संगालोखबर सम्वाददाता

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धनकुटाका सचिव ऋषिराम ढुंगानाले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेर जनताको आशा र भरोसामाथि कुठाराघात गरेको आरोप लगाएका छन् ।

Advertisement

निर्वाचित जनप्रतिनिधिमूलक सर्वोच्च संस्था संसद् विघटन गर्नु नेपाली कम्युनिष्ट आन्दोलनको मर्म, भावना र उद्देश्य विपरित रहेको सचिव ढुंगानाको ठहर छ । व्यक्तिवादी अहंकारी ढंगले प्रधानमन्त्रीले देशघाती, जनघाती र वर्गघाती काम गरेको भन्दै सचिव ढुंगानाले मूलुक, जनता, पार्टी र आन्दोलनप्रतिको उत्तरदायित्व सम्झेर अविलम्व सच्याउँन आग्रहसमेत गरेका छन् ।

‘ऐतिहासिक राजनीतिक क्रान्ति र परिवर्तनवाट प्राप्त संविधानमाथि गरिएको यो कार्य अलोकतान्त्रिक, गैरसंवैधानिक, पश्चगामी मात्र नभएर नेकपाका तमाम नेता कार्यकर्ता, समर्थक, शुभेच्छुक र आम नेपाली जनताको आशा र भरोसामाथिको कुठाराघात एवम् २००६ सालदेखि निरन्तर जारी योगदान र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रमाथिको निर्मम प्रहार गरेको हाम्रो ठहर छ ।’ पार्टीको तर्फबाट सचिव ढुंगानाले सोमबार जारी गरेको अपिल पत्रमा भनिएको छ–‘पार्टीको महाधिवेशनपछि सर्वोच्च अंगको रुपमा रहेको केन्द्रिय कमिटीले गर्ने निर्णयहरुको सम्मान, आत्मसाथ र कार्यान्वयन गर्दै नेपाली कम्युनिष्ट आन्दोलनको मर्म, भावना र उद्देश्य अनरुप दृढताका साथ उभिन आम नेता, कार्यकर्ताहरु र सवै तहका जनप्रतिनिधिसमक्ष हार्दिक अनुरोध गर्दछौ ।’

विषम परिस्थितिमासमेत कम्युनिष्ट पार्टी, समाजवादी क्रान्ति, सामाजिक आर्थिक रुपान्तरण, आमूल परिवर्तन र राष्ट्रिय समृद्धि प्रतिको आफ्नो दायित्व बोध अक्षुण राख्दै पार्टी र आन्दोलन प्रति सतिसाल झै बन्न पनि सचिव ढुंगानाले सम्बद्ध सवैमा अपिल गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!