प्रदेश १ को हिउँदे अधिवेशनको पहिलो बैठक स्थगित

प्रदेश १ को हिउँदे अधिवेशनको पहिलो बैठक स्थगित

बिराटनगर । प्रदेश १ को हिउँदे अधिवेशनको पहिलो बैठक केही बेर बसेर स्थगित भएको छ । आज दिउँसो दुई बजे बैठक बोलाइएको थियो । बैठकमा प्रदेश प्रमुखले अधिवेशन आह्वान गरेको पत्र पढेर बैठक स्थगित गरिएको हो । प्रदेश प्रमुखको पत्र वाचन गरेपछि सभामुखले बैठक स्थगित भएको जानकारी गराए । करिब तीन मिनेट मात्र बसेर बैठक स्थगित भएको हो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केपी ओली पक्ष र प्रचण्ड–नेपाल पक्ष एक अर्क...
विद्यार्थीलाई युवाहरुको सहयोग

विद्यार्थीलाई युवाहरुको सहयोग

विराटनगर । राजी मसला उद्योगका सञ्चालक सुमन प्रसाई नेतृत्वका युवाहरुले विराटनगर–१८ खोक्साहास्थित जनता आधारभूत विद्यालयका छात्रछात्रालाई खेलकुद तथा शैक्षिक सामाग्री वितरण गरेका छन् । युवाहरुले विद्यालयका ३ सय ९६ छात्रछात्राहरुलाई कपी, पेन्सिल, खेलकुद सामाग्री तथा बस्ने म्याट लगायत वितरण गरेका हुन् । विकास र प्रगतिको मामिलामा पछि परेको सो विद्यालयको शैक्षिक गुणस्तर सुधार ल्याउने उद्देश्यले सामाग्र...
महालक्ष्मीमा ओली निकट नेकपाको भेला

महालक्ष्मीमा ओली निकट नेकपाको भेला

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाको केन्द्र जितपुरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केपी ओली समूहले भेला आयोजना गरेको छ । ओली निकट महालक्ष्मी नगर कमिटीको आयोजनामा अगुवा कार्यकर्ता भेला गरिएको हो । पार्टीका केन्द्रिय सदस्य एवं जिल्ला अध्यक्ष राजेन्द्र राई, केन्द्रिय सदस्य टिकाराम चेम्जोङ्ग, प्रदेश सांसद एवं पार्टीका प्रदेश कमिटी सदस्य इन्द्रमणी पराजुली, प्रदेश कमिटी सदस्य गणेश राई, महाल...
२०७७ माघ ७ गते बुधबारको राशिफल

२०७७ माघ ७ गते बुधबारको राशिफल

बि.सं.२०७७ साल माघ ७ गते बुधबार ई. सं. २०२१ जनवरी २० नेपाल सम्बत ११४१ पोहेलाथ्व सप्तमी, प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, शिशिर ऋतु, पुष शुक्ल सप्तमी, चन्द्रमा मीन राशिमा १२ः ४९ सम्म त्यसपछि मेष राशीमा, रेवती नक्षत्र १२ः५० सम्म त्यसपछि अश्रिनी नक्षत्र,सिद्ध योग ७ः४१ सम्म त्यसपछि साध्य योग, वणिज करण १ः३२ सम्म त्यसपछि बव करण । नेपालमा सूर्योदय बिहान ०६ः५५ बजे, सूर्यास्त साँझ ५ः३६ बजे हुनेछ । आ...
कृषिको व्यवसायिकरणका लागि सहकारी क्षेत्रलाई विकास गर्नुपर्छ: राज्यमन्त्री मगर

