संगालोखबर सम्वाददाता

विराटनगर । प्रदेश १ मा बुधबार ३२ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १९, झापामा ६, सुनसरीमा ५, तेह्रथुम र इलाममा १/१ जना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Advertisement

मन्त्रालयका अनुसार मोरङको विराटनगरमा १३, रतुवामाई र धनपालथानमा २/२, रंगेली र बेलबारीमा १/१ जनामा संक्रमण देखिएको छ । त्यस्तै झापाको दमक र शिवसताक्षीमा २/२, गौरादह र मेचीनगरमा १/१, सुनसरीको धरानमा २, इटहरी, भोक्राहानरसिंह र कोशी गाउँपालिकामा १/१ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो ।

यता, तेह्रथुमको फेदाप र इलामको सुर्योदयमा १/१ जनामा पनि संक्रमण देखिएको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २९ हजार ५२४ पुगेको छ । जसमध्ये २५ हजार ७८१ ज्ना संक्रमित निको भईसकेका छन् ।

प्रदेश १ मा आज २८६ जना कोरोना संक्रमित निको भएका छन् । होम आईसोलेसनमा रहेका २८३ संक्रमित निको भएका हुन् । त्यस्तै विराट मेडिकल कलेजबाट ३ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!