
धनकुटा । धनकुटा नगरपालिका–३ कागतेमा आइतवार दिउँसो बोलेरो जीप दुर्घटना भएको छ । संखुवासभाबाट इटहरी जाँदै गरेको को १ ज ३२७३ नम्बरको जीप दिउँसो करिब १ बजे सडकबाट पल्टिएको हो ।

दुर्घटनामा मानवीय क्षती भने भएको छैन । जीपमा ६ जना यात्रु सवार थिए । उनीहरु सबै सकुसल छन् । ब्रेक फेल भएर जीप पल्टिएको प्रहरीले जनाएको छ । धनकुटामा केही दिनयता दैनिकजसो सवारी दुर्घटना भइरहेका छन् ।