कृषिको व्यवसायिकरणका लागि सहकारी क्षेत्रलाई विकास गर्नुपर्छ: राज्यमन्त्री मगर

विराटनगर । प्रदेश १ का भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगरले कृषि व्यवसायिकरणका लागि सहकारी क्षेत्रलाई प्रवद्र्धन गर्नुपर्ने बताएका छन् । प्रदेश सरकारको राज्यमन्त्रीका रुपमा कार्यभार सम्हालेको एक वर्ष पुरा भएको अवसरमा वर्षभरि सम्पादन गरिएका प्रमुख कामको जानकारी दिन आयोेजित कार्यक्रममा बोल्दै राज्यमन्त्री मगरले यस्तो बताएका हुन् । उनले कृषिको व्यवसायीकरणमा सहकारीको महत्वपूर्...
दुहवीमा माइक्रो र मोटरसाइकल ठोक्किदा तीन जनाको मृत्यु, ८ घाइते

दुहवीमा माइक्रो र मोटरसाइकल ठोक्किदा तीन जनाको मृत्यु, ८ घाइते

इटहरी । सुनसरीको दुहवी नगरपालिका–१० मा आज दिउँसो माइक्रो र मोटरसाइकल ठक्कर खाँदा तीन जनाको मृत्यु भएको छ । विराटनगरबाट राजबिराजतर्फ जाँदै गरेको माइक्रो र विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो । प्रदेश १–०२–००१ ज ३८६८ नम्बरको माईक्रोले को ३४ प ४६९४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सुनसरीको इनरुवा ३ का बृख मण्डल र माईक्रोका सह–चालक सप्तरीका शंकरकुमार यादवको...
भेडेटारमा बन्दैछ नेपालकै अग्लो बुद्ध मुर्ति

भेडेटारमा बन्दैछ नेपालकै अग्लो बुद्ध मुर्ति

धनकुटा । भेडेटारस्थित छोटी मोरंगमा नेपालकै सबै भन्दा अग्लो बुद्धमुर्ति निर्माण भइरहेको छ । बुद्ध दर्शनको अध्ययन, अनुसन्धान, प्रचार–प्रसार एवं प्रवद्र्धनद्वारा धार्मिक, अध्यात्मिक पर्यटन क्षेत्रको विकास गर्ने उद्देश्यले बुद्धमुर्ति निर्माण थालिएको हो । २०८७ सालमा निर्माण सक्ने गरी ०७२ सालमा थाई राजगुरु सोमदेज फ्रा महामुनीवंश, तत्कालीन सभामुख ओनसरी घर्ति मगर र बर्माका राजदुत यू लुईन ओले बुद्धमुर्...
विर्तामोडका भूपू हवल्दारलाई ‘माननीय ज्यू’ भन्दै माधव कुमार नेपालले गरे फोन

विर्तामोडका भूपू हवल्दारलाई ‘माननीय ज्यू’ भन्दै माधव कुमार नेपालले गरे फोन

विराटनगर । केहीदिन यता विर्तामोड नगरपालिका–४ कृष्णनगर कालिका टोलका डिल्लीमान श्रेष्ठ आफ्नो मोबाइलमा आउने फोनका कारण हैरान छन् । उनले पाएको हैरानी सोही क्षेत्रका सांसद श्रीप्रसाद मैनालीको नम्बरका कारण हो । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेर स्वतन्त्र बस्नेसम्मको घोषणा गरेका प्रदेश सांसद मैनालीको मोबाइल नम्बर संसद सचिवालयको वेवसाइटमा गलत हुँदा धेरैले गर्न...
धनकुटाकी कोरोना संक्रमित बृद्धाको धरानमा मृत्यु

धनकुटाकी कोरोना संक्रमित बृद्धाको धरानमा मृत्यु

धनकुटा । धनकुटाकी कोरोना संक्रमित एक बृद्धाको आज बिहान धरानमा मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत धनकुटा नगरपालिका–४ छारागाउँकी ८५ बर्षीया बृद्धको मृत्यु भएको हो । श्वासप्रश्वासको समस्याले सताएपछि जिल्ला अस्पतालमा उपचारका लागि ल्याइएकी उनलाई त्यहाबाट रेफर गरेर प्रतिष्ठान पठाइएको थियो । पुस १४ गते प्रतिष्ठान भर्ना भएकी बृद्धाको प...
चुनावका लागि एक लाख म्यादी प्रहरी भर्ना गरिने

