोल्...
विश्वभर ‘क्रिसमस डे’ मनाइदै

विश्वभर ‘क्रिसमस डे’ मनाइदै

बिराटनगर । नेपालसहित विश्वभरका क्रिश्चियन धर्मावलम्वीहरुले आज ‘क्रिसमस डे’ मनाउँदै छन् । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मोत्सवका अवसरमा हरेक वर्ष २५ डिसेम्बरमा क्रिसमस मनाउँने गरिन्छ । क्रिसमसमा येशुको शिक्षा एवं उपदेशको मनन् गर्नुका साथै प्रेम पूर्वक शुभकामना तथा उपहार आदानप्रदान गर्ने चलन छ । देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गरी येशु ख्रीष्टको सम्झना गरिँदैछ । क्रिसमसका अ...
यस्तो छ आजको मौसम पूर्वानुमान

यस्तो छ आजको मौसम पूर्वानुमान

विराटनगर । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मौसम पूर्वानुमान बुलेटिन जारी गरेको छ । महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ । अहिले देशभर मौसम सामान्यतया सफा छ । तराई र पहाडका केहि भू–भागमा हुस्सु र कुहिरो लागेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शुक्रबार दिउँसो देशको पहाडी भू–भागमा आँशिक बदली रहि बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । राती प्रदेश...
प्रधानमन्त्री ओली भारत भ्रमणमा जाने

प्रधानमन्त्री ओली भारत भ्रमणमा जाने

काठमाडौं । संसद् विघटन गरेर तीव्र आलोचनाको पात्र बन्दै आएका प्रधानमन्त्री केपी शर्मा ओलीले यही पुस २० गते भारत भ्रमण गर्ने भएका छन् । चौतर्फी विरोधको सामना गरिरहेका प्रधानमन्त्री ओलीले भारत भ्रमण गर्न लागेको बालुवाटार उच्चस्रोतले जनाएको छ । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी विभाजन भएपछि ओली भारत भ्रमण गर्न लागेका हुन् । भ्रमणका लागि दुवै देशको कूटनीति र राजनीति संयन्त्रसमेत परिचालन भइसकेको बत...
२०७७ पुष १० गते शुक्रबार/आजको राशिफल

२०७७ पुष १० गते शुक्रबार/आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – दिउँसोका तुलनामा बिहानको समय बढी सकारात्मक देखिन्छ । त्यसपछि खर्च स्थानमा चन्द्रमाको प्रवेश हुनेछ । यद्यपि शरीरमा स्फूर्ति, उत्साह र उमङ्ग नै देखिनेछ । छरछिमेकी वा साथीभाइले काममा सहयोग गर्नेछन । अप्ठ्यारामा परेका व्यक्तिको सहयोग गर्दा धन खर्च हुनेछ । शुभकार्य वा दानपुण्यमा मन आकर्षित हुनेछ । रमाइलो र सार्थक यात्राको योग छ । बृष (इ, उ, ए, ओ, बा, बि, बु...
संखुवासभालाई सहिद प्रकाश थापा स्मृति कप भलिवलको उपाधि

संखुवासभालाई सहिद प्रकाश थापा स्मृति कप भलिवलको उपाधि

धनकुटा । संखुवासभाको सभापोखरी गाउँपालिकाको टिमले सहिद प्रकाश थापा प्रथम स्मृति कप गाउँपालिका तथा नगरपालिका स्तरिय भलिवल प्रतियोगिताको उपाधि जितेको छ । धनकुटाको सहिदभूमि गाउँपालिका–१ घंगरुमा सञ्चालित प्रतियोगिताको बिहीबार भएको फाईनल खेलमा साँगुरीगढी गाउँपालिकाको डाँडाबजार टिमलाई हराउँदै संखुवासभाले उपाधि जितेको हो । डाँडाबजारलाई २५–२२, २५–१५, १९–२५, २५–२७ र १५–५ ले हराउँदै संखुवासभाले उपाधिमाथि ...
प्रदेश १ का थप ४६ जनामा कोरोना संक्रमण पुष्टि, ५१५ डिस्चार्ज

