संगालोखबर सम्वाददाता

विराटनगर । प्रदेश १ मा शुक्रबार ३८ जना संक्रमित थपिएका छन् । झापामा १२, मोरङमा १०, सुनसरीमा ९, इलाममा ३, संखुवासभामा २, भोजपुर र सोलुखुम्वुमा जना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Advertisement

मन्त्रालयका अनुसार झापाको दमक र विर्तामोडमा ३/३, गौरादहमा २, कनकाई, बाह्रदशी, मेचीनगर र स्थानीय तह नखुलेका १/१ जनामा संक्रमण देखिएको छ । त्यस्तै मोरङको विराटनगरमा ७, कानेपोखरी, उर्लाबारी र बेलबारीमा १/१, सुनसरीको धरानमा ९ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो ।

यता, इलामको इलाम नगरपालिका, माई र चुलाचुलीमा १/१, संखुवासभाको खाँदबारीमा २, भोजपुरको भोजपुरमा १ र सोलुखुम्वुको माप्यदुधकोशीमा १ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २९ हजार ६१४ पुगेको छ । जसमध्ये २६ हजार ७१० संक्रमित निको भईसकेका छन् ।

प्रदेश १ मा आज ४१५ जना कोरोना संक्रमित निको भएका छन् । होम आईसोलेनमा रहेका ३९९ जना संक्रमित निको भएका हुन् । त्यस्तै इलाम अस्पताबाट ८, विराट मेडिकल कलेजबाट ६ र मेची अस्पतालबाट १ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!