मोरङ । बिराटनगरमा रुखको हाँगा झार्ने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा बिराटनगर महानगरपालिका–१४ महत्तो टोलका ४० बर्षीय धजनलाल महत्तो छन् ।
बुधवार दिउँसो साढे ३ बजे घर अगाडि रहेको कदमको रुखको हांगा झार्ने क्रममा रुखको हाँगाले बिद्युतको मेन लाईनमा छुँदा महत्तोलाई करेन्ट लागेको हो । करेन्ट लागेर रुखबाट झर्दा उनी गंभीर घाईते भएका थिए ।
उपचारका लागि कोशी अस्पताल पुर्याईएका उनको उपचारकै क्रममा राती करिब साढे ८ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।