संगालोखबर सम्वाददाता
फाइल तस्वीर

धनकुटा । खसी चोरेर बेच्न लैजादै गरेको अवस्थामा धनकुटाको भेडेटारबाट दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटाको पाख्रीवास नगरपालिका–२ सान्नेका २३ बर्षीय संजिव तामाङ र १९ बर्षीय सुमन तामाङ छन् ।

सान्नेका मानबहादुर पौडेलका चार वटा खसी चेरेर बिक्रि गर्न तराईतर्फ लैजादै गरेको अवस्थामा शनिवार बिहान भेडेटारबाट उनीहरुलाई पक्राउ गरिएको धनकुटाका प्रहरी प्रमुख गोविन्द अधिकारीले जानकारी दिए । ‘खसी चोरी भएको खबर आएपछि हामीले सम्भावित क्षेत्रमा निगरानी बढाएका थियौं,’ एसपी अधिकारीले संगालोखबरसँग भने, ‘हिलेबाट ट्रकमा हालेर लैजादै गरेको अवस्थामा भेडेटारमा फेला परेर नियन्त्रणमा लिएका छौं ।’

Advertisement

घर नजिक गोठमा बाँधेको अवस्थामा शुक्रबार राती अधिकारीका १५ देखि २५ किलो तौलका चार वटा खसी चोरी भएका थिए । खसी चोरेर राती नै गाउँ कटाई शनिवार बिहान तराई झर्ने ट्रकमा हिलेबाट खसी ‘लोड’ गरी लैजादै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!