संगालोखबर सम्वाददाता

झापा । झापाका दुई छुट्टा–छुट्टै स्थानमा शनिवार भएका सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । बेलुका साँढे ४ बजे कमल गाउँपालिका–४ सितापुरी चौकमा प्रदेश १–०१–०१२ प १६०२ नम्बरको मोटरसाइकलको ठक्करबाट स्थानीय ६ बर्षीय बालक निश्चल खड्काको मृत्यु भएको छ ।

दमकस्थित लाइफ लाइन अस्पतालमा उपचारका क्रममा बेलुका ५ बजे बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

त्यस्तै झापाको बिर्तामोड–२ रामचौकस्थित पूर्व–पश्चिम राजमार्गमा मे १० प ५५२० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलको पछाडी सवार अर्जुनधारा–७ की २७ बर्षीया सुसना राईको मृत्यु भएको हो । सुसानासहित मोटरसाइकल चालक अर्जुनधारा ९ का ३० बर्षीय सुमन थापा घाइते भएका थिए ।

घाइते दुवैलाई उपचारका लागि विर्तामोडस्थित बिर्तासिटी अस्पताल पुर्याइएको थियो । उपचारका क्रममा बेलुका साढे ८ बजे सुसानाको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते सुमनको उपचार भईरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!