चुनावका लागि एक लाख म्यादी प्रहरी भर्ना गरिने

काठमाडौं । प्रतिनिधिसभा विघटनपछि घोषित मध्यावधि निर्वाचनका लागि नेपाल प्रहरीले म्यादी प्रहरीमा भर्ना खोल्ने तयारी गरेको छ । सरकारले आगामी १७ र २७ वैशाखका लागि निर्वाचनको मिति तय गरिसकेको अवस्थामा प्रहरीले करिब १ लाखको संख्यामा नबढ्ने गरी म्यादी प्रहरीका लागि भर्ना खोल्ने तयारी गरेको हो । त्यसका लागि प्रहरीले बजेटको मागसहितको सुरक्षा योजनाको प्रारम्भिक खाका बनाइसकेको छ । प्रहरी प्रधान कार्यालयका...
२०७७ माघ ६ गते मंगलबारको राशिफल

२०७७ माघ ६ गते मंगलबारको राशिफल

बि.सं.२०७७ साल माघ ६ गते मंगलबार ई. सं. २०२१ जनवरी १९ नेपाल सम्बत ११४१ पोहेलाथ्व षष्ठी, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, हिउद ऋतु, पुष शुक्ल षष्ठी, चन्द्रमा मीन राशिमा, उत्तरभाद्र नक्षत्र १०ः९ सम्म त्यसपछि रेवती नक्षत्र, शिव योग ७ः०० सम्म त्यसपछि सिद्ध योग, तैतल करण ११ः१६ सम्म त्यसपछि वणिज करण । नेपालमा सूर्योदय बिहान ०६ः५६ बजे, सूर्यास्त साँझ ५ः३५ बजे हुनेछ । आज जन्म लिने बच्चाको मीन राशि...
धनकुटामा १८ बर्षीया युवतीले जन्माइन आन्द्राभुँडी बाहिरै भएको बच्चा

धनकुटामा १८ बर्षीया युवतीले जन्माइन आन्द्राभुँडी बाहिरै भएको बच्चा

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाकी एक युवतीले अस्वभाविक बच्चा जन्माएकी छन् । महालक्ष्मी–७ अर्खौलेकी १८ बर्षीया कोपिला श्रेष्ठले आन्द्राभुँडी बाहिरै भएकी छोरी जन्माएकी हुन् । जितपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा सुत्केरी गराउँन लगिएकी श्रेष्ठले पहिलो सन्तानका रुपमा जन्म दिएको बच्चाको पेटबाट आन्द्राभुडी बाहिर निस्किएको छ । ‘नर्मल डेलिभरी’ भएको भएपनि बच्चा भने अस्वभाविक जन्मिएको प्राथमिक...
कोरोना कहरपछि नोबेलमा पुनः बिना चिरफार निकाल्न थालियो पित्त नलीको ढुंगा

कोरोना कहरपछि नोबेलमा पुनः बिना चिरफार निकाल्न थालियो पित्त नलीको ढुंगा

बिराटनगर । नोबेल शिक्षण अस्पतालमा कोरोना महामारीका कारण स्थगित भएको इआरसीपी उपचार पद्धति पुनः सुरु भएको छ । नौ महिनापछि पुनः इआरसीपी उपचार पद्धतिमार्फत मुखबाट इण्डोस्कोप छिराएर पित्त नलीको ढुंगा निकाल्न थालिएको हो । कोरोना महामारीका कारण गत चैत महिनाबाट इआरसीपी सेवा रोकिएको थियो । तर, अब लकडाउन खुलेर जनजीवन सामान्य बन्दै गएकाले पुनः इआरसीपी विधिबाट पित्त नलीको पथरिया निकाल्न थालिएको नोबेल अस्पत...
तीन सांसदले फिर्ता लिए मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्तावको हस्ताक्षर