प्रदेश १ का थप ४६ जनामा कोरोना संक्रमण पुष्टि, ५१५ डिस्चार्ज

विराटनगर । प्रदेश १ मा बिहिबार ४६ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १७, सुनसरीमा १४, झापामा १२, इलाम, पाँचथर र ओखलढुङ्गामा १/१ जना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङको विराटनगरमा १३, सुन्दरहरैंचा, मिक्लाजुङ, बेलबारी र लेटाङमा १/१, सुनसरीको धरानमा ९, इटहरीमा ३, बराहक्षेत्र र कोशी गाउँपालिकामा १/१ जनामा संक्रमण देखिएको छ । त्यस्तै झापाको दमकमा ११ र...
झापामा हत्या आरोपमा दुई जना पक्राउ

झापामा हत्या आरोपमा दुई जना पक्राउ

झापा । झापाका एक पुरुषको हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका–९ का ४७ बर्षीय बुधलाल किसान र २८ बर्षीय भयङ्कर भनिने भुखन किसान छन् । शुक्रबार आफ्नै घर अगाडि स्थानीय ४२ बर्षीय पुलिस भनिने पर्शुराम गौतम मृत अवस्थामा फेला परेका थिए । गौतमको शरीरमा निल डाम र चोटपटक देखिएको थियो । उनको हत्या भएको हुन सक्ने आशंकामा जिल्ला प्रहरी कार्यालय झापाले अनुसन...
संसद् बिघटनको बिरोधमा नेकपाको प्रचण्ड–नेपाल समूहले आन्दोलन गर्ने

संसद् बिघटनको बिरोधमा नेकपाको प्रचण्ड–नेपाल समूहले आन्दोलन गर्ने

काठमाडौं । संसद बिघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले आन्दोलन गर्ने भएको छ । पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेपछि असन्तुष्ट सो समूहले आन्दोलन गर्ने भएको हो । सो समूहको आज बसेको केन्द्रीय कार्यसमिति बैठकले प्रवक्ता नारायणकाजी श्रेष्ठको नेतृत्वमा आन्दोलन परिचालन समिति गठन गरेको छ । ...
ईलाम र झापाबाट ब्राउनसुगर र ट्याब्लेटसहित चार जना पक्राउ

ईलाम र झापाबाट ब्राउनसुगर र ट्याब्लेटसहित चार जना पक्राउ

बिराटनगर । झापा र ईलामका तीन छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउनसुगर र ट्याब्लेटसहित चार जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय अनारमनी र लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले बिर्तामोड–५ का २१ बर्षीय संजय तामाङलाई २६ ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो । मे.८ प.३४२८ नम्बरको मोटरसाईकलमा सवार तामाङलाई चेकजाँच गर्ने क्रममा उनको साथबाट लागुऔषध बरामद भएको प्रहरीले जनाए...
बिराटनगरमा रुखको हाँगा झार्ने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु

बिराटनगरमा रुखको हाँगा झार्ने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु

मोरङ । बिराटनगरमा रुखको हाँगा झार्ने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा बिराटनगर महानगरपालिका–१४ महत्तो टोलका ४० बर्षीय धजनलाल महत्तो छन् । बुधवार दिउँसो साढे ३ बजे घर अगाडि रहेको कदमको रुखको हांगा झार्ने क्रममा रुखको हाँगाले बिद्युतको मेन लाईनमा छुँदा महत्तोलाई करेन्ट लागेको हो । करेन्ट लागेर रुखबाट झर्दा उनी गंभीर घाईते भएका थिए । उपचारका लागि कोशी अस्पताल पुर्याई...
पाँचथरमा बञ्चरोले हानेर श्रीमतीको हत्या

पाँचथरमा बञ्चरोले हानेर श्रीमतीको हत्या

पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिका–५ सुभाङका एक युवाले बञ्चरोले हानेर आफ्नै श्रीमतीको हत्या गरेका छन् । सुभाङका ३१ वर्षीय धनबहादुर उभरकोटीले गएराती करिब १ बजे बञ्चरो प्रहार गरेर ३० वर्षीया श्रीमती दुर्गामायाको हत्या गरेका हुन् । बञ्चरो प्रहारबाट दुर्गामायाको टाउकोमा गंभीर चोट लागेको अवस्थामा घरमै शव फेला परेको हो । घटनापछि धनबहादुर फरार रहेकाले उनको खोजी भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएक...
धनकुटामा बसले किच्दा महिलाको मृत्यु

