संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिका–५ सुभाङका एक युवाले बञ्चरोले हानेर आफ्नै श्रीमतीको हत्या गरेका छन् । सुभाङका ३१ वर्षीय धनबहादुर उभरकोटीले गएराती करिब १ बजे बञ्चरो प्रहार गरेर ३० वर्षीया श्रीमती दुर्गामायाको हत्या गरेका हुन् ।

बञ्चरो प्रहारबाट दुर्गामायाको टाउकोमा गंभीर चोट लागेको अवस्थामा घरमै शव फेला परेको हो । घटनापछि धनबहादुर फरार रहेकाले उनको खोजी भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । राती स्थानीयबासीले घटना थाहा पाएर खबर गरेपछि प्रहरी बिहान घटनास्थल पुगेर थप अनुसन्धान भईरहेको पाँचथरका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक डम्बर विश्वकर्माले संगालोखबरलाई जानकारी दिए ।

Advertisement

हत्याको कारण खुल्न सकेको छैन । धनबहादुरले मादक पदार्थ सेवन गरी घर आएको स्थानीयवासीले बताएका छन् । मृतकका दुई छोरा छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!