तीन सांसदले फिर्ता लिए मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्तावको हस्ताक्षर

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका तीन सांसदले हस्ताक्षर फिर्ता लिएका छन् । प्रचण्ड–नेपाल समूह निकट प्रदेशसभा सदस्य जसमाया गजमेर, गोपालचन्द्र बुढाथोकी र श्रीप्रसाद मैनालीले हस्ताक्षर फिर्ता लिएका हुन् । हस्ताक्षर फिर्ता लिने तीनै जना सांसद झापाका हुन् । उनीहरुले हस्ताक्षर फिर्ता लिएको पत्र प्रदेश सभा सचिवालयमा इमेलमार्फत पठाएका छन् । पत्रम...
झापामा एम्बुलेन्स र अटो ठोक्किदा दुई जनाको मृत्यु

झापामा एम्बुलेन्स र अटो ठोक्किदा दुई जनाको मृत्यु

झापा । झापाको दमकमा आज बिहान एम्बुलेन्स र अटो ठोक्किदा दुई जनाको मृत्यु भएको छ । ट्राफिक प्रहरीका अनुसार पूर्वपश्चिम राजमार्गको दमक– ४ स्थित ताराबारी सडकखण्डमा पूर्वबाट पश्चिम जाँदै गरेको मे १ च १२४६ नम्बरको सुत्केरी बोकेको एम्बुलेन्स र विपरीत दिशाबाट आउँदै गरेको अटो रिक्सा एकापसमा ठोक्किदा दुई जनाको मृत्यु भएको हो । बिहान करिव ९ः४५ बजे भएको सो दुर्घटनामा अटो रिक्साका चालक मोरङको उर्लाबारी नगरप...
सर्दुखोलामा भेटियो युवकको शव

सर्दुखोलामा भेटियो युवकको शव

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–४ सर्दुखोलामा एक युवकको शव फेला परेको छ । रामधुनी नगरपालिका–६ मा बस्दै आएका १९ बर्षीय सुन्दर देवानको शव खोलामा भेटिएको हो । बिराटनगर घर भएका देवान ६ बर्ष अघिदेखि रामधुनी बस्दै आएका थिए । शव भेटिएको जानकारी पाएपछि प्रहरी चौकी भरौलबाट प्रहरी टोली घटनास्थल गएको थियो । मृत्युको कारण खुल्न सकेको छैन । प्रहरीले घटनाको बिषयमा अनुसन्धान गरिरहेको छ ।
सोलुखुम्बुमा भीरबाट टिपर खस्दा तीन जनाको मृत्यु

सोलुखुम्बुमा भीरबाट टिपर खस्दा तीन जनाको मृत्यु

सोलुखुम्बु । सोलुखुम्बुको दुधकुण्ड नगरपालिका–११ स्थित बरडाँडामा गएराती टिपर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् । सोलु सल्लेरीबाट नेचा सल्यानतर्फ जाँदै गरेको बा ४ ख ७९८० नम्बरको टिपर राती करिब ११ः४५ बजे बरडाँडामा भीरबाट खसेको हो । दुर्घटनामा परी टिपर चालक धादिङको थाक्रे गाउँपालिका ३२ वर्षीय कमल मगर, मकवानपुरको बागमती गाउँपालिका–४ का ३३ बर्षीय राजकुमार मगर र सप्...
प्रदेश १ मा सत्तारोहणको बाटोमा काँग्रेस

प्रदेश १ मा सत्तारोहणको बाटोमा काँग्रेस

मोरङ । प्रदेश १ मा अबको सत्ता समिकरणका लागि नेपाली कांग्रेस निर्णायक भएको छ । दुई तिहाई सहितको सरकार सञ्चालन गरिरहेको नेकपा नै दुई समूहमा विभाजित भएपछि प्रतिपक्ष कांग्रेसलाई सत्तारोहणको बाटो प्रशस्त भएको हो । यो सँगै जनताले आफूलाई प्रतिपक्षमा नै बस्ने म्याण्डेड दिएको बताउने कांग्रेस मुख्यमन्त्री नै दावी गर्ने अवस्थामा पुगेको छ । पुष २९ मा कांग्रेसका जिल्ला सभापतिहरुको भेलाले नेकपाको जुन समूहले म...
चुनावमा ८ अर्ब खर्च लाग्ने आयोगको अनुमान

