विराटनगर । तेह्रथुमकी एक कोरोना संक्रमित युवतीको मृत्यु भएको छ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत पञ्चकन्या–१ की २० बर्षीया कोरोना संक्रमित युवतीको आज मृत्यु भएको हो ।
उनमा गत आइतबार कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण देखिएपछि प्रतिष्ठानको कोरोना अस्पतालमा उपचाररत उनको बिहान करिव ५ बजे मृत्यु भएको प्रतिष्ठानका सह–प्रवक्ता चुरामणी पोखरेलले जानकारी दिए ।
उनमा कुनै दीर्घरोग नभएको प्रतिष्ठानले जनाएको छ ।