धनकुटामा बसले किच्दा महिलाको मृत्यु

धनकुटा । धनकुटा नगरपालिका–७ जिरोपईन्टस्थित कोशी राजमार्गमा बिहिबार बिहान बसले किच्दा एक महिलाको मृत्यु भएको छ । बिहान करिब साढे ८ बजे धरानबाट भोजपुरतर्फ जाँदै गरेको को.१ ख.४०७४ नम्बरको यात्रुबाहक बसले किच्दा धनकुटा–९ रुद्रवारीकी करिब ४५ बर्षीया गुणा राईको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृतक राई धनकुटाको विहिबारे हटिया जान रुद्रवारीबाट सोही बसमा चढेर आएकी थिईन् । बसबाट उत्रिएपछि...
वकिलले अन्तरिम आदेश मागे, प्रधानन्यायाधीशले हाँसेर टारे

वकिलले अन्तरिम आदेश मागे, प्रधानन्यायाधीशले हाँसेर टारे

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धी निवेदनहरूको प्रारम्भिक सुनुवाइ गरी सबै रिटलाई संवैधानिक इजलासमा पठाउने आदेश गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले सबै निवेदनलाई संवैधानिक इजलासमा पठाउने आदेश गरेको हो । वरिष्ठ अधिवक्ताले अल्पकालीन आदेश माग गरे पनि प्रधानन्यायाधीश राणाले अस्वीकार गर्दै संवैधानिक इजलासमा सुनुवाइ हुने आदेश गरे । प्रधानमन्त्री केपी शर्मा ओ...
२०७७ पुष ९ गते बिहिबार/आजको राशिफल

२०७७ पुष ९ गते बिहिबार/आजको राशिफल

बि.सं.२०७७ साल पुष ९ गते बिहिबार ई. सं. २०२० डिसेम्वर २४ नेपाल सम्बत ११४१ थिंलाथ्व दशमी, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, मार्ग शुक्ल दशमी, चन्द्रमा मेष राशिमा, अश्रिनी नक्षत्र ७ः.४९ सम्म त्यसपछि अश्रिनी नक्षत्र, परिधि योग १ः५१ सम्म त्यसपछि शिव योग, तैतल करण १०ः१४ सम्म त्यसपछि वणिज करण । नेपालमा सूर्योदय बिहान ०६ः५२ बजे, सूर्यास्त साँझ ५ः१६ बजे हुनेछ । आज जन्म लिने बच्चाको मेष ...
प्रदेश १ मा थपिए ३२ कोरोना संक्रमित, २८६ डिस्चार्ज

प्रदेश १ मा थपिए ३२ कोरोना संक्रमित, २८६ डिस्चार्ज

विराटनगर । प्रदेश १ मा बुधबार ३२ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १९, झापामा ६, सुनसरीमा ५, तेह्रथुम र इलाममा १/१ जना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङको विराटनगरमा १३, रतुवामाई र धनपालथानमा २/२, रंगेली र बेलबारीमा १/१ जनामा संक्रमण देखिएको छ । त्यस्तै झापाको दमक र शिवसताक्षीमा २/२, गौरादह र मेचीनगरमा १/१, सुनसरीको धरानमा २, इटहरी, भोक्राहानरसिं...
धनकुटामा वेवारिसे शव भेटियो

धनकुटामा वेवारिसे शव भेटियो

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ स्थित काम्फेकमा आज बिहान एक बृद्धको शव फेला परेको छ । बिहान करिब ७ बजे भेडेटार–राजारानी सडक खण्डमा वेवारिसे शव फेला परेको हो । तराई मूलको जस्तो देखिने करिब ६०/६५ बर्षीय बृद्धको वेवारिसे शव भेटिएको धनकुटाका प्रहरी प्रमुख गोविन्द अधिकारीले जानकारी दिए । उनका अनुसार श्यामलो वर्णको, पातलो शरीर भएको, लामो दाह्री जुंगा कपाल, सेतो फुलेको, उनीको सेतो धर्का भएको...
आफूले रोजेको केटासँग विवाह नगर्दा दाजुले गरे बहिनीको हत्या