चुनावमा ८ अर्ब खर्च लाग्ने आयोगको अनुमान

काठमाडौं । निर्वाचन आयोगले १७ र २७ वैशाखमा गरी दुई चरणमा हुने गरी तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि करिब ८ अर्ब खर्च लाग्ने अनुमान गरेको छ । आयोगले आइतबार अर्थ मन्त्रालयका सचिवसहितसँग निर्वाचन खर्चबारे छलफल गरेकामा करिब ८ अर्ब खर्च लाग्ने प्रारिम्भक निष्कर्ष निकालेको हो । आयोगले यसपटक कोभिड–१९ लाई समेत मध्यनजर गरेर निर्वाचन तयारी गर्नुपर्ने भएकाले अघिल्ला निर्वाचनमा भन्दा खर्च केही बढ्ने अन...
२०७७ माघ ५ गते सोमबारको राशिफल

२०७७ माघ ५ गते सोमबारको राशिफल

बि.सं.२०७७ साल माघ ५ गते सोमबार ई. सं. २०२१ जनवरी १८ नेपाल सम्बत ११४१ पोहेलाथ्व पञ्चमी, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, पुष शुक्ल पञ्चमी, चन्द्रमा मीन राशिमा, पूर्वभाद्र नक्षत्र ७ः५८ सम्म त्यसपछि उत्तरभाद्र नक्षत्र, परिधि योग ६ः४९ सम्म त्यसपछि शिव योग, बालव करण ९ः३२ सम्म त्यसपछि तैतल करण । नेपालमा सूर्योदय बिहान ०६ः५६ बजे, सूर्यास्त साँझ ५ः३४ बजे हुनेछ । आज जन्म लिने बच्चाको म...
इटहरी उपमहानगरद्वारा विपन्नलाई ओढ्ने वितरण

इटहरी उपमहानगरद्वारा विपन्नलाई ओढ्ने वितरण

इटहरी । इटहरी उपमहानगरपालिकाले विपन्न परिवारलाई कम्वल वितरण गरेको छ । जाडोमा न्यानो प्रदान गर्नका लागि इटहरी–१७ को विपन्न बस्तीका सय जनालाई कम्वल वितरण गरिएको हो । इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरी, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटा र वडा नम्वर १७ का वडाध्यक्ष भगवानलाल साहुले कम्वल वितरण गरेका हुन् । अरु वडाका विपन्न वस्तिमा पनि कम्वल वितरण गरिने वातावरण शाखा प्रमुख पुष्पनाराय...
उपचार गर्न सहयोग माग्दै पूर्व वडाध्यक्ष गौतम

उपचार गर्न सहयोग माग्दै पूर्व वडाध्यक्ष गौतम

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–५ रामबजार निवासी पूर्व वडाध्यक्ष केशव गौतम उपचारका लागि आर्थिक सहयोग माग्दै हिडिरहेका छन् । भोजपुरको षडानन्द नगरपालिका वडा नं. १ स्थित तत्कालिन नेपाले डाँडा पञ्चायत ५ नं. का पूर्व वडाध्यक्ष गौतम अहिले आँखाको दृष्टि फर्काउँन सहयोगको याचना गरिरहेका छन् । तीन दशक अघि जनमत पाएर ५ बर्ष समाजसेवा गरेका गौतमले आँखाको समस्याका कारण २५ बर्षअघिदेखि दुवै आँखाको दृष्टि...
पथरीयाको अप्रेशन गर्दा विरामीको मृत्यु भएपछि अस्पताल तोडफोड

