संगालोखबर सम्वाददाता

काठमाडौं । संसद् विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले आन्दोलन थालेको छ । सशक्त आन्दोलन गर्ने केन्द्रीय कमिटिको निर्णय अनुसार शुक्रबार काठमाडौंको माईतीघर मण्डलामा भेला भएका सयौं नेता कार्यकर्ताले जुलुश प्रदर्शन गरेका छन् ।

Advertisement

प्रदर्शनलाई नेकपाका अध्यक्ष पुष्पमकमल दाहाल, अर्का अध्यक्ष माधव कुमार नेपाल, बरिष्ठ नेता झलनाथ खनाल लगायतले नेतृत्व गरेका छन् । नेताहरु ‘हामी यहाँ छौं’ लेखिएको प्लेकार्डसहित प्रदर्शनमा उत्रिएका छन् । जुलुशसँगै उनीहरु आफ्नो पक्षका सांसदको टोलीसहित निर्वाचन आयोगको कार्यालय पुगेका थिए । उनीहरुले आयोगमा पुगेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र सूर्य चिन्हको आधिकारिकता आफुहरुमा रहेको जानकारी गराएका छन् ।

यो समूहले आफूहरु आधिकारिक भएको दाबीसहित बहुमत केन्द्रीय सदस्यहरुको हस्ताक्षर यसअघि नै निर्वाचन आयोगमा बुझाइसकेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि अनुशासनको कारवाही गरिएको, नयाँ अध्यक्षमा माधवकुमार नेपाललाई नियुक्ति गरिएको जानकारी दिइसकेका छन् ।

यता, ओली समूहले पनि आफ्नो समूह आधिकारिक रहेको दावी गर्दै आयोगमा कागजात बुझाइसकेको छ । प्रधानमन्त्री ओलीले संसद् विघटन गराएको बिरोधमा प्रचण्ड–नेपाल समूहले देशव्यापी आन्दोलन गर्ने बिहिबार नै घोषणा गरिसकेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!