संगालोखबर सम्वाददाता

विराटनगर । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मौसम पूर्वानुमान बुलेटिन जारी गरेको छ । महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ ।

Advertisement

अहिले देशभर मौसम सामान्यतया सफा छ । तराई र पहाडका केहि भू–भागमा हुस्सु र कुहिरो लागेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शुक्रबार दिउँसो देशको पहाडी भू–भागमा आँशिक बदली रहि बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । राती प्रदेश नं १ मा आँशिक बदली रहि बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

आगामी २४ घण्टामा चिसो रहिरहने तथा तराई र पहाडि भू–भागका केही स्थानमा बिहानीपख हुस्सु र कुहिरोको कारणले वायुको पारदर्शितामा कमी हुन गई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!