पथरीयाको अप्रेशन गर्दा विरामीको मृत्यु भएपछि अस्पताल तोडफोड

विराटनगर । पित्तथैलीको पथरीयाको शल्यक्रिया गराएका बिरामीको मृत्यु भएपछि विरामीका आफन्तले आइतवार विराटनगर–७ स्थित अवधनारायण मेमोरियल क्लिनिक तोडफोड गरेका छन् । बिरामीको मृत्युपछि क्लिनिकमा ताला लगाएर अस्पतालका जिम्मेवार व्यक्तिहरु हिडेको भन्दै आक्रोशित बिरामीका आफन्तले क्लिनकमा तोडफोड गरेका हुन् । पित्तथैलीको पथरिया फाल्न बेलबारी–८ की ३२ वर्षीया सजना राई पुस २८ गते क्लिनिकमा भर्ना भएकी थिईन् । स...
सुनसरीमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु

सुनसरीमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु

सुनसरी । सुनसरीका दुई छुट्टाछुट्टै स्थानमा गएराती भएका सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । इटहरी उप–महानगरपालिका–२ आपगाछीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिंदा चालकको मृत्यु भएको छ भने बराहक्षेत्र नगरपालिका–१ रानीखोलामा मोटरसाइकल अनियन्त्रीत भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो । धरानबाट इटहरीतर्फ जाँदै गरेको को १ ख ५५२७ नम्बरको ट्रकले बिपरीत दिशाबाट आउँदै गरेको को ३२ प ६७१६ नम्बरको...
इलाममा लकडाउनका बेला दाताबाट संकलित चामल खाल्डोमा

इलाममा लकडाउनका बेला दाताबाट संकलित चामल खाल्डोमा

इलाम । भोकमरीको अन्त्य र खाद्य सुरक्षाको विषयलाई नेपाल सरकारले महत्व दिइरहेको छ तर इलामको सूर्योदय नगरपालिका भने यसमा फितलो देखिएको छ । कोभिड–१९को महामारीका कारण देशभरि भएको लकडाउनको समयमा दाताबाट संकलन गरेका सामाना पर्याप्त वितरण नगरी कुहिने गरी भण्डारण गर्दै नष्ट गरेको छ । नगरले ३५० किलो चामल, २५० किलो दाल र २० प्याकेट नुन नस्ट गरेको जनाएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाशराज पौ...
२०७७ माघ ४ गते आईतबारको राशिफल

२०७७ माघ ४ गते आईतबारको राशिफल

बि.सं.२०७७ साल माघ ४ गते आईतबार ई. सं. २०२१ जनवरी १७ नेपाल सम्बत ११४१ पोहेलाथ्व चतुर्थी, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, पुष शुक्ल चतुर्थी, चन्द्रमा कुम्भ राशिमा १ः३० सम्म त्यसपछि मीन राशिमा, पूर्वभाद्र नक्षत्र, वरियन योग ६ः४६ सम्म त्यसपछि परिधि योग, विष्टि करण ८ः२६ सम्म त्यसपछि बालव करण । नेपालमा सूर्योदय बिहान ०६ः५६ बजे, सूर्यास्त साँझ ५ः३२ बजे हुनेछ । आज जन्म लिने बच्चाको क...
गृहमन्त्रीको धनकुटा यात्रा: आउँदा कालो झण्डा, जाँदा कालो बेलुन

गृहमन्त्रीको धनकुटा यात्रा: आउँदा कालो झण्डा, जाँदा कालो बेलुन

धनकुटा । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ शनिवार धनकुटा आउँदा र फर्कदा विरोध स्वरुप कालो झण्डा र कालो बेलुन देखाइएको छ । नेकपा जिल्ला कमिटी धनकुटाको केपी ओली समूहले आयोजना गरेको कार्यकर्ता भेलालाई संवोधनका लागि धनकुटा आएका गृहमन्त्री थापालाई नेपाल विद्यार्थी संघले कालो झण्डा र नेकपाको प्रचण्ड–माधव नेपाल सम्बद्ध अनेरास्ववियूले कालो बेलुन उडाएर विरोध जनाएको हो । हेलिकप्टरमार्फत नेपाली सेनाको सल्ल...
धनकुटामा गृहमन्त्री थापाले भनेः राजावादीको षड्यन्त्रमा नेकपा फुट्दैछ, एकतावद्ध बन्नुपर्छ