आफूले रोजेको केटासँग विवाह नगर्दा दाजुले गरे बहिनीको हत्या

खोटाङ । आफैँले रोजेको केटासँग प्रेम विवाह गर्दा साकेला गाउँपालिका–१ बाँझेच्यान डाँडास्थित सेखुवाकी २६ वर्षीया सकुन्तला राईको हत्या भएको छ । पटक-पटक आफूले रोजेको केटासँग विवाह गर्न आग्रह गर्दै आएका ठूूलो बुबाका छोरा सञ्जीव राईले बहिनी सकुन्तलाको हत्या गरेको खुलासा भएको हो । करिब सात वर्षदेखि प्रेम सम्बन्धमा रहेकी सकुुन्तलाले शुक्रबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाका २६ वर्षीय ...
धनकुटामा संसद् विघटनको विरोधमा जनता समाजवादीले गर्यो प्रदर्शन

धनकुटामा संसद् विघटनको विरोधमा जनता समाजवादीले गर्यो प्रदर्शन

धनकुटा । संसद् विघटनको विरोधमा जनता समाजवादी पार्टीले धनकुटामा विरोध प्रदर्शन गरेको छ । असंवैधानिक रुपमा संसद् विघटन गरिएको भन्दै समाजवादीका नेता कार्यकर्ताले जिल्ला सदरमुकाममा विरोध जुलुश प्रदर्शन गरेका हुन् । कालो व्यानरसहित प्लेकार्ड र झण्डा बोकेर निश्किएका नेता कार्यकर्ताले सरकारको कदम विरुद्ध नारावाजी गरेका छन् । बसपार्कस्थित पार्टी कार्यालयबाट सुरु भएको जुलुश बीचबजार, भीमसेनथान, भीमनारायण...
धनकुटाका क्यान्सरपीडितलाई कतारबाट सहयोग

धनकुटाका क्यान्सरपीडितलाई कतारबाट सहयोग

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका–५ स्थित बज्रमाईका क्यान्सरपीडित जुद्धबहादुर खड्काको उपचारका लागि कतारमा रहेका नेपालीहरुले ४० हजार आर्थिक सहयोग गरेका छन् । बैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेका धनकुटेलीहरुले आर्थिक सहयोग संकलन गरी क्यान्सरपीडित खड्काको उपचारमा सहयोग गरेका हुन् । कतारमा रहेका फणिन्द्र बस्नेत, किशोर बस्नेत, डालेश्वर ढुंगाना लगायतले त्यहाँ रहेका नेपालीहरुबाट सहयोग संकलन गरेर...
मोरङबाट लागुऔषधसहित तीन जना पक्राउ

मोरङबाट लागुऔषधसहित तीन जना पक्राउ

मोरङ । मोरङका दुई स्थानबाट लागुऔषधसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । लागुऔषधसहित मोरङको रतुवामाई नगरपालिका–२ बाट दुई जना र बिराटनगर महानगरपलिका–१६ बाट एक जना पक्राउ परेका हुन् । ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको टोलीले मंगलवार साँझ रतुवामाई–२ डोरीयाबाट उर्लावारी नगरपालिका–७ का ३० बर्षीय नयन काजी राई र रतुवामाई–५ का २१ बर्षीय धिरज पोखरेललाई पक्राउ गरेको हो । उनीहरुको साथबाट नाईट्राभे...
बेलायतमा देखियो कोरोनाको नयाँ स्वरुप, नेपाल आउँन रोक

बेलायतमा देखियो कोरोनाको नयाँ स्वरुप, नेपाल आउँन रोक

काठमाडौँ । बेलायतमा नयाँ स्वरुपमा देखिएको कोरोना भाइरस तीव्र रुपमा फैलिएपछि नेपाल सरकारले बेलायतबाट नेपाल आउँनेलाई प्रवेशमा रोक लगाएको छ । कोभिड नियन्त्रणसम्बन्धी उच्चस्तरीय निर्देशक समितिको मंगलबार बसेको बैठकले बेलायतबाट नेपाल आउनेहरुलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको हो । अन्य देशबाट बेलायतको ट्रान्जिट हुँदै नेपाल आउनसमेत रोक लगाईएको छ । पुस १ गते यता नेपाल आएकाहरुलाई पनि अनिवार्य रुपमा ७ द...
पाँच महिनामा ६ हजार पर्यटक, घर फर्किए डेढ लाख नेपाली

