संगालोखबर सम्वाददाता

काठमाडौं । संसद विघटनको विरोध गर्दै सात जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव कुमार नेपाल निकट मन्त्रीहरुले अपरान्ह साढे ४ बजे सामूहिक राजीनामा दिएका हुन् ।

Advertisement

सिंहदरबारमा रहेको विकास समितिको हलमा पत्रकार सम्मेलन गरेर पर्यटनमन्त्री योगेश भट्टराई, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, वनमन्त्री शक्ति बस्नेत, खानेपानीमन्त्री विना मगर, उर्जामन्त्री वर्षमान पुन, श्रममन्त्री रामेश्वर राय यादव र कृषिमन्त्री घनश्याम भुसालले राजीनामा दिएका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!