धनकुटामा गृहमन्त्री थापाले भनेः राजावादीको षड्यन्त्रमा नेकपा फुट्दैछ, एकतावद्ध बन्नुपर्छ

धनकुटा । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले राजावादीले नेकपाभित्रका असन्तुष्ट पक्षलाई उक्साएर पार्टी विभाजन गराएको आरोप लगाएका छन् । नेकपा धनकुटाको केपी ओली पक्षले शनिवार जिल्ला सदरमुकाममा आयोजना गरेको बृहत कार्यकर्ता भेलालाई संवोधन गर्दै थापाले पार्टी विभाजन हुँनुमा राजावादीको मूख्य भूमिका रहेको आरोप लगाएका हुन् । राजावादीहरुकै षड्यन्त्रका कारण नेकपाभित्र विवाद निम्तिएको थापाको दावी छ । ‘जब ह...
विराटनगरका आठ पत्रकारलाई कोरोना योद्धा सम्मान

विराटनगरका आठ पत्रकारलाई कोरोना योद्धा सम्मान

विराटनगर । विराटनगरका आठ जना पत्रकार सम्मानित भएका छन् । विराटनगर–१५ स्थित रानी मकर्जमा लियो डिस्ट्रिक काउन्सिल ३२५ ए वनले आयोजना गरेको शैक्षिक सामाग्री वितरण कार्यक्रममा पत्रकारहरुलाई कोरोना योद्धा सम्मान पत्र–२०२१ द्वारा सम्मानित गरिएको हो । सम्मानित हुनेमा मकालु टेलिभिजनका बरिष्ठ संवाददाता नविन कर्ण, न्यु सृष्टि दैनिकका प्रधान सम्पादक शंकर खरेल, उद्घोष दैनिकका जितेन्द्र ठाकुर, आवर विराटनगरका...
धनकुटामा गृहमन्त्रीलाई देखाइयो कालो झण्डा

धनकुटामा गृहमन्त्रीलाई देखाइयो कालो झण्डा

धनकुटा । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई शनिवार धनकुटामा कालो झण्डा देखाइएको छ । नेकपा जिल्ला कमिटी धनकुटाको केपी ओली समूहले आयोजना गरेको कार्यकर्ता भेलालाई संवोधनका लागि धनकुटा आएका गृहमन्त्री थापालाई नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघले कालो झण्डा देखाएको हो । हेलिकप्टरमार्फत नेपाली सेनाको सल्लेरी व्यारेकमा उत्रिएर त्रिवेणी स्कूलस्थित कार्यक्रम स्थलतर्फ जाँदै गर्दा भीमनारायण चौक न...
विराटनगरवाट लागुऔषधसहित एक जना पक्राउ

विराटनगरवाट लागुऔषधसहित एक जना पक्राउ

मोरङ । बिराटनगर–१६ स्थित नेपाल–भारत सीमा क्षेत्रवाट प्रतिवन्धित लागुऔषधसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङको सुन्दरहरैंचा–६ का २८ बर्षीय आशिस मगर छन् । बिशेष सुराकका आधारमा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले मगरलाई शुक्रवार साँझ करिब ६ बजे पक्राउ गरेको हो । उनको साथबाट लुपिजेसिक ११ एम्पुल, डाईजापाम ११ एम्पुल, एभिल ११ एम्पुल, फेनारगन ११ एम्पुल र नाईट्राभेट ४५ ट्या...
error: Content is protected !!