विराटनगर । प्रदेश १ मा आज ७२५ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३५७, झापामा १४९, सुनसरीमा ११२, उदयपुरमा १५, धनकुटामा १४, संखुवासभामा १३, इलाममा ९, ताप्लेजुङमा ७, खोटाङमा ६, भोजपुर र तेह्रथुममा १/१ र प्रदेश १ बाहिरका ४१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार मोरङको विराटनगरमा १३२ महिला र १४३ पुरुषसहित २७५ जनामा संक्रमण देखिएको छ । सुन्दरहरैंचामा १५, उर्लाबारीमा ११, बेलबारी र बुढीगंगामा ८/८, धनपालथान, पथरीशनिश्चरे र कटहरीमा ७/७, रतुवामाईमा ४, मिक्लाजुङमा ३, जहदा, ग्रामथान , सुनबर्षी र स्थानीय तह नखुलेका २/२, रंगेली, केराबारी, लेटाङ र कानेपोखरीमा १/१ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो ।
त्यस्तै, झापाको विर्तामोडमा २७, दमकमा २३, कनकाई र भद्रपुरमा २०/२०, गौरादहमा ९, कमल गाउँपालिकामा ७, अर्जुनधारामा ५, शिवसताक्षीमा २, गौरीगञ्जमा १, सुनसरीको इटहरीमा ५६, धरानमा ३२, इनरुवामा ९, दुहवीमा ७, देवानगञ्जमा ३, बर्जुमा २, बराहक्षेत्र, रामधुनी र कोशी गाउँपालिकामा १/१ जनामा संक्रमण देखिएको छ ।
यता, उदयपुरको त्रियुगामा १३, बेलका र चौदण्डीगढीमा १/१, धनकुटाको धनकुटा नगरपालिकामा १३ र स्थानीय तह नखुलेका १, संखुवासभाको खाँदबारीमा ११, चैनपुर र स्थानीय तह नखुलेका १/१, इलामको इलाम नगरपालिकामा ६, सुर्योदयमा २ र चुलाचुलीमा १, ताप्लेजुङको फुङलिङमा ५ र पाथिभरा याङवरकमा २ , खोटाङको साकेलामा ६, भोजपुरको आमचोक र तेह्रथुमको आठराईमा १/१ र प्रदेश १ बाहिरका ४१ जनामा संक्रमण देखिएको हो ।
योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३६ हजार ६४५ पुगेको छ । जसमध्ये ३० हजार १६९ संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ५ हजार ९३३ पुगेको छ । प्रदेश १ मा आज १ हजार ५९९ जनाको पीसीआर परीक्षण गरिएको हो । परीक्षण गरिएका मध्ये ३१३ महिला र ४१२ पुरुषको रिपोर्ट पोजिटिभ आएको मन्त्रालयले जनाएको छ ।