पाँच महिनामा ६ हजार पर्यटक, घर फर्किए डेढ लाख नेपाली

काठमाडौं । चालु आर्थिक वर्ष २०७७(७८ को मंसिरसम्म हवाई मार्गबाट ६ हजार २ सय ८० जना पर्यटक नेपाल भित्रिएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन विभागका अनुसार नेपाल भित्रिने मध्ये अमेरिकी नागरिकको संख्या अधिक छ । विभागका अनुसार पाँच महिनामा अमेरिकाबाट १ हजार ३१७ जना पर्यटक नेपाल भित्रिएका छन् । त्यसपछि बेलायतबाट ९०१ जना पर्यटक नेपाल आएका छन् । चीनबाट सो अवधिमा ५ सय ७६ र भारतबाट...
२०७७ पुष ८ गते बुधबार/आजको राशिफल

२०७७ पुष ८ गते बुधबार/आजको राशिफल

बि.सं.२०७७ साल पुष ८ गते बुधबार ई. सं. २०२० डिसेम्वर २३ नेपाल सम्बत ११४१ थिंलाथ्व नवमी, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, मार्ग शुक्ल नवमी, चन्द्रमा मीन राशिमा ४ः४४ सम्म त्यसपछि मेष राशिमा, रेवती नक्षत्र ४ः.४५ सम्म त्यसपछि अश्रिनी नक्षत्र, वरियन योग १२ः५९ सम्म त्यसपछि परिधि योग, बालव करण ६ः३१ सम्म त्यसपछि तैतल करण । नेपालमा सूर्योदय बिहान ०६ः५२ बजे, सूर्यास्त साँझ ५ः१५ बजे हुनेछ...
प्रचण्ड-नेपाल समूहको निर्णय: माधव नेपाललाई अध्यक्ष, केपी ओलीलाई कारबाही

प्रचण्ड-नेपाल समूहको निर्णय: माधव नेपाललाई अध्यक्ष, केपी ओलीलाई कारबाही

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले बरिष्ठ नेता माधव कुमार नेपाललाई पार्टी अध्यक्षमा चयन गरेको छ । बबरमहलस्थित कार्की ब्याङक्वेटमा बसेको बैठकले वरिष्ठ नेता झलनाथ खनालको प्रस्तावमा नेपाललाई अध्यक्ष चयन गरेको हो । नेकपामा दुई अध्यक्ष हुँने विधान अनरुप नेपाललाई पनि अध्यक्ष बनाईएको हो । यो समूहको निर्णयसँगै अब नेकपाको अध्यक्षमा पुष्पकमल दाहाल र नेपाल दुई अध्यक्ष भएका ...
पाख्रीवासका राईको ‘ट्रान्जिट’ विमोचन

पाख्रीवासका राईको ‘ट्रान्जिट’ विमोचन

धनकुटा । धनकुटाको पाख्रीवासका युवा साहित्यकार चकेन्द्र राईद्वारा लिखित ट्रान्जिट उपन्यास विमोचन गरिएको छ । मोरङको केरावारी–२ जेफाले फेदी विहिवारे वजारमा एक कार्यक्रमकाबीच उपन्यास विमोचन गरिएको हो । जेफाले साहित्यिक डबली केरावारीले आयोजना गरेको कार्यक्रममा वडाध्यक्ष धनवहादुर लिम्वु, धनकुटाका पत्रकार संजयसन्तोषी राई, युवा साहित्यकार राज मांङ्गलक, प्रकाश दिप्साली र केरावारी साहित्य कला विकास केन्द...
प्रदेश १ मा ५८ कोरोना संक्रमित थपिए, सय डिस्चार्ज

प्रदेश १ मा ५८ कोरोना संक्रमित थपिए, सय डिस्चार्ज

विराटनगर । प्रदेश १ मा मंगलबार ५८ जना कारोनो संक्रमित थपिएका छन् । मोरङमा ३३, सुनसरीमा १८, झापामा ३, उदयपुर र तेह्रथुममा २/२ जना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङको विराटनगरमा २३, बुढीगंगामा ४, बेलबारी, कानेपोखरी, रंगेली, धनपालथान, कटहरी र सुनबर्षीमा १/१ जनामा संक्रमण देखिएको छ । त्यस्तै सुनसरीको धरानमा ११, इटहरीमा ३, इनरुवा, गढी, दुहवी र रामधुनीमा १/१...
error: Content is protected !!