संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ सिमसुवामा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । धरानबाट धनकुटा आउँदै गरेको प्रदेश १–०६–००१ प ००५८ नम्बरको मोटरसाइकल शुक्रबार राती करिब १० बजे दुर्घटना भएको हो ।

Advertisement

दुर्घटनामा परी धनकुटा नगरपालिका–३ कागतेका ३० बर्षीया जानुका कार्की र २५ बर्षीय गजेन्द्र कार्की घाइते भएको प्रहरीले जनाएको छ । जानुका र गजेन्द्र दिदी–भाई हुन् । जानुका इटहरी बस्दै आएकी छन् । गजेन्द्र कामको सिलसिलामा धरान झरेका थिए । जानुका धरान आएर भाइसँगै मोटरसाइकलमा धनकुटा आउँदै गर्दा दुर्घटना भएको हो ।

घाइते दुवै जनाको विराटनगरस्थित विराट नर्सिङ्ग होममा उपचार भइरहेको छ । जानुकाको अवस्था गंभीर छ । टाउकोसहित शरिरका बिभिन्न भागमा चोट लागेर अचेत अवस्थामा रहेकी उनको आईसीयूमा राखेर उपचार भइरहेको छ । गजेन्द्रको अवस्था भने सामान्य छ ।

सडकमा थुपारिएको वालुवामा चिप्लिएर मोटरसाइकल दुर्घटना भएको बताइएको छ । वालुवामा चिप्लिएर मोटरसाइकल पल्टिँदा जानुका रोडमा पछारिएकी थिइन् भने गजेन्द्र वालुवाको थुप्रोमा परेका थिए ।

वालुवामा परेका कारण गजेन्द्रको शरिरका बिभिन्न भागमा सामान्य चोटपटक लागेको छ भने सडकमा पछारिएकी जानुकाको अनुहार, टाउको लगायत शरिरका बिभिन्न भागमा चोट छ ।

अपडेट : भाईले चलाएको मोटरसाइकल दुर्घटना हुँदा घाइते भएकी दिदीको मृत्यु

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!