विराटनगर । प्रदेश १ मा आज ५७८ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २११, झापामा १६८, सुनसरीमा ११९, सोलुखुम्वुमा २४, इलाममा २२, धनकुटामा ९, उदयपुरमा ३, संखुवासभा र ताप्लेजुङमा १/१ र प्रदेश १ बाहिरका २० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ८७ महिला र ९८ पुरुषसहित १८५ जनामा संक्रमण देखिएको छ । बेलबारीमा ८, सुन्दरहरैंचामा ७, बुढीगंगामा ५, केराबारीमा २, सुनबर्षी, जहदा ग्रामथान र कटहरीमा १/१ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो । त्यस्तै झापाको विर्तामोडमा ३१, भद्रपुरमा ३०, दमकमा २५, कनकाईमा १८, मेचीनगरमा १७, अर्जुनधारामा १६, गौरादहमा ८, बुद्धशान्तिमा ७, शिवसताक्षीमा ५, गौरीगञ्ज र हल्दिबारीमा २/२, कचनकवल झापा गाउँपालिका, बाह्रदशी र कमल गाउँपालिकामा १/१ र स्थानीय तह नखुलेका ३ जना संक्रमित भएका छन् ।
यता, सुनसरीको धरानमा ४७, इटहरीमा ४२, इनरुवामा ९, बर्जुमा ८, रामधुनीमा ३, दुहवीमा र कोशी गाउँपालिकामा २–२, देवानगञ्ज , बराहक्षेत्र र स्थानीय तह नखुलेका १/१ जनामा संक्रमण भेटिएको हो । त्यसैगरी सोलुखुम्वुको सोलु दुधकुण्डमा २३ र नेचा सल्यानमा १, इलामको माईमा १५, इलाम नगरपालिकामा ४, रोङमा २ र देउमाईमा १, धनकुटाको धनकुटा नगरपालिकामा ७, छथर र स्थानीय तह नखुलेका १/१, उदयपुरको बेलका, त्रियुगा र रौतामाईमा १/१, संखुवासभाको धर्मदेवी र ताप्लेजुङमा १/१ र प्रदेश १ बाहिरका २० जनामा संक्रमण पुष्टि भएको छ ।
योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३७ हजार २२३ पुगेको छ । जसमध्ये ३० हजार २२६ संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ६ हजार ४५० पुगेको छ । प्रदेश १ मा आज १ हजार १७३ जनाको पीसीआर परीक्षण गरिएको हो । परीक्षण गरिएका मध्ये २६३ महिला र ३१५ पुरुषको रिपोर्ट पोजिटिभ आएको मन्त्रालयले जनाएको छ ।