- संगालोखबर सम्वाददाता

काठमाडौं । २०७२ सालको विनासकारी भूकम्पले भत्काएको काठमाडौंको सुन्धारास्थित धरहरा पुननिर्माणपछि शनिवार उद्घाटन गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा परिषरमा आयोजित एक कार्यक्रमकाबीच २२ तले धरहरा उद्घाटन गरेका हुन् ।

०७२ वैशाख १२ गतेको भूकम्पले ९ तले धरहरा भत्किएको थियो । सोही धरहराको स्वरुपमा अहिले तीन अर्ब ४८ करोड खर्चिएर २२ तले धरहरा बनाइएको हो । धरहरामा चढ्नका लागि दुई वटा लिफ्ट पनि राखिएको छ । ४२.२ रोपनी क्षेत्रफलमा धरहरा बनाइएको छ । धरहरा असपास क्षेत्रमा बगैँचासहितको क्षेत्र निर्माण गरिदैछ ।

गोश्वारा हुलाक र टक्सार विभागको २३ रोपनी जग्गा खाली गरेर पानीको फोहोरासहितको बगैँचा, संग्रहालय, तीन तले पार्किङ्ग, उपहार पसलहरु, थिएटरसहितका पूर्वाधार बनाइदैछ । धरहरा उद्घाटन भएपनि सर्वसाधरणका लागि खुल्ला हुँन भने अझै केही महिना लाग्ने बताइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!